कविता छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ, न रूक्नु बाटोमा बस कदम बढाई देऊ ! कठिनाईको आँधीबेहरीलाई अब हराई देऊ, बहादुर नेपाली हुँ भनि संसारलाई चिनाई देऊ ! छोडीदेऊ...
छोरी ! तिमी मान्छे भएर बाँच छैन, हामी बाँचेको समाज तिमीले सोँचेजस्तो, हरेक दिन तिम्रा चञ्चल आँखाहरूले हेर्ने सुन्दर बगैँचा जस्तो, हरेक दिन सबैको निम्ति उदाउँने रविको प्रकाश जस्तो,...
थुप्रै उमङ्गहरू, थुप्रै उपहारहरू बोकेर आउँछ कयौं अवसरहरू, कयौं चुनौतिहरू अनगिन्ती खुशीहरू, मुस्कानहरू थाहा छैन के–के बोकेर आउँछ जाँदा पनि कयौं कुरा लिएर जान्छ अनगिन्ती चोटहरू दिएर जान्छ कतिलाई...
इतिहासको अन्धकार गुफाबाट शताब्दीऔं पहिले निस्किँदा जुन डामहरू थिए शरीरभरि कुसंस्कारको अग्निले पोलिएका जुन घाउहरू थिए मुटुभरि व्यभिचारको यातनाले डामिएका आज पनि उस्तै छन् नील डामहरू उस्तै छन् क्षतविक्षत...
उसलाई लागिरह्यो हरदम दौलतको भोक शक्तिको भोक तर, कहिल्यै लागेन उसलाई मानवताको भोक परोपकारको भोक सत्य र न्यायको भोक जीवनका हरेक पाइलामा खोज्यो उसले केवल आपूmलाई आफ्नो सुख र...
एउटा भयाभह सपनाजस्तै कोराना काल उभिएको छ परिवेशमा जन्म मृत्युको जीवन यात्रामा मृत्युसँग जुध्दाजुध्दै हारिरहेका छन् जीवन बाच्ने आश हृदयको कुनामा बोकेर संसारसँग एक्लिएकाहरू आफ्नै थात थलोमा माकुराको जालो...
बाँचेर क्या कमालको राजनीति देख्न पाइयो त्यसैले त यहाँ यस्तो कविता लेख पाइयो । अवसरवादीहरु केवल अवसर खोज्दारहेछन्, सामन्त र साम्यवादी भागवण्डा रोज्दारहेछन् । सिद्धान्त छाडेर सत्ता र भत्ताको...
पृथ्वीबहादुर सिंह आज मैले अचम्म देखे, दलालहरूको बीचमा, शासनका प्रशासन, पालमा लेखापाल, भ्रष्टाचारका ढंगुर देखे । राजनीतिकका दलालहरू, त्यहिमा उभिएका देखे । नयाँ नेपाल बनाउन, अवरोधका पर्खाल, विदेशीका दलालहरू,...
– पृथ्वीबहादुर सिंह श्रीपेज लगाएर, गोर्खाली बहादुर बनाएर, युवाहरूलाई, भाडाको बन्दुक समाउन, विदेश पठाउन सुरु गर्नेहरू । टोपी दौरा लगाएर, टोपी दिवस मनाउनेहरू, तिमीसंग राष्ट्रियता छ भने, भारतका गल्लीमा...
होसियार जनप्रतिनिधिहरू ! तिम्रोविरुद्ध छिछिमिरा जस्तै गरी जनता सडकमा ननिस्कँदै आफै फुक आफ्नैविरुद्ध खबरदारीको विगुल र समर्पित गर आफैलाई जनसेवामा । खबरदार जनप्रतिनिधिहरू ! जनतालाई बिल्कुल भेडा नसम्झ चलाख...
पोहोर साल जस्तैगरी हरियो घुम्टोमा सजियो वसन्त अर्धमृत रूखहरूमा सास भर्दै जीवनको रङ्ग छर्दै हाँगाहाँगामा नयाँ पात छर्केर हटारु फर्के जस्तैगरी टुप्लुक्क आयो बसन्त फर्केर घरको दैलै अगाडि हरियो...