कविता

छोडीदेऊ रुन

कविता


दीपक बडुवाल

छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ,
न रूक्नु बाटोमा बस कदम बढाई देऊ !
कठिनाईको आँधीबेहरीलाई अब हराई देऊ,
बहादुर नेपाली हुँ भनि संसारलाई चिनाई देऊ !
छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ …!

जीवन त एउटा खेल मात्र हो, छिटो हरेस नखाऊ
होइन मैदान छोड्ने बरु आफ्नो सय प्रतिशत देऊ
सबैको भ्रमलाई तिमी अब भङ्ग पारी देऊ
लाज र सर्मको पर्दा अब तल झारी देऊ
छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ… !

लड्यौ त के भयो प्रयास जारी राख
पालो तिम्रो पनि आउँछ अलि मात्रै पर्ख
पाउने छौ लक्ष्य तिमी, आकाश पनि छुने छौ
एउटा नयाँ नजीर तिमी संसारलाई दिने छौ
बस साहसको ज्वाला तिमीभित्र जलाई देऊ
छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ… !

बाँच्नु छ संसारमा भने, राम्रो कर्म गरी देखाई देऊ
स्वाभिमानी नेपाली हौ तिमी, संसारलाई चिनाई देऊ
गाउँ–गाउँ बस्ती–बस्ती पुगेर, शिक्षाको अलख जगाई देऊ
सबैलाई आफ्नो बनाएर, नयाँ इतिहास बनाई देऊ
छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ… !

देशका शिक्षित युवाहरुको एउटा नयाँ संगठन बनाऊ
राष्ट्रप्रेम, शिक्षा र नैतिकताको महŒव तिनिहरूलाई बताऊ,
गर्नु छ देशको चाँडै विकास, काँधमा एउटा जिम्मेवारी लेउ
राष्ट्रहितका लागि भ्रष्ट नेताहरूलाई कुर्सीबाट तल झारी देऊ
छोडीदेऊ रून अब, थोरै मुस्कुराई देऊ… !

प्रकाशित मितिः   २४ आश्विन २०७७, शनिबार ०९:०५