कविता

निर्लज्ज बारुद

 भवानी पौडेल

इतिहासको अन्धकार गुफाबाट
शताब्दीऔं पहिले निस्किँदा
जुन डामहरू थिए शरीरभरि
कुसंस्कारको अग्निले पोलिएका
जुन घाउहरू थिए मुटुभरि
व्यभिचारको यातनाले डामिएका
आज पनि उस्तै छन् नील डामहरू
उस्तै छन्
क्षतविक्षत शरीरभित्र बाँचेका
गहिरा आर्तनाद सुस्केराहरू
युग फेरियो
शासनको रङ्ग फेरियो
फेरिए सत्ता काम हारथीहरू
फेरिए रथ चलाउने सारथीहरू
तर कहिल्यै फेरिएन
चेतनामा लागेको पितृसत्ताको बिर्को
कहिल्यै खुलेन
विवेकमा लागेको भोटे ताल्चा
कहिल्यै निभेन
कामु कताको त्यो जङ्गली प्यास
आज पनि बाँचिरहेछन्
द्रौपदीको सारी तान्ने दुःशासनहरू
नारी शरीरलाई
केवल भोग देख्ने
नर भक्षीका गिद्दे दृष्टिहरू
कामु कताको नशामा निर्लिप्त
भोका ब्वाँसाहरू
अँध्यारा गल्लीमा मात्र छैनन्
मूल बाटोमै छन्
मूल गेटमै छन्
घरका अनेकौँ धुरीहरूमा छन्
निसङ्कोच तानिरहेछन्
अस्तित्वको त्यो आँचल
उतारिरहेछन् मर्यादाको पवित्र घुम्टो
कसरी लगाऊँ म सभ्यताको जलप
आपूm बाँचेको यो समयमा
कसरी गाउँ म स्वतन्त्रताको भजन
समानताको सङ्गीत बजाएर
जहाँ नारी शरीरको बस्त्रमाथि
कामुकताको अग्नि सल्किन्छ
जहाँ नारीको अस्मितामाथि
निर्लज्जताको बारुद पड्किन्छ
जहाँ नारीको भावनामाथि
दुव्र्यवहारको एसिड फालिन्छ
कसरी बजाऊँ म
स्वाभिमानको बाँसुरी
बलात्कृत चिहानमाथि चढेर ।।

प्रकाशित मितिः   ६ असार २०७७, शनिबार ०६:०४