चेतावनी (कविता)

होसियार जनप्रतिनिधिहरू !
तिम्रोविरुद्ध छिछिमिरा जस्तै गरी
जनता सडकमा ननिस्कँदै
आफै फुक आफ्नैविरुद्ध खबरदारीको विगुल
र समर्पित गर आफैलाई जनसेवामा ।
खबरदार जनप्रतिनिधिहरू !
जनतालाई बिल्कुल भेडा नसम्झ
चलाख छन् उनीहरू
राख्नेछन् हर हिसाब तिम्रो
यदि घरघडेरी जोड्न हिसाब किताबमा
लच्चु खेलेझै तलमाथि गरिए
माग्नेछन् हिसाब किताब सडकबाटै
र ओराल्नेछन तिमीलाई
पुनः सडकमै । जनताहरू पर्खिरहेछन्
कंकाल जस्तो सडक पुनर्जीवित हुनेदिन
तालुखुइले जस्तो सहर
हरियाली हुने दिन्झो लुङ्गो जस्तो साँघुरा पुलहरू
पुलजस्तै चौडा हुने दिन्ध मिरोले खाएको
रूख जस्ता
ढल्न लागेका विद्युतखम्बा फेरिने दिन
र सहरको मुहार शरद ऋतुको चाँद जस्तो हुनेदिन ।
जनताहरू पर्खिरहेछन् शिक्षाको जीवनज्योति
स्वास्थ्यको पहुँच स्वच्छ खानेपानी
स्वस्थ हावा न्यानो सुरक्षा
रोजगारीको मुहान आर्थिक उन्नतिको सागर
र यस्तै यस्तै तमाम । जनप्रतिनिधिहरू
के जनताका यी माग अपराध हुन् ?
यदि अपराध हुन् भने
देऊ जनतालाई सजाय र माग गर
तिम्रो न्यायको ।

– राजकुमार शर्मा

प्रकाशित मितिः   २७ जेष्ठ २०७४, शनिबार १५:०५