दुधको साँक्षी बिरालाहरू

बाँचेर क्या कमालको राजनीति देख्न पाइयो
त्यसैले त यहाँ यस्तो कविता लेख पाइयो ।
अवसरवादीहरु केवल अवसर खोज्दारहेछन्,
सामन्त र साम्यवादी भागवण्डा रोज्दारहेछन् ।
सिद्धान्त छाडेर सत्ता र भत्ताको निम्ती,
करोडौं पीडितलाई छाडेर आफ्नै हत्ताको निम्ती
हेर्नुस् त हजुर पूँजीवादी र जनवादी एक भएका
विकास गर्न होइन कि राज्यकोष बाँड्न गएका ।
जुन–जुन अपराधीहरु छन् तिनै सर्वोच्च सत्तामा,
के को न्याय पाउँथे आवाराले पर्छन् तिनकै लत्तामा
मृत्युदण्डको कानुन किन बनाइएन नेपालमा
त्यो बनाए त आइलाग्छ तिनीहरुकै कपालमा ।
छि, छि कति घृणित राजनीति हेर !
दुधको साँक्षी बिरालाहरु बनाइदिएर ।
बेपत्ता कसले पा¥यो अनुसन्धान गरेर मार्नु छ,
यो देशमा छिट्टै अब अपराधीलाई खार्नुछ ।
छि, छि कति कुश्चित खेल हेर
मासुको साँक्षी कुकुरहरु बनाइदिएर ।
आश्वासन झुट बाँढी मख्ख पारी विजय
जनताबाटै कर उठाइ ठूला महल ठड्याए
कसुर गर्ने मालिक सजाय पाउने नोकर,
प्रतिनिधिहरू प्रायः तासहरूका जोकर
धर्म विविधका नाममा गुरु भनाउँदाहरू मौलाए
मागी खाने अन्ध अपाङ्ग भोकै प्यासै टोलाए ।
विदेशसँग भीखमागी राज्य सत्ता चलाए,
रोजगारीमा युवाशक्ति खाडी मुलुक मलाए ।
स्वदेश निर्माण गर्ने शक्ति भइरहेछन् प्रवासी
स्वार्थी दलाल लुटेरालाई दिनुपर्छ फाँसी ।
दाता राष्ट्र अनुदान विकास गर्नलाई
ठूलावडा मौलाउँछन् कागजपत्र मिलाइ
साँच्चिकै नेताजी भए हाम्रो देश पनि
भइसक्थ्यो विकसित लाजमर्दो छ नि
अकुत सम्पत्ति जोडी बडाहरु मोटाए
सीधासाधा प्रजालाई भीरबाटै लोटाए
केही गर्न खोज्नेलाई बेकसुरमा मार्छन्
अविश्वासको प्रस्ताव पारित राम्रा पछि पार्छन् ।
अझै पनि यो मुलुकमा राणातन्त्र जारी,
जनतालाई उकुसमुकुस उनीहरूलाई छहारी
गंदधशु बीपी अनि मनमोहन, मदन
सीघ्र आइ भलाईको खोल सदन ।
वीरेन्द्रनगर–४, सुर्खेत
साझा बिसौनी संवाददाता ।