टोपी दिवस मनाउनेहरू

– पृथ्वीबहादुर सिंह
श्रीपेज लगाएर,
गोर्खाली बहादुर बनाएर,
युवाहरूलाई,
भाडाको बन्दुक समाउन,
विदेश पठाउन सुरु गर्नेहरू ।
टोपी दौरा लगाएर,
टोपी दिवस मनाउनेहरू,
तिमीसंग राष्ट्रियता छ भने,
भारतका गल्लीमा गएर हेर,
अरबका खाडीमा गएर हेर,
कस्तो राष्ट्रियता जोगाएर,
जिइ रहेका छन्,
मेरो देशका युवाहरू ।
दौरा सुरुवाल लगाएर,
राजधानीका गल्लीहरूमा
सञ्चारमा प्रदर्शन गरेर
टोपी दिवस मनाउनेहरू,
राष्ट्रियता दरिलो बनाउनेहरू,
युवाको रगत पसिना,
मेरै देशमा खर्च,
आत्म निर्भर वन,
नमुना बनेर ।
सञ्चारमा देखिने गर ।
टोपी न हो,
सुरक्षाको लागि,
जस्तो लगाय पनि हुन्छ
टोपी दौरा लगाएर,
राष्ट्रियता जोगाउनेहरू,
टोपी दिवस मनाउनेहरू
सिम्ता गाउँपालिका–४, सुर्खेत

प्रकाशित मितिः   २० माघ २०७४, शनिबार १५:१४