आज मैले के देखें
पृथ्वीबहादुर सिंह
आज मैले अचम्म देखे,
दलालहरूको बीचमा,
शासनका प्रशासन,
पालमा लेखापाल,
भ्रष्टाचारका ढंगुर देखे ।
राजनीतिकका दलालहरू,
त्यहिमा उभिएका देखे ।
नयाँ नेपाल बनाउन,
अवरोधका पर्खाल,
विदेशीका दलालहरू,
त्यहीमा उभिएको नेपाल देखे ।
देश निर्माणका असंख्य,
प्रकृतिक मानवीय स्रोत देखे ।
संघीयता गणतन्त्रको जगमा,
भ्रष्टाचारीलाई कारबाही गर्ने,
अनेकौं सञ्जाल देखे ।
देश निर्माण गर्ने,
विदेशिएका युवालाई,
स्वदेशमा योजना गरे,
बहुमूल्य स्रोतहरूका,
रोजगारहरू यही देखे ।
प्रशासन लेखापाल,
भ्रष्टाचारी सबैलाई
सुलिमा चढाउन देखे ।
अनि त मैले,
नयाँ नेपालको सपना देखे ।
मैले आज अचम्म देखे ।
वीरेन्द्रनगर नगरपालिका–६
तल्लो बजार सुर्खेत
साझा बिसौनी ।