दाजु भाइ (कथा)
निर्मल खराल ‘निश्चल’
कुनै समयको कुरो हो सुर्खेतको डाँडादराको सुन्दर गाउँमा मिलेको एउटा सानो बस्ती थियो । त्यस गाउँमा सबै मानिसहरू मिलनसार, सहयोगी र मिलीजुली काम गर्थे । त्यही गाउँमा धनी र बाठा व्यक्ति सुरमानले ठूलो पसल खोलेका थिए र त्यहाँ एउटा टेलिफोन राखेका थिए । उनको साथमा श्रीमती एलिना र छोरीहरू सीता र राधा थिए । त्यही गाउँमा सुरमानको घर नजिकै एउटा गरीब र वृद्ध लगभग ५० वर्षका कृषक पूर्णप्रसाद साथसाथै श्रीमती करिश्मा र छोराहरू राम र कृष्ण मिलेर बस्थे । त्यस गाउँ डाँडादरा धेरै केही सुविधाहरू नभएता पनि एउटा माध्यामिक विद्यालय भने थियो । त्यही विद्यालयमा त्यस गाउँका बालबालिका पढ्थे जसमा राम र कृष्ण पनि पढ्थे ।
राम कक्षा ९ मा पढ्थे । ऊ इमान्दार, धेरै नबोल्ने र शान्त स्वभावको थियो भने कृष्ण कक्षा ६ मा पढ्ने मिलनसार, चकचके र बोलन्दास थियो । यी दुई भाइ जहाँ जाँदा पनि सँगै जान्थे भने केही काम गर्दा पनि मिलेर गर्थे । यदि कथम कदाचित सानोतिनो झगडा भए पनि मिलीहाल्थे र माया प्रेम यी दुई भाइको साहै्र नै थियो । यी दुई भाइको माया प्रेम देखेर बा आमा त चकित थिए नै तर गाउँलेहरू पनि अचम्म मान्थे ।
उनीहरू गरीब र कृषक भएकोले घरमा उब्जाउ भएका चिजवस्तु बेचेर नै घरवार चलाउँथे । घरमा विभिन्न आवश्यक कामहरू प्रायः रामका बा आमाले नै गर्थे । एक दिनको कुरा हो, घरमा उब्जनी भएको चिजवस्तु जम्मा गरेर त्यही गाउँको सानो बजारमा बेच्न गएका थिए । केही समय बजार घुमी चिजवस्तु बेची सकेर आफूलाई आवश्यक सामान किनेर घर फर्कने क्रममा द्रुत गतिमा आएको गाडीले उनीहरूलाई हान्यो । त्यही बेला सीता र राधा पनी कताबाट त्यहाँ आइपुगे र त्यो दृष्य देखेपछि राधा त्यही बसी भने सीता चाहीं घरमा गइ रामलाई बोलाएर फेरि बजार आइ । त्यो बजार सानो र धेरै स्वास्थ्य सुविधाहरू नभएकोले उनीहरूलाई सुविधा सम्पन्न सहरमा लैजान्छ रामले । केही समय अस्पतालभित्र राखेपछि केही समयमा डाक्टर र आइ ‘बाको हात खुट्टा र आमाको खुट्टा भाँचिएको धेरै नआत्तिनु’ भनेर जान्छ । भोलिपल्ट बिहान उपचार सकेर घर जाने समयमा डाक्टरले रामलाई बुढो हड्डि जोडिन समय लाग्ने र जोडिए पनि गाह्रो काम गर्दा टुट्न सक्ने कुरा रामलाई बताउँछ । बिहान बेलुका छाक टार्न माध्यम बा आमा नै अशक्त भएपछि यसको प्रत्यक्ष प्रभाव रामलाई पर्न जान्छ तर पनि अलि अलि सहयोग भाइले पनि गर्छ ।
समय बित्दै गयो । रामको एसएलसी बोर्ड परीक्षा आयो । उसको परीक्षाका समयहरूमा घरको काम भाइले गथ्र्यो । परीक्षा सकेपछि उसले घरको सबै कामहरू आफै गरी भाइलाई विद्यालयष्पढाउन थाल्यो यो दृश्य देखेर रामका अशक्त बा आमा साह्रै खुशी थिए । जब रामको नतिजा राम्रो आयो तब नै उसलाई उच्च माध्यमिक शिक्षा अध्ययन गर्न नसक्ने भयो किनकी त्यो गाउँमा न त उच्च मावि नै थियो न त पढ्ने खर्च नै । यसै कारणले गर्दा उसले सोच्यो मैले पढाइ छोडें तर आफ्नो प्रिय भाइको पढाइ छुटाउनु हुन्न भनेर ऊ भाइलाई पढाउने खर्च जुटाउन खाडीमुलुक जाने निर्णय बनाउँछ । यो निर्णय सुनेर भाइ र बाआमा नै साह्रै दुखी हुन्छन् । आफूहरू अशक्त भएर, सानै पढ्ने उमेरको छोराले खाडीमुलुक जान्छु भन्दा बाआमाको मन रुनुसम्म रुन्छ ।
राम खाडीमुलुक पुगेर काममा लागेको खबर कृष्णले साहु सुरमाको टेलिफोनबाट पाउँछ । उसले त्यो अरुको ठाउँमा गएर कमाएको सम्पूर्ण पैसा भाइको पढाइमा खर्च गर्छ । भाइले ट्युसन, कोचिङ कक्षाहरू पढी एसएलसी दिन्छ र केही महिना पछि ऊ जिल्ला प्रथम भएको खबर उसको साथी युवकले घरमै आएर भन्छ । यो खबर उसले तुरुन्तै आफ्नो दाजुलाई भन्छ । दाजुको त झन् खुशीको सीमा नै रहेन । अनि अलि–अलि सन्चो र खाना बनाएर खान सक्ने भएका थिए बाआमा पनि फेरि बाआमालाई पनि भन्छ सबै खुशी हुन्छन् । त्यसपश्चात् कृष्ण सहरमा पढ्न जान्छ । उसले सहरमा गएर पनि राम्ररी प्रविणता प्रमाणपत्र तह अनि स्नातक उत्तीर्ण पर्छ । गणित विषयबाट सहरमा गएर पढ्दा पनि दाजुकै कमाइ र प्रोत्साहनले ऊ आफ्नो पढाइ गरी त्यही अब पढाइलाई विश्राम गरी गाउँ जान्छ ।
गाउँमा भएका बाआमालाई पनि केही निको भएको रहेछ । केही दिन गाउँघर घुम्छ । गाउँघरमा पनि यी राम र कृष्णको चियोचर्चा अति नै रहेछ । यी दुई भाइ जस्तै भए हुन्थ्यो सबै भनेर गाउँलेहरू भन्थे ।राम–कृष्ण त त्यो गाउँकै नमुना भाइहरू थिए । पहिले आफूले नै पढाएको माध्यमिक विद्यालयमा गणित विषयको शिक्षकको आवश्यक रहेछ । सहरबाट कृष्णलाई नियुक्ति गरिन्छ । यो कुरा दाईले थाहा पाएपछि दाइ र बाआमा नै खुशी हुन्छन् । अब भने राम घर आउने कुरा कृष्णलाई बताइ तीन दिनमै घर आइपुग्छ । सबै घरपरिवार जम्मा भएकाले सबै आनन्दित हुन्छन् ।
दुइभाइको सलह बमोजिम रामले अब त्यही गाउँमा एउटा सुवधासम्पन्न पसल राख्छ भने भाइ चाहीं विद्यालयमा पढाउन जान्छ । केही वर्षको राम–कृष्णको कमाइले त्यही गाउँमा भुत्रो घरलाई बदलेर एउटा ठूलो बनाउँछन् । जस घरमा बाआमा र सबैभन्दा मिल्ने दुई भाइ छन् । अब भने त्यस घरमा कोही थपिदैछन् । अर्थात् उनीहरूको विवाह हुने कुरा टुंगो लाग्छ । राम र कृष्णको विवाह गाउँकै साहु सुरमानका छोरीहरू सीता र राधा सँग हुन्छ । राम–सीता र कृष्ण–राधाको विवाह धुमधामले सबै गाउँलेहरूलाई बोलाएर गर्छन् । केही दिनपछि दुवै राम–सीता र कृष्ण–राधा वुवा सुरमानलाई आफ्नै घरमा राख्नको लागि लिन जान्छन् । सुरमान पनि खुशीले आउने कुरा गर्छ । अब स–परिवार खुशीका साथ सँगै बस्छन् ।
(लेखक जन माध्यमिक विद्यालय वीरेन्द्रनगरमा कक्षा १२ मा अध्ययनरत छन् ।)
साझा बिसौनी ।