मताधिकारको शक्ति

कर्णाली प्रदेशका दश जिल्लामा प्रतिनिधिसभाका लागि १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा समान दुई÷दुई वटा क्षेत्र छन् भने अन्य आठ जिल्लामा एक÷एक क्षेत्र छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा कुल दश लाख ३७ हजार दुई सय ५० मतदाता रहेका छन् । त्यसमध्ये पाँच लाख ९३ हजार ६१ जना महिला मतदाता छन् भने पाँच लाख २७ हजार आठ सय ८६ पुरुष मतदाता रहेका छन् । तीन जना अन्य छन् । जसले यो निर्वाचनमा मतदान गरेर प्रतिनिधिसभाका लागि कर्णालीबाट प्रतिनिधि पठाउनेछन् । १२ सिटमा एक सय ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनमा मतदाता निर्णायक हुन्छन् । जसको मतले मुलुकको नीति निर्माण र राज्यशक्ति सञ्चालनका लागि प्रतिनिधिको चयन हुन्छ । त्यसैले मतदाताको संख्या मुलुकको सबैभन्दा ठूलो शक्ति हो । कर्णालीका जिल्लागत रूपमा हेर्ने हो भने सुर्खेतमा सबैभन्दा धेरै दुई लाख ४८ हजार नौ सय ४३ जना मतदाता छन् । जसमा पनि क्षेत्र नं. १ मा एक लाख २२ हजार नौ सय दुई र क्षेत्र नं. २ मा एक लाख २६ हजार ४१ जना रहेका छन् । अन्य जिल्लाहरूमा हेर्दा दैलेखमा कूल एक लाख ६१ हजार दुई सय चार जना छन् । त्यसमध्ये पनि क्षेत्र नं. १ मा ७९ हजार सात सय एकजना र क्षेत्र नं. २ मा ८१ हजार पाँच सय तीन जना रहेका छन् । कर्णालीका अन्य आठवटै जिल्लामा एउटा÷एउटा निर्वाचन क्षेत्र छन् । जसअनुसार हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता छन् । डोल्पामा २४ हजार एक सय १५ जना, मुगुमा ३६ हजार ३१, जुम्लामा ७१ हजार सात सय ३९ जना छन् । त्यसैगरी कालीकोटमा ८४ हजार ६ सय ४६ जना, जाजरकोटमा एक लाख सात हजार ९१ जना, सल्यानमा एक लाख ६२ हजार चार सय ४९ जना र रुकुमपश्चिममा एक लाख ६ हजार ६ सय ६० जना मतदाता रहेका छन् ।

फागुन २१ को निर्वाचनमा कर्णालीबाट छानिने प्रतिनिधिसभा सदस्यको निक्र्योल यहाँका यिनै दश लाख ३७ हजार दुई सय ५० जना मतदाताले गर्नेछन् । त्यसैले मतदाताहरूसँग महङ्खवपूर्ण जिम्मेवारी छ । जसले मुलुकको हितमा काम गर्न सक्ने र योग्य उम्मेदवारलाई मतदान गरेर प्रतिनिधिसभामा पठाउनुपर्नेछ । निर्वाचन राजनीतिक दल वा उम्मेदवारहरूको परीक्षा हो, जसको नतिजा नागरिकले दिनेछन् । नागरिकको मताधिकार मुलुकको भविष्यसँग जोडिएको हुन्छ ।

प्रकाशित मितिः   २२ माघ २०८२, बिहीबार ०५:०३