ठूला आयोजनामा ढिलासुस्ती

ठूला लगानीका आयोजनाहरूलाई सरकारले राष्ट्रिय गौरवका आयोजनामा समेट्ने गरेको छ । विकास निर्माणमा राष्ट्रिय महङ्खव बोकेका आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरिएको हो । हालसम्म राष्ट्रिय गौरवका रूपमा २६ वटा आयोजना सूचिकृत भइसकेका छन् । तर गौरवका आयोजना निर्माणको कामले पनि गति लिन सकेको छैन । अधिकांश आयोजना अलपत्र अवस्थामा छन् । कामको गति बढाउन नसक्दा पुरानै आयोजनाले पनि ४० प्रतिशतभन्दा माथिको भौतिक प्रगति गर्नसकेका छैनन् । तर सरकारले नयाँ आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजनामा थप्दै लगेको छ । हालसम्म २६ मध्ये दुई आयोजना सम्पन्न भएका छन् भने नौ आयोजनाले भौतिक प्रगति ६० प्रतिशत माथि पुर्‍याएका छन् ।

नेपाल राष्ट्र बैंकले तयार पारेको गौरवका आयोजनाहरूको प्रगति अवस्थाबारे आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म प्रतिवेदनमा भौतिक प्रगति न्यून रहनेमा १५ आयोजना देखिएका छन् । तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४४.२ प्रतिशत छ । त्यसैगरी सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना ३६.८ प्रतिशत, महाकाली सिँचाइ आयोजना २६.६ प्रतिशत, रेलवे तथा मेट्रोतर्फको पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्ड ४८ प्रतिशत र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काँकडभिट्टा–गड्डाचौकीको ३.४ प्रतिशत भौतिक प्रगति देखिएको हो । यस्तै उत्तर दक्षिण लोकमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकको भौतिक प्रगति ४५ प्रतिशत पूरा हुँदा सोही आयोजनाको खाँदबारी–किमाथांका सडकको भौतिक प्रगति भने शतप्रतिशत पूरा भएको छ । योबाहेक उत्तर–दक्षिण सलिसल्ला सडकको भौतिक प्रगति अहिलेसम्म शून्य रहँदा सोही लोकमार्गको कर्णाली करिडोर (हिल्सा–सिमिकोट) सडकको ३६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको हो । काठमाडौं–तराई (मधेश) द्रुतमार्गको पनि २०८२ असारसम्म आइपुग्दा जम्मा ४२.१ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको हो । झण्डै चार दशकले चलिरहेको मेलम्ची (प्रथम) आयोजनातर्फको यांग्री–लार्के नदी डाइभर्सन (दोस्रो चरण) को पनि भौतिक प्रगति असारसम्म जम्मा १२.५ प्रतिशत मात्रै देखिएको हो ।

राष्ट्रिय गौरवका आयोजनामध्ये राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम पनि भौतिक प्रगति जम्मा ६.४ प्रतिशत मात्रै देखिँदा गिरिजा प्रसाद क्रिकेट रंगशालाको भौतिक प्रगति शून्य देखिएको हो । मूलपानी क्रिकेट एकेडेमीको भने भौतिक प्रगति ४२ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । सुस्त गतिमै निर्माणाधीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये नौ वटाले भौतिक प्रगति ६० प्रतिशतभन्दा माथि पु¥याएका छन् । सरकारले हाल २७ वटा आयोजनालाई गौरवको आयोजनाको रूपमा सञ्चालन गरिरहेकोमा १५ आयोजनाको प्रगति अपेक्षितभन्दा धेरै कम देखिएको हो । दुईवटाको भने यसअघि नै सम्पन्न भइसकेको छ । राष्ट्रिय महङ्खव बोकेका आयोजनाको निर्माण कार्यलाई छरितो र प्रभावकारी बनाउन पनि सरकारले ध्यान दिनुपर्ने देखिएको छ ।

प्रकाशित मितिः   २२ पुष २०८२, मंगलवार १०:२०