लयमा फर्कदै प्रदेश सरकार
सुर्खेत: जेन–जी आन्दोलनका कारण अस्तव्यस्त बनेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन लयमा फर्किन थालेको छ । अन्तरिम सरकार गठन भएर मुलुकको स्थिति सामान्य भएसँगै प्रदेश सरकारले पनि आफ्ना काम अघि बढाउन थालेको हो ।
आन्दोलनका क्रममा कर्णालीले पनि ठूलो भौतिक क्षति बेहोर्नुप¥यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभालगायत महŒवपूर्ण कार्यालयहरू आगजनीका कारण ध्वस्त हुन पुगे । अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउने मुख्यमन्त्री यामलाल कँडेलले बताए । भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै उनले आवश्यक संरचनाको निर्माण गरेर काम सुरु गरिने जानकारी दिए ।
भौतिक संरचनाहरूको पुननिर्माण सँगसँगै क्षति पु¥याउनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने समेत कँडेलले जनाए । आन्दोलनमा घुसपैठ भएको र केही व्यक्तिहरूले हिंसात्मक गतिविधि गराएको उनको निष्कर्श छ । त्यसैले कानुन बमोजिम उनीहरूलाई कारबाही गरिनुपर्ने र जेन–जी आन्दोलनबाट भएको पाठ सिकेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए । ‘आन्दोलनका केही बुँदामा हाम्रो पनि सहमति छ, तर आन्दोलनका क्रममा घुसपैठ भयो, त्यसपछि सरकारका भौतिक संरचना ध्वस्त बनेका हुन्’ उनले भने ।
अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउँछ । त्यसका लागि सरकार अब ठोस योजना बनाउँदैछ ।
-यामलाल कँडेल (मुख्यमन्त्री)
२०७२ र २०८० को भूकम्पका कारण भएका क्षतिबाट कर्णाली अझै माथि उठ्न सकेको छैन । जेन–जी आन्दोलन र त्यसबाट भएको क्षतिले प्रदेशलाई थप आर्थिक चुनौती थपिएको मुख्यमन्त्री कँडेलेको भनाइ छ । आन्दोलनको मूल उद्देश्य शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष रहेको भएपनि आन्दोलनको रूप मोडिएका कारण देशले ठूलो क्षति बेहेर्नु परिरहेको उनले बताएका छन् ।
यसैबीच मुख्यमन्त्री कँडेलले शनिवार आन्दोलनमा क्षति भएका भवनको अनुगमन गरेका छन् । वीरेन्द्रनगरका मन्त्रालयदेखि सरकारी भवनहरूमा पुगेर मुख्यमन्त्री कँडेलले अनुगमन गरेका हुन् । नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड गरी अर्बौंको क्षति पुर्याएपछि अहिले सेवा नै ठप्प बनेको छ । अब कसरी सेवा सञ्चालन गर्ने भन्ने विषयमा मुख्यमन्त्री विभिन्न क्षेत्रसँग छलफल गरिरहेका छन् । अवस्था सामान्य भएमा प्रदेश सरकारले कामकारबाही अघि बढाउने मुख्यमन्त्री कँडेलले बताए । संविधानले दिएको क्षेत्रअधिकारमा रहेर काम अघि बढाइने उनको भनाइ छ । सरकार अब ठोस योजना निर्माण गरेर काम अघि बढाउन लागेको कँडेलले जानकारी दिए ।
आन्दोलनमा क्रममा गरिएको आगजनीबाट सबैभन्दा बढी क्षति कर्णाली प्रदेश सभामा भएको छ । प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी छैनन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगजनीका कारण एक अर्बभन्दा बढीको क्षति भएको बताएका छन् । प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित छैनन् । प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका हुन् ।
प्रदेशसभासँगै नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड भएको छ । आन्दोलनकारीले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि पूर्ण रूपमा क्षति पु¥याएका छन् । पार्किङमा राखिएका सवारीसाधनसँगै कार्यालयभित्र पसेर गरिएको तोडफोड र आगजनीका कारण लेखासम्बन्धी सम्पूर्ण कागजात नष्ट भएका छन् । कागजातसँगै कम्प्यूटर, प्रिन्टरलगायतका भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका हुन् । लेखा नियन्त्रक कार्यालयमा क्षति पुगेसँगै प्रदेशका सम्पूर्ण आर्थिक गतिविधिहरू नै ठप्प भएका छन् ।
आन्दोलनकारीले नापी कार्यालय सुर्खेतमा समेत पूर्ण रूपमा क्षति पु¥याएका छन् । आगजनीका कारण कार्यालयका जग्गा नापजाँचसम्बन्धी सम्पूर्ण कागजातहरू जलेर नष्ट भएको कार्यालय प्रमुख दिनेश भण्डारीले बताए ।
यसबाहेक वीरेन्द्रनगर नगरपालिकासहित विभिन्न वडा कार्यालयहरूसमेत क्षतिग्रस्त छन् । आन्दोलनकारीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १२ वडा कार्यालयहरूमा पूर्णरूपमा क्षति पु¥याएका छन् । उनीहरूले एकपछि अर्को गर्दै सरकारी संरचना ध्वस्त बनाएपनि अहिले सेवा नै ठप्प बनेको छ भने कर्मचारीहरूले कसरी काम सुरु गर्ने मेलोमेसो नै पाएका छैनन् । वीरेन्द्रनगरस्थित सभाहल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनीबाट ठूलो मात्रामा क्षति भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेसका उपासभापति पूर्णबहादुर खड्का, उनका भाइ डाक्टर डम्बर खड्का, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उप–प्रमुुख नीलकण्ठ खनालको निजी घरमा समेत तोडफोड र आगजनीका साथै धनमाल लुटपाट भएको छ ।
प्रकाशित मितिः २९ भाद्र २०८२, आईतवार १२:०१

रजनी याेगी ।