पर्यटन प्रवर्द्धन योजना
कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी संरक्षण आयोजना कार्यान्वयन गर्न लागेको छ । बढ्दो जनसंख्यालाई मध्यनजर गरेर व्यवस्थित राजधानी निर्माण गर्ने योजना सरकारको छ । सोही नीति अनुरूप प्रदेश राजधानी संरक्षण आयोजना सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर आयोजना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । आयोजना निर्माणका लागि प्रि–फिजिविलीटी अध्ययनको काम भएको मन्त्रालयका छ । यो आयोजना प्रदेश राजधानी संरक्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । आयोजनाको प्रि–फिजिविलीटी अध्ययनको काम खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले गरेको छ ।
चालु आर्थिक वर्षमा प्रि–फिजिविलीटी अध्ययन गरिएको हो । प्रदेश राजधानी संरक्षण आयोजना अध्ययनका लागि प्रदेश सरकारले दश लाख बजेट विनियोजन गरेको थियो । आयोजना अन्तर्गत बुलबुलेदेखि काँक्रेविहासम्म आठ सय मिटर सडकलाई व्यवस्थित गरिनेछ । पर्यटन प्रवद्र्धन गर्नका लागि सुर्खेतको प्रसिद्ध पर्यटकीय क्षेत्र बुलबुलेदेखि काँक्रेविहारसम्म संरचना निर्माण गर्न लागिएको हो । उक्त क्षेत्रमा आठ सय मिटरसम्म पर्खाल निर्माण लगाएतका हुनेछन् । पर्खाल र पुल निर्माण गरिनेछ । त्यसका लागि करिब ३० करोडको लागत अनुमान गरिएको छ । बुलबुलेदेखि काँक्रेविहारसम्मको दुरी सहज बनाउनेगरी सडकलाई व्यवस्थित गर्न लागिएको हो । यी संरचना निर्माण गरेपछि बुलबुलेबाट काँक्रेविहार सहज रूपमा आउँजाउँ गर्न सहज हुने अपेक्षा गरिएको छ । एउटा पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलसम्म पुग्नका लागि दुरी लामो हुँदा पर्यटकहरू अलमलमा पर्ने र असहज रूपमा पुग्ने गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने र प्रदेश राजधानीलाई व्यवस्थित गर्ने योजना अनुरूप संरचनाहरू निर्माण थालिएको हो । विशेष गरेर उक्त रुटमा पर्खाल र पुल निर्माण गरिनेछ । आठ सय मिटर सडकको पर्खाल र पुल निर्माणका लागि करिब ३० करोडको लागत अनुमान छ । आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजाने गरी संघीय समपुरक अनुदानका लागि प्रदेश योजना आयोगमा फाइल पेस गरिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन योजना प्राथमिकतामा राखेको छ । उक्त योजनाअन्तर्गत सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रमा अवलोकनका लागि जानेहरूका लागि पदमार्ग निर्माण गर्न लागिएको छ । निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई हाइकिङ तथा पदमार्गको रूपमा विकास गर्न लागिएको हो ।
प्रकाशित मितिः १८ चैत्र २०८१, सोमबार १०:४१
सम्पादकीय ।