एमयूमा आज स्ववियू चुनाव
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) को केन्द्रीय क्याम्पसमा आज (सोमवार) स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि आठ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा छन् ।
अनेरास्ववियुबाट जगतजंग शाही, नेविसंघबाट विवेक खड्का र अखिल क्रान्तिकारीबाट प्रकाश विक अध्यक्षको उम्मेदवार छन् । त्यस्तै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट चिनबहादुर सहकारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली पनि चुनावी मैदानमा छन् । मिलन विसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिव र कोषाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार चार हजार तीन सय ८३ मतदाता छन् । २०७३ को भदौमा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ । अघिल्लो कार्यसमितिको कार्यकाल सकिएको ६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । विश्वविद्यालयका अन्य आङ्गिक क्याम्पसहरूमा भने यसअघि नै निर्वाचन भइसकेको छ । केन्द्रीय क्याम्पसमा विवादका कारण पटक–पटक निर्वाचन सर्दै आएको थियो ।
प्रकाशित मितिः १८ चैत्र २०८१, सोमबार १०:४०
साझा बिसौनी ।