शैक्षिक पूर्वाधार निर्माण

कर्णाली प्रदेश सरकारले यो वर्ष शैक्षिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको छ । बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम अघि बढाइएको छ । यो वर्ष प्रदेशभर साना ठूला गरेर तीन सय ७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न लागिएको हो । यसअघि बजेटको स्रोत सुनिश्चितता नहुँदा विद्यालयका भवन अलपत्र पर्ने गरेका थिए । यो वर्ष भने बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने जनाइएको छ । तीन सय ७० वटा शैक्षिक पूर्वाधार निर्माण गर्न एक अर्ब दश करोड बजेट विनियोजन गरिएको छ । आवश्यकताका आधारमा शैक्षिक पूर्वाधार निर्माण गरिने जनाइएको छ । सोही योजनाअनुसार नै ठाउँ–ठाउँमा शैक्षिक पूर्वाधार निर्माण थालिएको छ ।

दर्जनभन्दा बढी क्याम्पसहरूको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । गत वर्षहरूमा बजेटको स्रोत सुनिश्चितता नगरेर पूर्वाधार निर्माणका काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । दर्जनभन्दा बढी क्याम्पसहरूका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । सुर्खेतका विभिन्न पालिकाहरूमा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको हो । पूर्वी सुर्खेतको रामघाटमा रहेको कृषि क्याप्सनको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । भवन निर्माणका लागि ठेक्का सम्झौता भइ काम अघि बढेको छ । यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माणको काम सुरु गरिएको छ । भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरेर निर्माणको काम सुरु गरेको निर्देशनालयले जनाएको छ । त्यसैगरी पश्चिम सुर्खेतमा रहेको विद्यापुर क्याम्पसनको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । भवन निर्माणका लागि ५० लाख बजेटको स्रोत सुनिश्चितता भएको निर्देशनालय जनाएको छ ।

पूर्वी सुर्खेतमा रहेको गुर्भाकोट क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । ५० लाख बजेटको स्रोत सुनिश्चितता गरिएको हो । अहिले ठेक्का सम्झौता गरेर भवन निर्माणको काम थालिएको निर्देशनालले जनाएको छ । २०८१ पुस २४ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौताअनुसार २०८२ जेठ १५ गते काम सम्पन्न गर्नुपर्नेछ । शैक्षिक पूर्वाधार निर्माण कार्य अन्तर्गत सुर्खेतसहित अन्य जिल्लाहरूमा पनि सम्झौता भइ धमाधम काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाइएको छ । यो वर्ष स्थानीय सरकारलाई बढी अपनत्व लिनेगरी भवन निर्माणको जिम्मा समेत दिइएको छ ।

प्रकाशित मितिः   ३ चैत्र २०८१, आईतवार ०६:०३