वातावरणको स्थापना दिवसमा अन्तरक्रिया
सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर, सुर्खेतको २२औँ स्थापना दिवसको अवसरमा शनिवार वीरेन्द्रनगरमा अन्तरक्रिया गरिएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य र रोजगारः वातावरण सेवाका मूल आधार’ भन्ने नाराका साथ सहकारी तथा लघुवित्तहरूको पछिल्लो अवस्थाका सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले सहकारी तथा लघुवित्त कार्यक्रम विशेषतः मुलुकको गरिबी निवारणमा महत्त्रवपूर्ण औजार भएपनि अहिले विशेषगरी सहकारी र लघुवित्तका सम्बन्धमा नकारात्मक क्रियाकलाप तथा धारणाहरू आइरहेको बताए । उनले सहकारी तथा लघुवित्त कार्यक्रमहरूले देशका दुर्गम गाउँ बस्तीहरूमा गएर प्रभावकारी किसिमले वित्तीयलगायतका सामाजिक सेवाका क्रियाकलापहरू सञ्चालन गरेको भएपनि केही सीमित संस्था तथा व्यक्तिका गतिविधिका कारण सिँगो सहकारी एवम् लघुवित्त क्षेत्र नै अहिले सबैको निसानामा परेको समेत जनाउ ।
संस्था सञ्चालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सल्लाहकार एवम् वीरेन्द्रनगर नगरपालिकाका पूर्वप्रमुख देवकुमार सुवेदी, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी, संस्थाका सचिव राधाकुमारी ढकाल लगायतका वक्ताहरूले आ–आफ्नो भनाइ राखेका थिए ।
संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले संस्थागत अवस्थाको प्रस्तुतीकरण दिए । सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरू, शेयर सदस्यहरू एवम् अन्य सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले संस्थाले हालसम्म गरेको कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा सदस्यहरूलाई अझ बढी उद्यमशील बनाइ अधिकतम् रूपमा व्यवसायमा संलग्न गराउनुको साथै सदस्यले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत जोड दिनुपर्ने धारणा रोखका थिए ।
प्रकाशित मितिः ३ चैत्र २०८१, आईतवार ०६:०१
साझा बिसौनी ।