सहरी करिडोर

नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी करिडोरअन्तर्गत दुई ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको छ । सहरी करिडोरअन्तर्गत ठूला दश वटा योजना कार्यान्वयन गरिनेछ । जसमध्ये यो वर्ष दुई वटा योजनाको डीपीआर निर्माण गर्न लागिएको सहरी विकास आयोजना केन्द्रले जनाएको छ । सीमित बजेट हुँदा यो वर्ष दुई वटा आयोजनाको मात्र डीपीआर निर्माण गर्न लागिएको छ । यसअघि नै करिडोरको विकास रणनीति तयार पारिएको थियो । उक्त योजनाअन्तर्गत दश वटा योजना छनोट गरिएकोमा यो वर्ष दुई वटा योजनाको मात्र डीपीआर निर्माण गर्न लागिएको हो । गरिएको प्रि–फिजिविलिटी अध्ययनका आधारमा डीपीआरका लागि दुई करोडको लागत अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्षमा सरकारले ४० लाख मात्र बजेट विनियोजन गरेको छ । न्यून बजेट हुँदा दुई वटा मात्र योजनाको डीपीआर निर्माण गर्न लागिएको हो । यो वर्ष डीपीआर निर्माण गरेर ती आयोजना आउँदो वर्षबाट कार्यान्वयनमा जानेछन् । अन्य आठ योजनाको बजेट उपलब्ध भए कार्यान्वयन गरिने जनाइएको छ । खानेपानी, फोहोर व्यवस्थापन, सहरी यातायात, भौतिक संरचना, वातावरणीय विषय, ठूला सभा सम्मेलन गर्ने भौतिक संरचनाको निर्माण गरिनेछ । सडक निर्माण, चिस्यान केन्द्र, बसपार्क र ल्याण्डफिल्ड साइड निर्माण गर्न लागिएको हो । करिब दुई वर्ष लगाएर सहरी करिडोरको विकास रणनीति तयार पारिएको सहरी करिडोर आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० देखि एकीकृत विकास रणनीति निर्माणको काम थालिएको थियो । त्यसका लागि सरोकारवालाहरूसँग दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी विभिन्न चरणमा छलफल चलाइएको आयोजनाले जनाएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबीच सहज पहुँच स्थापित गर्न सहरी करिडोर निर्माण गर्न लागिएको हो । हालसम्म सहर केन्द्रित गरेर पूर्वाधार विकास भए तर पछिल्लो समय जनसंख्या वृद्धिसँगै सहर आसपासका सडकमा बसोबास बढ्दै गएको छ । सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी करिडोरको काम अघि बढाइएको हो ।

नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरको रणनीति योजना तयार पारिएको छ । सहरी रणनीतिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने छ । सरकारले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा तीन सहर जोड्ने करिडोरको लागि एकीकृत विकास रणनीति तयार पा¥यो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा दश वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्नेगरी छनोट भएका थिए । प्रि–फिजिविलिटी अध्ययनले ५० योजनाको सूचि तयार पारेकोमा दश वटा योजना छनोट भएका हुन् । तर, बजेट अभावका कारण यो वर्ष मुख्य दुई वटा आयोजनाको डीपीआर निर्माण गरी आउँदो वर्षबाट आयोजना निर्माणको काम थालिनेछ ।

प्रकाशित मितिः   १३ फाल्गुन २०८१, मंगलवार ०६:०३