भैँसीपालक कृषकसँग अन्तरक्रिया

 

सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पूर्वी सुर्खेतमा भैँसीपालन व्यवसाय गरिरहेका किसानहरूसँग अन्तरक्रिया गरेको छ ।

संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङ, सचिव पासाङ महतारा, प्रमुख कार्यकारी अधिकृत विशाल केसीलगायतको टोली बोटेचौर, जहरे र रामघाट पुगेर अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा कृषकहरूले भैँसीपालन व्यवसाय गरिरहँदा दानाको समस्या हुनु, उत्पादित दुधले उचित मूल्यमा बजार नपाउनु, व्यवसायको लागि सहुलियत दरमा ऋण उपलब्ध नहुनु लगायतको समस्यासँगै चुनौतिहरूको सामना गर्नु परेको बताएका छन् ।

संस्थाका पदाधिकारीहरूले भैँसीपालन व्यवसायको लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने, उत्पादन भएको दुध संस्थाको बौद्ध ग्रामीण डेरी उद्योगमा खरिद गर्ने तथा सहुलियत दरमा दानासँगै हरियो घाँसको बिउ उपलब्ध गराउने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।

अन्तरक्रियामा भैँसीको लागि हरियो घाँस तथा सन्तुलित दानाको महŒव, दुधालु भैँसीको लागि हरियो घाँस उत्पादन गर्ने तरिका लगायतका विषयमा पनि छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले भैँसीपालनबाट राम्रो फाइदा लिन सकिने बताएका थिए ।

७३ जना कृषकहरूको सहभागिता रहेको कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले गरेका थिए । मुख्य प्रबन्धक धनबहादुर शाही, राप्ती फिड ईन्डस्ट्रिज प्रा.लि.का सेल्स मेनेजर सुदिप भण्डारीलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   १३ फाल्गुन २०८१, मंगलवार ०६:०१