चिन्ताजनक तथ्यांक
कर्णालीका बालबालिकाको अवस्था चिन्ताजनक रहेको पाइएको छ । विभिन्न अध्ययनले बालबालिका शिक्षाबाट वञ्चित भइरहेको देखाएको छ । प्रदेशमा विद्यालय छाड्ने (ड्रपआउट) दर बढ्दै गएको पाइएको छ । सेभ द चिल्डे«न आधार सर्वेक्षण–२०२४ का अनुसार ३९ प्रतिशत बालबालिकाले कक्षा छोडेको पाइएको छ । कर्णालीमा कक्षा १ देखि ५ सम्मका ३९ प्रतिशत बालबालिकाले कक्षा छोड्ने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । बालकभन्दा बालिका धेरैले कक्षा छोड्ने गरेका हुन् । बालिका शिक्षामा समेत कमजोर छन् । २३ दशमलव ६४ प्रतिशत बालिकाले मात्रै गणितमा ४५ अंक प्राप्त गर्न सकेका छन् । जसमध्ये अपाङ्गता भएका बालबालिकाहरूको शून्य प्रतिशत रहेको छ । कर्णालीमा कक्षा १ देखि ५ सम्ममा जम्मा १२ दशमलव चार प्रतिशत बालिकाले कक्षा दोहो¥याएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सेभ द चिल्डे«नले गरेको सर्वेक्षण २०२४ मा २४ प्रतिशत बालबालिका सरकारी सेवाबाट सन्तुष्ट देखिएका छन् । सन् २०२३ को तुलनामा सन् २०२४ मा बालबालिकाका क्षेत्रमा सात दशमलव ३६ प्रतिशत बजेट वृद्धि भएको छ । गरिएको सर्वेक्षणमा ४७ प्रतिशत आमाबाबुलाई अभिभावकत्वको ज्ञान भएको पाइएको छ । ५७ प्रतिशत बालबालिकाले शारीरिक र मानसिक हिंसाको सामना गर्ने गरेको पाइएको छ । १४ प्रतिशत बालबालिकाले समुदायमा सुरक्षित महशुस गरेका छन् । यसैगरी ११ दशमलव ३६ प्रतिशत अपाङ्गता भएका बालबालिकाले समुदायमा सुरक्षित महशुस गरेका छन् । ६१ प्रतिशत बालबालिकाहरूको आफ्नो फेसबुक रहेको र जसमध्ये १७ प्रतिशतले हिंसा भोगेको पाइएको छ । सेभ द चिल्डे«नले चार जिल्लाका चार पालिकाका केही विद्यालयमा आधार सर्वेक्षण गरेको थियो । दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका, जुम्लाको तातोपानी गाउँपालिका, कालीकोटको शुभकालिका गाउँपालिका र जाजरकोटको छेडागाड नगरपालिकाका केही सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको हो ।
कर्णालीको कूल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कूल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ । २०७८ सालको जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा पनि बालकको संख्या बढी छ । तीन लाख ४५ हजार चार सय २९ जना बालक छन् भने तीन लाख ३१ हजार पाँच सय ५६ जना बालिका छन् । प्रदेशका तीन लाख चार हजार एक सय ८४ जना बालबलिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ । राष्ट्रिय बाल कल्याण परिषद्का अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको जनाइएको छ ।
प्रकाशित मितिः २७ माघ २०८१, आईतवार ०६:०३
सम्पादकीय ।