प्रदेश पार्षदमा खनाल निर्वाचित

सुर्खेत: नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) को कर्णाली प्रदेश पार्षदमा अधिवक्ता मातृकाप्रसाद खनाल निवार्चित भएका छन् । लोकतान्त्रिक प्यानलका उम्मेदवार अधिवक्ता दमनराज बमलाई ३१ मतले पछि पार्दै खनाल निर्वाचित भएका हुन् ।

कूल एक सय १५ मत खसेकोमा खनालले ७३ मत पाएर विजयी भए । उनी नेकपा एमाले र नेकपा माओवादी निकट कानुन व्यवसायीहरूको गठबन्धनबाट उम्मेदवार बनेका थिए । पराजित भएका बमले ४२ मत प्राप्त गरेको निर्वाचन उपसमिति संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिए ।

परिषद् देशैभरीका वकिलको नियमनकारी निकाय हो । महान्यायाधीवक्ता अध्यक्ष रहने परिषद्मा सबै प्रदेशबाट एक–एक जना पार्षदको निर्वाचन हुने गरेको छ । पार्षदको चुनावलाई कानुन व्यववसायीको महŒवपूर्ण उपलब्धीको रूपमा लिने गरिएको छ । खासगरी कानुन व्यववसायलाई पेसागत प्रमाणपत्र दिनेदेखि अनुशासनको उल्लंघनमा कारबाही गर्ने जिम्मेवारी बार काउन्सिलको रहेकोले यसका पदाधिकारीको निर्वाचन महत्वका साथ हेरिएको छ ।

प्रकाशित मितिः   २७ माघ २०८१, आईतवार ०६:०२