शैक्षिक पूर्वाधार

कर्णाली प्रदेश सरकारले शैक्षिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर पूर्वाधार निर्माण थालेको हो । दर्जनभन्दा बढी क्याम्पसहरूको पूर्वाधार निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । गत वर्षहरूमा बजेटको स्रोत सुनिश्चितता नगरेर पूर्वाधार निर्माणका काम थाल्दा शैक्षिक भवन अलपत्र हुने गरेका थिए । यो वर्ष बजेटको स्रोत सुनिश्चितता गरेर मात्र पूर्वाधार निर्माण गर्ने सरकारको नीति अनुरूप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । दर्जनभन्दा बढी क्याम्पसहरूका भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरेर काम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । सुर्खेतका विभिन्न पालिकाहरूमा शैक्षिक पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । ठाउँ–ठाउँमा क्याप्सहरूको पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।

पूर्वी सुर्खेतको रामघाटमा रहेको कृषि क्याप्सनको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान क्याम्पसको भवन निर्माणका लागि एक करोड बजेटको स्रोत सुनिश्चितता गरिएको हो । भवन निर्माणका लागि ठेक्का सम्झौता भइ काम अघि बढेको छ । सम्झौताअनुसार २०८२ जेठ ३० गतेसम्म भवन निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । प्रदेशका अन्य विभिन्न जिल्लाहरूमा शैक्षिक पूर्वाधार निर्माणको काम थालिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत बहुमुखी क्याम्पसको भवन निर्माणको काम सुरु गरिएको छ । भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरेर निर्माणको काम सुरु गरेको निर्देशनालयले जनाएको छ । उक्त भवन निर्माणका लागि डेढ करोड बजेटको स्रोत सुनिश्चितता गरिएको हो । २०८१ पुस २१ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म भवन निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौता गरेर अहिले भवन निर्माणको काम थालिएको छ । पश्चिम सुर्खेतमा रहेको विद्यापुर क्याम्पसनको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । भवन निर्माणका लागि ५० लाख बजेटको स्रोत सुनिश्चितता भइसकेको छ । बजेटको स्रोत सुनिश्चितता भइसकेकाले टेण्डर आह्वानको प्रक्रिया अघि बढ्दैछ ।

यसैगरी पूर्वी सुर्खेतमा रहेको गुर्भाकोट क्याम्पसको भवन निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको छ । ५० लाख बजेटको स्रोत सुनिश्चितता गरिएको हो । अहिले ठेक्का सम्झौता गरेर भवन निर्माणको काम थालिएको निर्देशनालले जनाएको छ । २०८१ पुस २४ गते भवन निर्माणका लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८२ जेठ १५ गते काम सम्पन्न गर्नुपर्नेछ । क्याम्पसका साथै विभिन्न पालिकाहरूमा विद्यालय भवन निर्माणका लागि बजेट बजेटको स्रोत सुनिश्चितता गरिएको छ । प्रदेश सरकारले यो वर्ष शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । जस अन्तर्गत आवश्यकताका आधारमा छनोट गरेर धमाधम पूर्वाधार निर्माणको काम थालिएको हो ।

प्रकाशित मितिः   १६ माघ २०८१, बुधबार ११:५८