प्रयोगशाला स्तरोन्नति
वीरेन्द्रनगरमा निर्माणाधीन जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पछिल्लो पटक म्याद थपेर भवन निर्माण कार्य भइरहेको छ । निर्माण कार्य थालिएको लामो समयपछि कामले तीव्रता पाएको छ । पछिल्लो पटक २०८० माघ १ गतेदेखि २०८१ पुस २९ गतेसम्मका लागि म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अहिले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७८ असार २८ गतेदेखि भवन निर्माणको काम थालिएको थियो । २०७९ पुस २८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा त्यसयता पटक–पटक म्याद थप गरेर निर्माणको काम भइरहेको छ । हालसम्म भवन निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ ।
भवनको वित्तीय प्रगति ८५ प्रतिशत हासिल भएको छ । अन्तिम पटक थपिएको म्याद सकिन नौ दिन बाँकी छ । एक÷दुई महिना म्याद थपेर भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अब दुई महिना म्याद थपेर भवन निर्माणको काम सक्ने तयारी भएको छ, अहिले काम धमाधम रूपमा भइरहेको छ । भवन निर्माण थालिएको लामो समय भएको भएपनि पछिल्लो पटक भवन निर्माणको कामले तिव्रता पाएको हो । भवन निर्माण कार्य सम्पन्न गरेर जनस्वास्थ्य प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर भवन निर्माणको योजना अघि सारिएको छ । संघीय सरकारसँगको सहकार्यमा भवन निर्माण कार्यलाई अन्तिम रूप दिन लागिएको प्रदेश सरकारले जनाएको छ । यो वर्षदेखि नै नयाँ भवनबाट सेवा दिने तयारी भइरहेको छ । संघीय सरकारको लगानीमा जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भइरहेको छ । प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन लागिएको प्रदेश सरकारले जनाएको छ ।
अहिले जनस्वास्थ्य प्रयोगशालाले पुरानै भवनबाट सेवा दिइरहेको छ । दैनिक बिरामी चेकजाँच, दशवटै जिल्लाका प्रयोगशालाको गुणस्तर मापनलगायतका काम गरिरहेको छ । जनस्वास्थ्य प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार र जनशक्तिको आवश्यक व्यवस्थापन गर्न लागिएको छ । हाल प्रयोगशालामा ११ जनाको स्वीकृत दरबन्दी रहेको छ । जसमध्ये ६ जना दरबन्दीमा कार्यरत छन् । अहिले भने भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशालामा सेवा लिनेको संख्या बढेको छ । सेवालाई थप व्यवस्थित बनाउन लागिएको हो । अहिले भवन निर्माण कार्य भइरहेको छ भने थप सेवा विस्तार गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मितिः २१ पुष २०८१, आईतवार ०६:०३
सम्पादकीय ।