सुरुङमार्ग योजना

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भएको छ । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको हो । यसअघि सुरुङ मार्गको प्रि–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ । जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको दश किलोमिटर दुरी छ । दुरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको गुणस्तर तथा अनुसन्धान केन्द्रले जनाएको छ । तत्काल थप प्रक्रिया अघि नबढाइने भएको छ । प्रि–फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ । सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढाइने भएको हो ।

लागत धेरै र न्यून प्रतिफल हुनेभएपछि अध्ययनको काम अघि नबढ्ने भएको हो । करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रि–फिजिविलिटी’ अध्ययन गरिएको थियो । उक्त अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । विभागले २०८० जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङमार्गको प्रि–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । अहिले उक्त अध्ययनको अन्तिम रिर्पोट आएको छ । उक्त रिर्पोटले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम अघि बढ्ने छैनन् । सरकारले कुनै विकल्प देखाएर काम अघि बढाउन सक्नेछ । तत्काल भने काम अघि नबढ्ने भएको हो ।

जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारी सम्मको लम्बाइ करिब दश किलोमिटर छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको थियो । प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको छ । अध्ययनको अन्तिम रिर्पोटअनुसार करिब २९ अर्ब लागत अनुमान छ । अब सुरुङमार्ग निर्माणको बाँकी काम अघि बढ्ने छैन । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट अपेक्षा राखिएको थियो । गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको भएपछि अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको बताउने गरिएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि उक्त सुरुङमार्ग निर्माण थालिएपनि लामो दुरीका कारण काम अघि नबढ्ने भएको हो ।

प्रकाशित मितिः   ११ मंसिर २०८१, मंगलवार ०६:०३