सरकार पुनर्गठनमा अलमल
केन्द्रमा नयाँ गठबन्धनको सरकार बनिसके पनि कर्णाली प्रदेश सरकार फेरबदलको टुँगो भने लागेको छैन । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रदेशहरूको भागबण्डा टुँगो नलाग्दा कर्णालीमा अहिले पनि एमाले र माओवादी नेतृत्वको सरकार कायमै छ । गठबन्धन फेरिएसँगै प्रदेश सरकार पनि पुनर्गठन हुने छ । माओवादी केन्द्र सरकारबाट बाहिरिने छ भने कांग्रेस सरकारमा सहभागी हुनेछ । गठबन्धन दल एमाले र कांग्रेसबीच कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने आन्तरिक सहमति भइसकेको छ । तर कांग्रेस कहिलेसम्म सरकारमा जान्छ भन्ने टुँगो लागेको छैन ।
केन्द्रमा नयाँ सत्ता समिकरण अनुसारको सरकार बनेपनि प्रदेशमा भने कुनै निर्णय भएको छैन । प्रदेशका नेताहरू केन्द्रीय नेतृत्वको निर्णय कुरेर बसेका छन् । केन्द्रको निर्णय कुरिरहेका नेताहरू प्रदेश तहमा गठबन्धन दलबीच सरकारको विषयमा छलफल समेत गरिरहेका छैनन् । संघमा नयाँ समिकरणको सरकार बनिसकेकाले त्यसको प्रभाव स्वाभाविक रूपमा प्रदेशमा पर्छ, तर प्रदेशका नेताहरू माथिबाट के निर्देशन आउँछ, सोही अनुसार अघि बढ्ने भनेर बसिरहेका छैनन् । केन्द्रको समीकरण अनुुसार नै अघि बढ्ने तर अहिले नै यो विषयमा छलफल नभएको उनीहरू बताउँछन् । सरकारको नेतृत्व गरिरहेको एमालेजस्तै नयाँ समीकरणको अर्को दल नेपाली कांग्रेसका नेताहरू पनि केन्द्रकै निर्देशन कुरिरहेका छन् । केन्द्रीय नेतृत्वबाट सहमति पाएलगत्तै मन्त्रीमण्डल विस्तार गरिने कँडेल बताउँछन् । उनकै नेतृत्वको सरकारले निरन्तरता पाउने निश्चितप्रायः छ । यद्यपि यसले पनि टुँगो पाइसकेको छैन । गठबन्धन दल एमाले र कांग्रेसबीच कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिने आन्तरिक सहमति भइसकेको छ । तर कांग्रेस कहिलेसम्म सरकारमा जान्छ भन्ने टुँगो लागेको छैन ।
अर्कोतर्फ अहिलेको सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) ले पनि प्रदेश सरकार छोडेको छैन । केन्द्रको निर्णय नआउनेबेलासम्म प्रदेशमा माओवादीले पनि सरकार नछाड्ने भएको छ । माओवादीबाट मन्त्री बनेकाहरूले अहिले नै त्यो विषयमा निर्णय नभएकाले तत्काल सरकार नछाड्ने बताइएको छ । माओवादीबाट प्रदेशमा चार मन्त्री छन् । माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा बीरबहादुर शाही, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रनसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत मन्त्री भएका छन् । केन्द्रमा सत्ता फेरिएपनि प्रदेशमा भने उनीहरूले काम गरिरहेका छन् । नयाँ गठबन्धन बनेर केन्द्रमा सरकार परिवर्तन भइसकेको छ । तर प्रदेशको सरकार भने अहिलेसम्म अलमलमै छ ।
प्रकाशित मितिः ३ श्रावण २०८१, बिहीबार १०:१७
सम्पादकीय ।