सुर्खेतका पाँच पालिकामा पोषण कार्यक्रम

सुर्खेत: सुर्खेतका पाँच वटा स्थानीय तहमा पोषण कार्यक्रम सुरु गरिएको छ । सिमान्तकृत समुदाय, बालबालिका, गर्भवती आमा, प्रजनन् उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत् उपलब्ध गराउने ध्येयले केयर नेपाल र आइडिई नेपालको साझेदारितामा सुन्दर नेपाल संस्थाले बिहीवारदेखि उक्त कार्यक्रम सुरु गरेको हो ।

बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरूको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ भन्ने जानकारी दिने काम अभियानले गर्ने सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले बताए । उनका अनुसार कार्यक्रमका लागि चार नगरपालिका र एउटा गाउँपालिका छनोट भएका छन् । वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिमा पोषण कार्यक्रम लागू भएको जनाइएको छ । कार्यक्रमबाट पाँच पालिकाका चार हजार सात सय ९६ प्रजनन उमेर समूहका महिला र एक हजार एक सय १३ पाँच वर्ष मूनिका बालबालिका लाभान्वित हुनेछन् ।

पोषण शुभारम्भ कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अझै कुपोषणका कारण हुने विविध समस्यामा उल्लेखनीय सुधार आउन नसकेको बताइन् । उनले सन् २०३० को अन्त्यसम्म कुपोषण हटाउने सरकारको लक्ष्यलाई पूरा गर्न अभियानले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । बहुक्षेत्रीय पोषण योजनालाई स्थानीय सरकारले समेत प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । बालबालिकाले समयमा पोषिलो आहार कसरी प्राप्त गर्न सक्दछन् भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्नेमा समेत उनको जोड रहेको छ ।

यस्तै, लेकवेशी नगरपालिकाकी उपप्रमुख विमला खड्लुकले अन्य पूर्वाधार निर्माणभन्दा पोषण सुधारको कार्यक्रममा जोड दिनुपर्ने बताइन् । बालबालिका भविष्यका कर्णधार नागरिक हुने हुँदा पालिकाले समेत पोषणका कार्यक्रममा ध्यान दिएको उनको भनाइ छ । परम्परागत खाद्यान्नलाई प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिँदै पोषणका कार्यक्रमलाई स्थानीय सरकारले प्रमुख प्राथमिकतामा राखेको बताइन् ।

जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन बडुवालले बालबालिकाको पोषण अवस्थालाई सुधार ल्याउन पालिकामै कार्यक्रम सञ्चालन गरिएकोमा खुसी व्यक्त गरे । उनले पछिल्लो समय भौतिक पूर्वाधारलाई मात्र जोड दिइरहेको अवस्थामा पोषणको कार्यक्रमले सन् २०३० को अन्त्यसम्म कुपोषण हटाउने सरकारको लक्ष्यलाई साकार पार्ने जनाए ।

यसैगरी आइडिई नेपालका क्षेत्रीय संयोजक कल्पना धितालले पोषणमा कृषिको महŒवपूर्ण योगदान रहने बताइन् । साथै केयर नेपालका कन्ट्रीडाइरेक्टर मोना सेर्पाले यस कार्यक्रमलाई सफलबनाउन सबै पक्षको भूमिका महŒवपूर्ण रहने र लक्षित समुदायले अपनत्वलिन सक्ने गरी काम गर्नुपर्नेमा जोड दिइन् । खाद्य सुरक्षा, सरसफाइ तथा आरोग्यता प्रवद्र्धन, गुणस्तरीय र समतामुलक स्वास्थ्य सेवा प्रवाह तथा पहुँच, पोषणयुक्त खाद्यको उपलब्धतार उपभोगमा वृद्धि र लंैङ्गिक तथा सामाजिक समावेशीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा बोल्दै अधिकांश सरोकारवालाहरूले पोषण सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका थिए ।

प्रकाशित मितिः   ४ श्रावण २०८१, शुक्रबार ०८:३१