पैकेलोको कथा

…अनि जडिबुटीसँग जोडिएँ

म दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. २ सिरोलमा जन्मिएको हुँ । मेरो बाल्यकाल त्यहीँ बित्यो । पछि व्यापारको शिलशिलामा बुवा सुर्खेत झर्नुभयो ।

सुर्खेतमा मेरो प्रारम्भिक शिक्षा सुरु भयो । र, म हुर्किदै गर्दा विविध किसिमका स्वास्थ्य समस्याहरू बल्झिदै गए ।

अति विकट ठाउँमा जन्मिएकोले खानपान राम्रो भएन होला । आवश्यक पोषिलो खानेकुरा खान पाएको थिइन होला । त्यसैले गर्दा मेरो पेटको समस्याले पिराल्दै गएको थियो ।

हुर्किर्दै गर्दाखेरी मलाई मेरो बुवाआमाले पेटको समस्या निदान गर्नको लागि थुप्रै उपचार गर्नुभयो । उहाँहरूले आफ्नो बलबुताले भ्याएसम्म सबै ठाउँमा जहाँ–जहाँबाट आश पलाएको छ, सबै ठाउँमा उपचार गराउनुभयो । आधुनिक चिकित्साको उपचार गर्नुभयो । झारफुक पनि गर्नुभयो । धामीझाँक्री गर्नुभयो । सबै गर्दा पनि पेटको रोग निर्मूल भएन । कहिले कम हुने, कहिले बढ्ने भइराख्यो ।

म हुर्कदै गएँ । पढाइ पनि चलिरहेको थियो । एसएलसी पास गरेँ । त्यसपछि उच्च शिक्षा अध्ययनको शिलशिलामा काठमाडौं पुगेँ । अस्कल साइन्स क्याम्पसमा भर्ना भएँ । त्यहाँ बिहानी सत्र पढाइ हुन्थ्यो । बिहान ६ देखि १२ ÷१ बजेसम्म पढ्नपथ्र्यो । १/२ बजे कोठामा पुग्थेँ । कहिले खाना पकाएर खाइन्थ्यो, कहिले भोकै पनि बसिन्थ्यो । खानपिन नमिल्दा पहिलेको पेट दुख्ने समस्या अझै बल्झिदै गयो । एकदमै विकराल रूप लिन थाल्यो । कोठामा म एक्लै बस्थेँ । पढाइ एउटा तनावको विषय छँदै थियो । पढाइ पूरा गर्नपर्ने थियो । विज्ञान जस्तो जटिल विषय पनि थियो । त्यसले गर्दाखेरी मलाई पेटको समस्या मात्रै बल्झिएन, मानसिक समस्या पनि बढ्दै गयो ।

आफूले भ्याएसम्म काठमाडौंका विभिन्न हस्पिटलहरू धाउन थालेँ । निकै धेरै औषधि सेवन गरेँ, तर मलाई यसले ठीक गरेन । झन्–झन् रोग बल्झिदै गयो । र मलाई त्यसले मानसिक समस्याहरू पनि निम्त्यायो । मानसिक समस्या मात्र निम्त्यायन त्यसले थाइराइडको समस्या पनि ल्यायो । त्यो समस्या यति विकराल भयो कि मलाई बिर्सर्ने बानी सुरु भयो । पढेका कुरा पनि राम्रोसँग नसम्झिने, शरिर कमजोर हुँदै जाने र थकान धेरै लाग्ने कारणले गर्दा खेरी पहिलो वर्षको पढाइ त्यति राम्रो भएन । पहिलो वर्ष मैले सेकेन्ड डिभिजनमा पास गरेँ ।

एसएलसीसम्म म कक्षामा सधैँ पहिलो हुन्थँे । पछि सेकेन्ड भएँ । त्यसपछि मलाई झनै तनाव थपियो । मैले घरमा भनेको थिएँ, ‘म फस्ट डिभीजनमा पास गरेर अगाडि बढ्छु ।’ मलाई यति धेरै तनाव थपियो, मैले त्यो रोग सन्चो गर्नको लागि सकेसम्मका उपायहरू अपनाउँदै गएँ । दोस्रो वर्षको परीक्षा पनि आयो । अलिकती मेहनत गरेर होला म फस्ट डिभीजनमा पास भएँ । जब स्नातकमा भर्ना भएँ । सुरुवातदेखि नै समस्या बल्झिदै गयो । किनकी मलाई रोगले पूर्णरूपमा छोडेको थिएन । विस्तारै बल्झिदै गएको समस्याको लागि मैले थप त्यही किसिमको उपचार गरेँ । थूप्रै औषधीहरू खाएँ । औषधीको साइड इफेक्टले होला त्यो थाइराइडको लेभल अझै बढ्दै गयो । मलाई अन्य समस्याहरू पनि थपिँदै गए । प्रेसर कम हुने समस्या पनि देखा प¥यो । ब्याचलर पढ्दासम्म पनि मेरो शरिरको तौल ५५ केजी भन्दामाथि गएन । र मलाई एकदमै वेचैन बनायो । एमदमै चिन्तित बनायो ।

अब मलाई आधुनिक चिकित्साप्रतिको विश्वास कम हुन थाल्यो । मेरो इच्छा र आश हट्न थाल्यो । त्यसपछि मैले अघि उपचार गर्नै छोडँे । बरु विभिन्न वैकल्पिक उपचार के, के हुन सक्छन् त्यो सबैको खोजी गर्न थालेँ । त्यसबिचमा मैले थाहा पाएँ, योगले अलिकति राम्रो गर्छ रे भनेर । त्यसपछि मैले योग कक्षाहरूमा पनि भाग लिन थालेँ । योग गरेँ, ध्यान पनि गरँे । त्यसले अलिकति शरिरलाई सहज बनायो ।

मैले जडिबुटीको बारेमा नरदेवी क्याम्पस काठमाडौंबाट थाहाँ पाएँ । त्यसपछि जडिबुटी सेवर गरेर औषधीहरू खान थालेँ । त्यसले मलाई धेरै राम्रो ग¥यो । जुन मेरो पेटको दुखाइ थियो । त्यो क्रमिक रूपमा कम हुँदै गयो । जडिबुटी उपचारतिर लागे । विस्तारै मेरो मानसिक समस्या पनि कम हुँदै गयो । थाइराइडको लेभल पनि घट्दै गयो । जब म मेरो कर्मभूमि सुर्खेत फर्कें । सुर्खेत फर्केपछि मैले योगमै लाग्नुपर्छ । आयुर्वेदिकमै अघि बढ्न पर्छ भन्ने अभिलाशा लिएँ । त्यसपछि कर्णालीका विभिन्न जिल्लाहरू घुम्न थालेँ । प्राकृतिक रूपमा कहाँ–कहाँ जडिबुटीहरू छन् ? कस्ता खाले जडिबुटीहरू छन् भन्ने यसको खोज गर्दै गएँ । करिब सात वटा जिल्ला घुमेँ । जाजरकोटको कुशे गाउँपालिकामा ५÷६ दिन बस्दाखेरी विभिन्न खालका जडिबुटीहरू भेटेँ । भेटिएका जडिबुटीको आफूले सदुपयोग पनि गरेँ ।

जडिबुटीहरूमा मुख्यतया मलाई एकदमै आनन्दित दिएको सुगन्धित जडिबुटी थियो । अनि सुगन्धित जडिबुटी संकलन गर्न थालेँ । सुर्खेतमा ल्याएर मैले प्रशोधन गरेँ । योसँगै सल्यानका विभिन्न भागहरू, दैलेखका विभिन्न भागहरू, जुम्लादेखि रारासम्म पैदल यात्रा गर्दा त्यहाँ भेटेका जडिबुटीहरू पनि संकलन गरी ल्याएर मैले सुर्खेतमा प्रशोधन गरेर त्यसैबाट धुप बनाएँ । सुगन्धित तेल निकालेँ । त्यसैको साबुन बनाएँ । त्यसैको परफ्युम बनाएँ । र यसलाई मैले आफैभित्र प्रयोग गरँे । प्रयोग गर्दै जादा त्यसले त मेरो रोगहरू सबै निर्मूल भएछ । बेला–बेला म थाइराइड चेकजाँच गरेँ । प्रेसर चेक गरेँ । एकदमै नर्मल अवस्थामा आएको देखेँ । यसपछि मलाई लायो, यसलाई व्यवसाय किन नबनाउने ? र, यसैमा मैले अगाडि बढ्नुपर्छ भन्ने लागेर अगाडि बढ्न थालेँ ।

सन् २०१९ मा चिनको भ्रमण गर्ने अवसर मिल्यो । त्यसक्रममा चाइनाको वेइजिंङमा विभिन्न उद्योगहरूसँगै जडिबुटीसम्बन्धी भम्रण गर्दै जादाँ मलाई त्यहाँको एउटा उद्योग हुलिन वायोटेक उद्योगले प्रेरणा दियो । त्यहाँ विभिन्न खालका जडिबुटीहरूबाट प्रशोधन गरिने रहेछ । त्यो प्रशोधित जडिबुटीलाई निकालेर त्यसको योग, सुगन्ध तेल निकाल्ने । त्यो गरेर बाहिरी देशहरूमा निर्यात गर्दो रहेछ । यो थाहा पाएपछि अब कर्णालीमा यसैलाई व्यावसायिक रूपमा गर्नुपर्छ भन्ने लाग्यो । यसलाई निर्यात गरेर विदेशी मुद्रा नेपालमा ल्याउनुपर्छ भन्ने एउटा सोचका साथ म नेपाल फर्किएँ ।

 

जडिबुटी त वास्तवमा हाम्रो कर्णाली प्रदेशको सुन र हिराजस्तै अमूल्य वस्तु हो। तर हामीले सदुपयोग गर्न सकेका रहेनछौँ।

 

नेपाल फर्किंदै गर्दाखेरी मैले एउटा कम्पनी स्थापना गर्ने उद्देश्य बनाएर वायो कर्णाली एरोमा प्राइभेट लिमिटेड स्थापना गरेँ । जसले विभिन्न सुगन्धित तेलहरू अहिले निकालिरहेको छ । सुगन्धित तेलहरूको बजारीकरण पनि गरिरहेको छ । बजारीकरण गर्ने शिलशिलामा मैले भारतको थूपै्र राज्यहरूको भम्रण गरेँ । सिंगापुरमा समेत नमूनाहरू पठाएँ । त्यस्तै स्पेनतिर पनि पठाएँ । अहिले त्यहाँ माग बढिरहेको छ ।

मैले यो काम गर्ने शिलशिलामा फ्रान्सको एक जना साथीले पनि चासो देखाउनुभयो । उहाँलाई मैले सुर्खेतमा ल्याएँ । उहाँ एउटा परफ्युमर हुनुहुन्थ्यो । उहाँले सुगन्धित तेलबाट परफ्युम बनाउनुहुन्थ्यो । उहाँलाई मैले सुर्खेतका विभिन्न भूभागहरू घुमाएँ । यसरी हामीले जडिबुटीको खोज गर्न सक्छौँ । विभिन्न वस्तु बनाउँन सकिन्छ भन्ने कुरा उहाँलाई देखाएँ । त्यसपछि उहाँ र सिंगापुरको साथीसँग अहिले पनि सहकार्य चलिरहेको छ ।

तर काम गर्न सजिलो छैन । किनकी राज्यले जडिबुटीलाई हेर्ने दृष्टिकोण फरक रहेछ । जब राज्यको नीतिसँग ठोक्किएँ तब थाहा भयो कि जडिबुटी त वास्तवमा हाम्रो कर्णाली प्रदेशको एउटा सुन वा हिराजस्तै अमुल्य वस्तु हो । तर हामीले सदुपयोग गर्न सकेका रहेनछौँ । नीति एउटा प्रमुख बाधक रहेछ । सजिलैसँग हामीले जडिबुटी उत्खनन् गर्न मिल्दैन । यसमा एउटा नीति छ । यति मात्रामा मात्र निकाल्न मिल्छ भनेर सरकारले बन्देज लगाएको छ । र सरकारले यसलाई खेती गर्नुपर्छ भन्ने कुरा किसानहरूलाई सिकाएको छैन । अहिले हामी कर्णालीबासीहरू हाम्रो परम्परागत रैथाले बालिहरू मकै, गहुँ, धान खेतीमा आश्रित छौँ । गाउँघरमा बसाइसराइको कारण वन्यजन्तुले निकै पिरोलीरहेका छन् । त्यहाँ बदेल, दुम्सी, बादँरजस्ता जनावरहरूले हाम्रो बालिनाली नष्ट गरिरहेका छन् । यदी सरकारले किसानहरूलाई बुझाउने हो भने हामीले जडिबुटीको खेती गरेर राम्रो आम्दानी गर्न सक्छौँ । सुगन्धित जडिबुटीलाई जनावरहरूले छुदैनन् ।

कर्णाली प्रदेशको राजधानी भएको हिसाबले सुर्खेतमै यस्तो खालको कुनै अनुसन्धान केन्द्र पनि छैन । जडिबुटीसम्बन्धी अध्ययन गर्नको लागि हाम्रो नेपालमा विश्वविद्यालय पनि छैन । र यो जडिबुटीको खोज गर्नको लागि जडिबुटीको बारेमा जानकारी हासिल गर्नको लागि निकै गाह्रो छ । त्यो मैले भोगेको छु । जडिबुटीको लागि अध्ययन गर्दा मैले थुप्रै हण्डरहरू खाएको छु । त्यो हाम्रा नयाँ पिढीलाई नहोस् । किनभने कर्णाली भनेको जडिबुटी, कृषि, खोलानालाबाट निस्किने हाइड्रोपावर र त्यस्तै गरेर पर्यटन मात्र यसको आम्दानीको स्रोत हो जस्तो लाग्छ । किनभने मैले अध्ययन गरेको छु । लगभग ४७ प्रतिशत भन्दा बढी भूभाग चार हजार मिटरभन्दा माथिको हाइटमा रहेको छ कर्णाली । त्यसैले परम्परागत खेतीमा मात्र निर्भर भयो भने हामीलाई गाह्रो छ । सबै ठाउँमा सरकारले सिँचाइ पनि पु¥याउन सक्ने अवस्था छैन । यो जडिबुटीहरूलाई त्यति धेरै सिँचाइ पनि चाहिँदैन । जंगली जनावरहरूले पनि त्यति असर नगर्ने भएकोले हाम्रा किसानहरूलाई हाम्रो सरकारका वन, कृषी मन्त्रालयले जडिबुटीतिर पनि आकर्षित गर्नुपर्ने देखिन्छ । र सरकारले गुणस्तरीय ल्याव पनि बनाउनुपर्छ । जसले गर्दा अहिले बोरामा बाँडिरहेको जडिबुटीलाई प्याकेजिङ गरेर हामीले मूल्यवान् रूपमा बाहिर निर्यात गर्न सक्छौँ । त्यसले हाम्रो कर्णालीको मुहार फेरिन सक्छ । हामी सबै किसानहरूको आयस्तर बढ्न सक्छ । हामी धनी बन्न सक्छौँ ।

पूर्वका किसानहरू चिया, कफी, अलैचि बेचेर एकदम धनी बनेका छन् । हामी एकदमै गरिब छौँ । र हामीले यो कर्णाली उत्सवमार्फत् पनि यस्ता खालका अभियान चलाउन पर्छ । हामीसँग अर्गानिक रैथाले बालिहरू पनि प्रशस्त छन् । हामीसँग ६/७ प्रजातिका कोदोहरू छन् । कागुनो, चिनो, मार्सी, लट्टे देख्न सकिन्छ । त्यसको बाहिरी बजार राम्रो छ । त्यसलाई हामीले सदुपयोग गर्न सक्नपर्छ । त्यसैले कर्णाली प्रदेशले यसतर्फ ध्यान दिन पर्छ । राज्य केन्द्रित हुनपर्छ । र कर्णाली उत्सव पनि यसमा अझै केन्द्रित होस् भन्ने मैले अपेक्षा गरेको छु ।

(कर्णाली उत्सवको ‘पैकेलो’ का रूपमा विष्टले आफ्नो जीवन कथा सुनाएका हुन्)

प्रकाशित मितिः   १२ फाल्गुन २०८०, शनिबार ०५:०४