रारा यात्राका सम्झनाहरू

जीवन यात्रा हो । यो यात्राका क्रममा हरेक ठाँउ, परिवेशका बारेमा अध्ययन–अनुसन्धान र त्यसमा प्रकृतिले दिएका अनेकन सौन्दर्यको आनन्दानुभूति र अनुभवहरू बटुल्न पर्दछ । हुन त म सानैदेखि नयाँ–नयाँ ठाँउको भ्रमण गर्ने, त्यहाँको बारेमा जान्ने इच्छुक व्यक्ति हुँ नै त्यसमा पनि आफ्नै प्रदेशभित्रका हिमाली जिल्लाहरू जो विगतदेखि नै अत्यन्तै पिछडिएका थिए र अझै पनि विकास र समृद्धिको दृष्टिमा अँध्यारो युग चलिरहेको छ तर प्राकृतिक सौन्दर्यता र सम्पत्तिको दृष्टिले अब्बल यो ठाँउको भ्रमण गरी वास्तविकता जान्ने धोको मनमा थियो ।

कर्णाली रोग, भोग, शोक र अभावको केन्द्र होइन यो प्राकृतिक सम्पदा, सौन्दर्यताले भरीपूर्ण अपार सम्भावना बोकेको क्षेत्र हो, मात्रै यसलाई नचिनेर हामी कर्णालीवासी विना खोज्दै भौतारिएको कस्तुरी भएका हाँै । जुम्लाबाट निर्वाचित भएर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालीसकेका पूर्व मन्त्री नरेश भण्डारीले सिँगो कर्णालीलाई चाँदीको घेरा उपमा दिँदै कर्णालीको वास्तविकता बोलेको पुस्तक पढ्दा पनि कर्णाली घुम्ने भिष्म इच्छाले नकुत्कुत्याएको होइन ।

 

यसैगरी हाम्रो नेपाली भाषाको उत्पति स्थल, हाम्रा पुर्खाले शासन गरेको राजधानी, सिँजा, जुम्लाको तातोपनी, चन्दननाथ, भैरवनाथजस्ता धार्मिक एवम् पर्यटकीय स्थलहरूले तनमनलाई तानिरहेको थियो तर साइत जुर्न सकेको थिएन । नेपाल सरकारले देशका विभिन्न पर्यटकीय स्थलहरूलाई प्रचारप्रसार गर्ने र पर्यटकीय क्षेत्रबाट कूल ग्रार्हस्थ उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशको नयाँ गन्तव्य स्थल मुगुको रारा ताललाई तोकेको थियो । कर्णाली प्रदेश सरकारले पनि नेपालको सबैभन्दा ठूलो ताल रारालाई स्वर्गकी अप्सराको उपमा दिएर २०७५ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा रारा महोत्सवको उद्घाटन गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसारलाई घनिभूत पारेको थियो ।

प्रायः व्यस्त भइरहने हामी सरकारी कर्र्मचारीहरूलाई लामो भ्रमणमा निस्कन कि त वर्षे बिदा कि त हिउँदे विदा कुर्नुपथ्र्यो । यो वर्ष भाइ खलकमा परेको दुखका कारण दसैँ थिएन । दसैँ नभएका कारण रमाइलो हुने कुरा पनि भएन । दसैँ–तिहारको बीचमा हिउँदे बिदा मिलानका कारण लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्ने उद्देश्यका साथ माथिल्लो कर्णालीका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरूको भ्रमण गर्ने इच्छा मनमा जाग्यो । त्यही इच्छा उद्योग वाणिज्य संघ भेरी शाखा सिम्ताका उपाध्यक्ष रेशम हमालसँग राखेँ । उहाँको सकरात्मक प्रतिक्रिया आयो । त्यसपछि उहाँलाई नै सम्पूर्ण भ्रमण व्यवस्थापनको जिम्मा दिएँ । उहाँकै पहलमा करिब १४ जनाको भ्रमण समूह निर्माण गरियो । गाडीको व्यवस्थापन गरियो । यात्राका लागि चाहिने बन्दोबस्तका सामग्रीहरूको जोहो गरियो ।

हाम्रो भ्रमण दलमा विभिन्न पेसा र क्षेत्रमा आबद्ध सदस्यहरू सहभागी हुनुहुन्थ्यो । प्रायजसो व्यापारी, केही जनप्रतिनिधि र नेता भने म एक्लो कर्मचारी । कोही सादा त कोही रङ्गीन तर यात्राको अवधिभर हामी सबै ‘होस्टेमा हैसे’ गर्दै, सँगै नाँथ्यौँ, गाउँथ्यौँ, हाँसो ठट्टामा व्यस्त हुन्थ्यौँ ।

हाम्रो औपचारिक यात्रा २०८० कार्तिक ११ गते बेलुका ५ बजे कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सुरु भयो । करिब एक घण्टाको यात्रापश्चात् हामी दैलेखको गँुरासे पुग्यौँ । त्यहाँ पुग्दासम्म झिसमिसे अँध्यारो हुन थालिसकेको थियो । प्रायः गुराँसे लालीगुराँसको राजधानी हो । वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँस, हिउँदमा हिउँले सेताम्मे बनाएर छोपिएको दृष्य हेर्न र मौसमको आनन्दानुभूति महशुस गर्न वीरेन्द्रनगर तथा विभिन्न ठाँउबाट मानिसहरू आउने गर्दछन् । बजारको माथि बनेको भ्यु टावर र अनेकन कलाकृतिले मानिसहरूलाई झनै आर्कषित गर्दछ । यिनै आर्कषणलाई कैद गर्न म पनि धेरैपटक साथीहरू र परिवारसँग गुराँसे गैइसकेको थिएँ । त्यहाँको आर्कषणका बारेमा साथीहरूलाई बेली विस्तार लगाएँ ।

केही समयको यात्रापश्चात् हामी माथिल्लो डुङ्गेश्वर पुग्यौँ । रातीको अध्यारोको कारण तल्लो डुङ्गेश्वर छुट्टीने बाटो बिराउँदा त्यहाँ पुगियो । पुनः फिर्ता भएर तल्लो डुङ्गेश्वरको यात्रामा हिड्यौँ ।

रात झमक्क परेकाले लगातार यात्रा बढीरहेको थियो । साथीहरू आ–आफ्नै गफमा व्यस्त भइइरहेका थिए । म भने वारीपारी डाँडाका चम्किरहेका बत्तिहरू अवलोकन गर्दै थिएँ । रातको करिब ९ बजेतिर हामी दैलेखको पाल्तडा बजारमा आइपुग्यौँ । प्रहरी चेकपोष्टमा हाम्रो गाडी रोकियो । राजमार्ग अत्यन्तै अप्ठेरो भएकाले धेरै दुर्घटना हुने हुदाँ रातमा यात्रा गर्न दिइदो रहेनछ । राकममा खानपिनको अर्डर भइसकेकोले त्यहाँसम्म मात्रै जान दिन अनुरोध गरेपछि हाम्रो गाडी जान दिइयो । झमक्कै अध्याँरो भएपनि नजिकैको विद्यालय बत्तीको प्रकाशले मधुरो मधुरो सडकबाटै देख्न सकिन्थ्यो । जसले दस वर्ष अगाडि विद्यार्थी राजनीति गर्दा एक कार्यक्रममा सहभागी भएको स्मरण गरायो ।

नेपाल सरकारले वि.सं.२०६५ सालमा नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न भारतीय कम्पनी जीएमआरसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । २०७१ सालमा लगानी बार्ड र जीएमआरबीच पिडिए भयो । भुबनोटका दृष्टिले नेपालमा सबैभन्दा कम लागत लाग्ने कर्णाली नदि भारतलाई बुझाएकोमा स्थानीय जनताको विरोधको एउटा कार्यक्रममा धर्मेन्द्र बास्तोला, चक्रपाणी शर्मा, हिमाल, भीष्म शाहीलगायत हामी त्यो कार्यक्रममा ऐक्यबद्धता जनाउन त्यहाँ पुगेका थियाँै । लगानी बोर्डले पिडिए गर्दा जीएमआरलाई वित्तीय व्ययस्थापन गर्न दुई वर्षको म्याद दिएको थियो । तर हालसम्म पनि सो कम्पनीले लगानी जुटाउन नसक्दा कामै सुरु हुन सकेको छैन । सम्झौता बमोजिमको म्याद सकिँदा पनि नेपाल सरकारले धेरै पटक म्याद थप्दै आएको छ तर बन्ने टुँगो छैन । मनमनै सम्झिएँ, भारतीय विस्तारवादको नेपाली साधन स्रोतमाथिको कब्जा । अनि उसैका पिछलग्गु र लम्पसारवादी नेतृत्वहरूलाई धिक्कार गर्दै महाकाली, गण्डक, कोशी लगायतका सम्झौताहरू पनि स्मरण गरेँ ।

आठबीस नगरपालिकाको राकम पुग्न करिब तीन किलोमिटर मात्र बाँकी रहँदा गाडिको टायर पन्चर भयो । मध्यराती कहिँकतै नचिनेको ठाउँ, नजिकै कतै ग्यारेज पनि थिएन । अब विकल्प एउटै रह्यो मार्चसास । गाडी यथास्थानमा साइड लगाएर हामी करिब एकघण्टा सडकै सडक हिँडेर राकम पुग्दा रातीको १२ बजिसकेको थियो । तल्लो डुङ्गेश्वरबाट हिँड्दै गर्दा राकमका स्थानीय व्यापारी ललित सिँजापतीलाई कुनै होटलमा गाँसबाँसको व्यवस्था गरिदिन अनुरोध गरेका थियाँै । हामी त्यहाँ पुग्दासम्म उहाँ त्यही कुरिरहनु भएको थियो । निद्रा र थकानका कारण खाना खान बित्तिकै भुसुक्कै निदाएछु । विहान ६ बजे मात्रै निद्रादेवीको काखबाट ब्युँझिए ।

विहानको चिया–नास्ता खायाँै, बजार वरपर, कर्णालीको फाँटहरूको फोटोहरू खिच्याँै । त्यतिन्जेलसम्म गाडि बनेर आयो । अत्यन्तै आत्मिय र सहयोगी मनका धनी ललित सिँजापतीसँग फर्कदा भेट्ने बाँचासहित यात्रा अगाडि बढायाँै ।

बिहानको चिसो वातावरण, शीतले निथ्रक्क परेका रुख विरुवाका पात, कर्णाली नदिको तिरैतिर गाडी हुइकिरहेको थियो । कर्णाली पारी अछामका अग्ला लेकहरूमा सूर्यको प्रकाशले भर्खर खुट्टा टेकेको थियो । हामी भने राजनीतिक तथा पेशागत गफ लगाउँदै ठट्टा गरिरहेका थियाँै ।

खिड्कीज्यूँला काटेपछि सडक अलि साँघुरो हुँदै गएको रहेछ । ठुला चट्टान र पाखाहरू खोपेर सडक छेडिएको प्रष्ट देखिन्थ्यो । लाग्यो वास्तवमा हाम्रो भौगोलिक विकटता नै विकासको बाधक हो । पटुका जत्रो बाटो, गाडी क्रस गर्ने ठाउँ छैन, माथि पहाड हेर्दा शिरको टोपी खस्ने जस्तो । तल सिधै कर्णालीको निलो पानी । अलिकति गाडी ढल्कने वित्तिकै डरले खिस्रिक्क हुन्थ्यो मन । आँखा चिम्लेर सिटमा घोप्टो पर्थें । जितेगडा नजिकै पुग्दा चालक भाइले भने, ‘कर्णाली राजमार्गकै अप्ठेरो बाटो हो । धरैजसो दुर्घटना हुने ठाँउ यही हो ।’ झन मनमा डरको भारी थपियो । यस्तै डर–भय पाल्दै तल कर्णालीको सुसेलीसँगै हुल्म बजार पुगियो । एकैछिन गाडी रोकेर कर्णाली र तिलाको संगमस्थलको सुन्दर दृश्यावलोकन गरियो । आकाश छोइने पहाडहरूको तस्विर खिचियो ।

तिला पार गरिसकेपछि करिब एक घण्टाको ठाडो उकालो चढेर कालिकोटको सदरमुकाम मान्मा पुग्यौँ । कालीकोटको भुगोल असाध्यै विकट, ठूलाठूला चट्टान र पहाडले बनेको रहेछ । सदरमुकाम पनि त्यस्तै भिरालो डाँडोमा अवस्थित रहेछ । भित्ता छेडेर अग्ला अग्ला घरहरू निर्माण भएका रहेछन् । मान्मा बजारमा दिउँसोको भोजन गरेपछि हाम्रो यात्रा अगाडि बढ्यो ।

दक्षिणतिर महाबुका अग्ला डाँडा, त्यसको तलतिर तिला नदिका सेताम्य भुल्काहरू नाचिँरहेका देख्न सकिन्थ्यो । हाम्रो यात्रा रफ्तारमा थियो । बाटो साँघुरो र डरलाग्दा, भिरपाखा भएपनि बाटो कालोपत्रे थियो । सडकका छेउछाउमा कहिले कसो साना दोकानहरू देख्न सकिन्थ्यो । केही घण्टाको यात्रापश्चात् पिलि बजार आइपुगियो ।

सानो बजार जस्तो देखिने यो ठाँउ ऐतिहासिक र सम्झनालायक थियो । मैले सोधिहालँ, ‘पिलि ब्यारेक कता छ ?’ हाम्रो साथीहरूमध्ये एकजनाले गाडीभित्रैबाट माथि डाँडाको टुप्पोमा रहेको छ भनेर जवाफ दिनुभयो । दशबर्से जनयुद्धको क्रममा माओवादी र शाही सेनाबीचको भीषण लडाई मानसपटलमा नाँच्यो । कतिको ज्यान गयो, अङ्गभङ्ग, घाइते, क्षतविक्षत कति भयो भयो । त्यो कहाली लाग्दो युद्धमा शहादत भएकाहरूका सन्तानकाबारे, घाइते अपाङ्गहरूको बारेमा सम्झना आयो । उनीहरूको योगदान सम्झिएँ, अनि सम्झिएँ तिनै युद्धबाट बचेर आएकाहरू । विभिन्न तहका सरकारमा आलिसान भएका पूर्वयोद्धाहरूको जीवनशैली । तीनैसँग लडेका साथीहरू कोही मरेका र कोही बाँचेर सत्ताको कुर्सीमा गजधम्म भएकाहरूको तुलना गर्दागर्दै झिसमिसे अध्यारो भैसकेछ ।

साँझको करिब सात बजिसकेको थियो, हामी नाग्म बजार पुग्यौँ । केही साथीहरू भोलि समयमै रारा पुगिन्छ भन्दै थिए । तर गाडिमा आएको समस्या र रातीको समय भएकाले बिचमा धोका पाइन्छ कि भन्ने भयका कारण नाग्म बजार काटिसकेका हामीले पुनः गाडी फिर्ता गरि नाग्मा बजारमै बाँस बस्ने योजना बनायाँै । बजारका प्राय सबै होटलहरू प्याक रहेछन् । सोध्दै खोज्दै जाँदा डाँफे होटलमा कोठा पाइने भयो । संयोगले त्यो होटेल हाम्रा शिक्षक मित्र हरिलाल महताराको नातेदारको रहेछ । उहाँसग पनि भेट भयो । केही भलाकुसारी गरियो । फटाफट खाना खाएर बिहान चारबजे नै यात्रा अगाडि बढाउने निर्णय गरि हामी निद्रादेवीको काखमा पल्टियाँै ।

निसम्म कालो अध्याँरोमै हाम्रो यात्रा अगाडि बढ्छ । बिहानको मुटु कलेजा चिस्याउने चिसो, समुद्र सतहबाट उचाई बढ्दै थियो, झनझन चिसोले ठिहिर्याउन थाल्यो । तलतिर खोला सुसाउँथ्यो, अध्याँरो रात वारीपारी ठम्याउनै सकिने थिएन । हिमा गाउपालिका आधा काटिसकेपछि करिब ६ बज्न लाग्दा वातावरण ठम्याउन सकिने भइयो । तल हिमा नदिले समथर फाँटहरूलाई दुईभागमा विभाजन गरेर बगेको रहेछ । सुन्दर र कति राम्रा मिलेका खेतका गह्राहरू ।

झिसमिसेको त्यो कठ्याङ्ग्रिदो चिसोमै महिलाहरू मलका डोकाहरू बोकेर खेतमा लस्करै लागेका देख्न सकिन्थ्यो । सायद धान भित्र्याएर गहँु छर्ने बेला होला अनुमान गरेँ । मैले हाम्रो सिम्ता खोलासँग तुलना गरँे तर फरक यत्ति थियो, हिमा नदिमा पानीको वहाब ठुलो, आलीहरूमा ढुङ्गाहरू देखिदैन थिए र मौषम चिसो थियो । सडकका तल–माथि फाट्टफुट्ट स्याउका बोटहरू देखिन्थे, फल र पात बिनाका । सोचेँ स्याउको सिजन सकिएछ । बोटमै लटसम्म पाकेका स्याउसँग फोटा खिच्ने रहर रहरमै सिमित भयो ।

यस्तै रहर र कौतुहलता मनभरी पाल्दै बिहान सात बजे कनकासुन्दरी गाउँपालिकाको गोठीज्युला बजार पुग्छौँ । चिसोले सताएको कारण केही समय गाडी रोकेर हातमुखसँगै पेट तातो ग¥याँै । त्यतिञ्जेल सूर्यले पृथ्वीमा पाइला टेकीसकेको थियो । बिहानको लाली किरणको साथ सिँजा उपत्यका दृश्यावलोकन गर्दै अगाडि बढ्यौँ । खासमा सिँजा उपत्यका नेपाली भाषाको उद्गमस्थल हो । यही ठाउँबाट उत्पति भएको भाषा आज नेपालको राष्ट्रिय भाषाको रूपमा मान्यता पाएको छ । नेपालमा बाइसे–चौबिसे राज्य निर्माण अगाडिदेखि नै पश्चिम नेपालमा विराट खस साम्राज्य थियो । यही खस साम्राज्यको शीतकालिन शासनकेन्द्र सिँजा उपत्यकामा रहेको थियो । यो राज्य यति शक्तिशाली थियो कि आदित्य मल्लको शासनकालमा दुई–दुई पटक काठमाडाँै उपत्यकामा आक्रमण गरि विजय प्राप्त गरेको थियो भन्ने तथ्य इतिहासमा भेटिन्छ । सिँजा राज्यमा लामो समय शासन गर्ने राजाको रूपमा नागराज मल्ल मानिन्छन् । यो साम्राज्य १६ आँै शताब्दीसम्म रहेको थियो । सिँजा राज्य सञ्चालनको लागि विराट लेकमा विराट दरबार र पाण्डव गुफा रहेका थिए । त्यही पाण्डव गुफामा पाण्डवहरू एकवर्ष गुप्तवास बसेका थिए । त्यही समयमा द्रौपदीमाथि विराट दरबारका सेनापतिले आँखा लगाउँदा भीमसेनले किचेर मारेकाले अहिले पनि त्यो स्थानलाई किच्ने नामले पुकारिन्छ भन्ने कुरा साहित्यकार पृथ्वीबहादुर सिंहको ‘समृद्धिको लहरी कर्णाली’ भन्ने नियात्रा संग्रहमा अध्ययन गरेको कुरा सम्झना आयो ।

सिँजा उपत्यका साच्चिकै मनोरम र सुन्दर रहेछ । पहिले–पहिले गाउँघरतिर कपडा, हिमाली जडिबुटी, तेल, सिलाजित लगायतका थुप्रै वस्तुहरू व्यापार गर्न आउने जुम्लीहरू घर सोध्दा सिँजा भन्ने गर्थे । थाहा भएन, साँच्चै सिँजाकै हुन् वा ठाउँ राम्रो भएर अन्तकाले पनि सिँजा भन्देका हुन् । यस्तै कुराहरू मनमा खेलाउँदै गर्दा एक्कासी गाडी रोकियो । अगाडि आँखा तेस्र्याए श्रीदल गुल्मको सुरक्षा पोष्ट रहेछ । सोँचे सायद जुम्ला जिल्ला पनि क्रस गरियो ।

गाडी इन्ट्री गराएर पाँचसय मिटर जत्ति अगाडि बढ्याँै । एउटा अचम्मैको मनोरम दृश्य देखियो । माथि अग्लो डाँडा, वरीपरी घना जङ्गल, बीचमा खुला चौर, यस्तो ठाउँलाई पाटनभन्दा रहेछन् । वर्षायाममा भेडा, बाख्रा, घोडा चराउने ठाउँ । केही घोडाहरू देखिन्थे । एकैछिन गाडी रोक्ने सल्लाह भयो । त्यो बुच्चीलेक नजिकैको पाटनमा । सबैले सामुहिक तथा व्यक्तिगत फोटोहरू खिच्यौँ । भिडियो बनायौँ । केही समय नाच्याँै, रमायौँ ।

पाटन असाध्यै रमाइलो र मनोरम थियो । सोचेँ, प्रकृतिले पनि क्या सुन्दरताको सिर्जना गर्न जानेको । वरीपरी मझौला खालका रुखहरूको घना जङ्गल । सलक्क परेका फेद, टुप्पोतिर चुच्चो परेर त्रिभुज जस्तो बनेका सल्ला, देवदार, लौठ, गोब्रे, धुपि आदि । हाम्रोतिर पाइने सल्लाको भन्दा फरक बनोट । सामान्य ज्ञान र कक्षा नौ को सामाजिक किताबमा नेपालको धरातलीय बनोटको आधारमा हावापानी र वनस्पतिको वर्गीकरण अध्ययन गर्दाको स्मरण भयो । समुन्द्र सतहको २१०० देखि ३३०० मिटरको उचाइमा कोणधारी जङ्गल पाइन्छ । हिउँदमा हिँउ पर्ने भएकाले हिँउ काट्नको लागि टुप्पो त्रिभुज झै तिखो हुन्छ ।

केही समयको रमाइलोपछि हामी गाडी चढ्छाँै । गाडिमा चढ्दै गर्दा रेशम हमालले भन्नुभयो ‘भीम भाइ, सावधानीपूर्वक गाडीको स्पिड अलि बढाउनु प¥र्या, हाम्रो यात्रा अलि ढिला भयो ।’ ड्राइभरले ठट्टा गर्दै जवाफ फर्काए ‘दाई गाडीको कारणले खासै यात्रा ढिलो भएको होइन, घण्टा घण्टामा तपाईहरू रोक, पिसाब लाग्यो भन्नुहुन्छ । एकदिनमा पिसाब गर्न रोकेको मात्रै जोड्ने हो भने चारघण्टा ढिला भएको छ ।’ गाडीभर गललल हासोले गुन्जायमान हुन्छ । मैले त्यसैमा थपिदिएँ ‘तपाईहरूको टीमले अलि पेट्रोल कम हाल्न प¥यो, धेरै हाल्यो भने पिसाब बढी लाग्दो रहेछ ।’

हामीसँग केही साथीहरू मदिरा सेवन गर्ने हुनुहुन्थ्यो । त्योमध्येका वीरेन्द्र रावतले भन्नुभयो ‘यस्तो चिसोमा पेट्रोल नहाले त हाम्रो इन्जिनले कहाँ काम गर्ला र सर ।’ हाँस्दै–रमाउँदै हामी सात मोड काटेर बस्ती नजिक पुगिसकेका थियाँै ।

यात्रामा सहभागी हामी सबैको राराको यात्रा पहिलो नै थियो । तसर्थ राराताल कता पर्छ होला अड्कल काट्न थाल्यौँ । साना ठूला गाडी, मोटर बाइकहरू रारा घुमेर फर्किरहेका थिए । ती मध्ये एउटा स्कारपियोलाई रोकेर सोध्यौँ, उनले बाटो देखाउँदै आधा घण्टामा पुग्नुहुन्छ भनेर बताइदिए । आधा घण्टामै हामी हुटु÷सल्लेरी बजार पुग्याँै । गाडी, बाइक, घोडा यात्रीहरूको प्रतिक्षामा थिए । दिउँसोको खाना खाएर हामी सल्लेरी चौरसम्म गाडीमा र त्यसपछि हिँडेर राराको काखमा पुग्छाँै ।

प्रायः पर्यटकहरू घोडामा चढेर रारासम्म पुग्दा रहेछन्, घोडामा चढेका मानिसहरूको लस्कर देखिन्थ्यो । एउटा सम्झना आयो मुगुको परम्परागत प्रथा घोडाभेडा प्रथा । समाजमा कुनै झैझगडा वा विवाद भयो भने गाँउका मूख्य मान्छे अर्थात् ठालुलाई बोलाएर विवाद समाधान गर्न लगाउने । समाधानपछि ठालुलाई भेडा काटेर खुवाउने र घोडा चढाएर घरसम्म पु¥याइदिने प्रथा हो घोडाभेडा प्रथा ।

दिउँसो करिब दुई बजेतिर हामी राराको काखमा अवतरण भयाँै । शिरिरि बतास चलिरहेको थियो । उतरदेखि दक्षिणतर्फ पानीका छालहरू हामीलाई स्वागत गर्न उफ्रदै थिए । साच्चिकै मानिसले चाहेको झै स्वर्गानुभूति भयो । चिसो ठिहिर्याउने पानीमा पनि नुहाइयो । धित मरुन्जेल फोटो खिच्यौँ । भिडियो बनायौँ । आ–आफ्ना अनुभूति साट्यौँ ।

हामीसँग समयको अभाव थियो । ढिलो आएकाले बोटिङ गर्न पाइएन । दिउँसो १२ बजेपछि हावा चल्ने भएकाले ढुङ्गा चलाइँदो रहेनछ । त्यो रात यतै बस्ने योजना बन्यो तर पर्यटक आवागमनको मुख्य सिजन भएकाले होटलहरू प्याक रहेछन्, बास नपाइने भयो । गमगडी बस्न जाने योजना बन्यो । स्वर्गकी अप्सरासँग एक रात पनि बिताउन नपाउने भएपछि बेलुका अबेरसम्म त्यही आसपासमा रमाइलो ग¥यौँ ।

यो ताललाई वि.सं. २०२० साल चैत्र १३ गते राजा महेन्द्रले महेन्द्रताल भनेर घोषणा गरे । गाईको खुर वा कचौरा आकारको यो तालमा विश्वको सबैभन्दा अग्लो स्थानमा पाइने जलकपुर असला माछामात्र पाइन्छ । तालको निकास पश्चिमतर्फ खत्याड खोला हो, जुन कर्णाली नदिमा मिसिन्छ । सोही खोलाबाट तीन किलोवाटको बिद्युत निकालिएको छ । राराको पूर्वतर्फ छाँयानाथ देवीको मन्दिर छ । पानीको निकास नहुँदा ताल फुटेर गमगढी तिरको बस्ती नास हुने सम्भावना थियो । सो क्षति रोक्न छाँयानाथले पश्चिमतर्फ बाण प्रहार गर्दा खत्याड खोला बनेर पानी निकास भएको एक स्थानीयले बताए ।

रारातालको कूल क्षेत्रफल १० दशमलव ६३ वर्ग किलोमिटर रहेको छ । अधिकतम लम्बाई पाँच दशमलव दुई किलोमिटर छ भने चौडाई दुई दशमलव सात किलोमिटर र गहिराई १६७ दशमलव ९३ मि रहेको कुरा जल तथा मौषम विज्ञान विभागको सर्वेक्षण २०७९ ले तयार गरेको होडिङ बोर्डमा उल्लेख गरिएको छ । तालमा चाँदीका घेराजस्तो हिमालका प्रतिबिम्बहरू देख्न सकिन्छ । वि.सं.२०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्जले (१०६ वर्ग कि मि) घेरिएको यो तालको वरिपरि विश्वकै सबैभन्दा सानो लालीगुँरास पाइन्छ । स्वर्गकी अप्सरा उपमाले चिनिने रारा तालको काखमा लडिबुडी गर्दागर्दै समय गएको पत्तै भएन । बेलुका ५ बजेतिर भारी मनका साथ विदाईका हातहरू हल्लाउदै गमगढीतर्फ मोडियाँै ।

कार्तिक १३ गते बिहानै हामी गमगडीबाट जुम्लाको यात्रामा लम्कियाँै । गमगढीबाट ताल्चा विमानस्थलसम्मको सडक असाध्यै खराब थियो । कच्ची साँघुरा मोडहरू । सदरमुकाम जस्तो ठाँउको बाटो पनि के यस्तो होला । सोचँे केन्द्रिकृत राज्य प्रणालीमा त कर्णाली उपेक्षित नै थियो । गणतन्त्र आएर देश संघीयतामा गएको झण्डै एक दशक बितिसक्दा पनि जिल्ला सदरमुकामको सडक गतिलो बन्न नसकनु कसको कमजोरी होला ? कर्णाली प्रदेश सरकारका भौतिक विकास तथा पुर्वाधार मन्त्री मंगल शाही यहीका बासिल्दा हुन क्यारे । मन्त्रीकै जिल्ला सदरमुकामको बाटोको यो हालत देख्दा अन्य ग्रामीण इलाकाहरूको बारे सम्झिनै मन लागेन ।

एक्कासी ताल्चा विमानस्थल नजिक तेल भर्न रोकेको गाडीको ब्याट्री पड्केर मर्मत गर्न साढे दश बज्यो । सोही समयमा हामीले ताल्चा विमानस्थलको अवलोकन गर्छाैँ । विमानस्थलको गेट अगाडिको चिया पसलमा चिया नास्ता खायाँै । हामी भ्रमण हिँड्नु भन्दा केही दिन अगाडि मुगुमा एउटा कारुणिक घटना भएको थियो । सायद सोही घटनाको अध्ययनको लागि हाम्रो यात्रा सँगसँगै कर्णाली प्रदेश प्रहरी प्रमुख पनि मुगु आएका थिए । सो घटनाको बारेमा एकजना स्थानीयसँग जानकारी लिने प्रयास गरेँ । घटना भएको गाउँ (मुन्दु) गमगढीबाट पुर्वतर्फ रहेछ । ताल्चाको डाँडाबाट प्रष्ट देखिन्थ्यो । एकजना शिशु, दुई जना बालकसहित आमाको सामुहिक हत्या भएको थियो । अनुसन्धानका क्रममा धनको लाभले आफन्तबाटै हत्या भएको तथ्य फेला परेको छ । कतिसम्म क्रुर हुनसक्छन् मान्छेहरू !

त्यतिञ्जेल गाडी पनि बन्यो, अनि हाम्रो यात्रा सिधै जुम्ला खलङ्गातर्फ अगाडि बढ्छ । लगातारको यात्रापछि हामी रातको नौ बजे मात्रै जुम्ला पुग्छौँ । कान्तिपुर होटलमा त्यो रात वित्यो ।

अर्काे दिने बिहानै निद्रादेवीले छोडिन्, म हातमुख धोएर मर्निङ वाकमा निस्किएँ । तिला नदिको किनारमा जुम्लाको टुँडिखेल हुदै बजारसम्मै हिँडेर फर्किएँ । होटेलको छतमा गएर वरिपरि नियालँे, पोखरा उपत्यकाको झल्को आयो । पोखरा उपत्यका भन्दा कम बनेको र सुन्दरता रहेनछ । सुन्दर भएकै कारण राजाले यसलाई कर्णाली अञ्चलको सदरमुकाम बनाएका हुन् क्यारे । उत्तरदेखि दक्षिणतर्फ उपत्यकाका सुन्दर खेतहरूको सिँचाइका लागि नागबेलीजस्तै बगेको तिला नदिले झनै सुन्दरता थपेको थियो । उत्तरतिर दन्त लहर खोलेझै हिमाल हाँसेको । दक्षिण पश्चिमतिर अग्ला सुन्दर डाँडा । पोखराको साराङ्कोट भन्दा कम थिएन । थियो त केवल पूर्वाधारको अभाव । ती डाँडाहरूमा केबलकार, प्याराग्लाइडिङ, वायुऊर्जा, भ्युटावर, पहँुचमार्ग आदि सञ्चालन गर्न सके जुम्ला पनि पर्यटकीय हबको रूपमा विकास हुनेमा दुबिधा छैन ।

बिहान ७ बजे सेतो हिमालमा सूर्यले लाली किरण पनि छायो । अरु सबै साथीहरू पनि तयार हुनुभयो । सबैजना चन्दननाथ र भैरवनाथको दर्शन गर्न हिँड्याँै । मन्दिरमा भक्तजनहरूको घुँइचो थियो । सुर्खेत, दैलेख आदि ठाउँबाट आएका चिरपरिचित साथीहरूसँग पनि भेटघाट भयो । समकालिन विद्यार्थी साथी झक्क शाही, सेलर्ड संस्था कि पूर्व संयोजक उमा भट्टराईसँग फोटा खिचेर आत्मियता नविकरण गरियो ।

यो मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिदोँ रहेछ । मन्दिरमा पुजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाई रहेछ । चन्दननाथ मन्दिरसँगै भैरवनाथको मन्दिर पनि रहेको छ । वि.सं. १४९८ देखि घटस्थापनाको दिन दुबै मन्दिरमा ५२ हातको लिँगो फेर्ने चलन छ । करिब दशाँै शताब्दीतिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याण वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । चन्दननाथले स्थापना गरेको मन्दिर भएकाले यस मन्दिरको नाम चन्दननाथ रहन गयो । चन्दननाथले यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेका थिए । तीनै चन्दननाथले कस्मिरबाट मार्सी धानको बिउ ल्याएका थिए । केही वर्ष अगाडि समाचार सुनेको थिएँ, चन्दननाथका मुर्तिहरू चोरेर बाटोमा भाग्दै गर्दा तस्करहरूलाई नेपाल प्रहरीले फायरिङ गर्दै मुर्ति बरामद गरेको । यही मन्दिरको प्राङ्गणबाट तिनै साहसिक प्रहरीलाई स्यालुट गरँे । मन्दिर नजिकै रहेको सहकारी पसलमा जुम्लाको अर्गानिक मार्सी, स्याउका चाना, घोडामर्चाे, जम्मु, चिया लगायत सामग्रीहरू किनमेल गरेर हामी अर्काे पवित्रस्थल तातोपानी तिर लाग्यौँ ।

बिहान ११ बजे हामी तातोपानी गाउँपालिकाको वडा न २ स्थित जर्मी गाउँ तिला नदिको किनारमा अवस्थित तातोपानी पुग्छौँ । सडकबाट तातोपानीसम्म जाने बाटो अलि व्यवस्थित थिएन । प्रवेशद्वारमा प्रतिव्यक्ति ३० रूपैयाँको टिकट रहेछ । माथि दुई र तल दुईवटा धारा, बाँया साइडमा सानो पोखरी निर्माण गरिएको रहेछ । व्यवस्थित नभएपनि महिला पुरुषको लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरिएको छ । हामी पहिले पोखरीमा पस्याँै । पानी असाध्यै तातो थियो । सुरुमा पस्दा पोल्यो । पछि विस्तारै शरीर समायोजन हुँदै गयो । बाहिर आउँदा चिसो तर पानीमा बसीरहँदा न्यानो हुन्थ्यो । अन्य विभिन्न ठाउँबाट आएका मानिसहरूको पनि घुँइचो थियो ।

माथि ठूलो पहाड छ । कसरी यहाँनेर मात्रै तातोपानी निस्केको होला । पानीको गन्ध र स्वाद पनि अलि फरक थियो । सायद जमिनमूनि कुनै न कुनै खनिज पदार्थ वा ज्वलनशील पदार्थले तताएको पानी निस्केको होला । त्यहाँका मानिसको धारणा अनुसार यो पानीले नुहाउँदा हाडजोर्नी दुख्ने, चिलाउने रोग, छाला रोग सञ्चो हुन्छ भन्ने विश्वास पनि रहेछ । मैले पनि सोचे हिमालका जडिबुटी, खनिज पदार्थ आदिबाट निस्केको तरल पदार्थ सहितको पानीले ती रोगहरू निको पार्छ होला सायद ।

त्यहाँबाट तिलाको तिरैतिर हामी तिला र हिमा नदिको किनारमा अवस्थित नाग्मा बजार पुग्यौँ । त्यहाँबाट फेरि तिला नदिकै किनारै किनार हुँदै कालीकोटका गगन चुम्ने पहाडहरू छिचाल्दै मान्मा पुग्यौँ । केही साथीहरूको मान्मामै बस्ने विचार हुँदाहुदै राकमसम्म पुग्ने बहुमतको निर्णयको कदर गर्दै सिद्धार्थ होटल राकम कर्णालीमा बाँस बस्न पुग्यौँ ।

भोलीपल्ट बिहान ८ बजे त्यहाँबाट हिँड्छौँ । यात्राको समीक्षा गर्दै, हाँसोठट्टामा रमाउँदै हामी दैलेखको तल्लो डुङ्गेश्वर पुग्यौँ । बिहानको खाना त्यही खायौँ । डुङ्गेश्वर खोला र कर्णालीको दोभानमा फोटो, भिडियो खिचेर रमाइलो ग¥यौँ । मैले भ्रमणका व्यवस्थापक रेशम हमालसँग समग्र भ्रमणको बारेमा छोटो समिक्षात्मक रिर्पाेट रेर्कडिङ गरेँ । अनि हामी पश्चिम सुर्खेतको बाटो भएर जाने निर्णयसहित अगाडि बढ्छौँ ।

डुङ्गेश्वरदेखि बड्डीचौर हुँदै वीरेन्द्रनगरसम्मको यात्रा मेरो पहिलो थिएन । मैले अरु साथीहरूलाई विभिन्न ठाउँहरू चिनाउँदै आएँ । तल निलो कर्णाली असाध्यै घुमाउरो तरिकाले बगिरहेको थियो भने सोही तरिकाले हाम्रो गाडी पनि सडकका घुम्ती मोडहरू काट्दै दौडिरहेको थियो । रामबहादुर अंकलले एउटा गीत पनि गाउन भ्याउनु भयो ।

कर्णाली घुमाउरो प¥यो, लौरी बगाउँदैन
बैरागी भएका मन डुली अघाउँदैन ।

केही समय गाडीभर हाँसो गुञ्जायमान भयो । उहाँलाई ठट्टामै कसैले सम्झाए, कसैले जिस्काए, उडाए । त्यत्तिकैमा कल्याणकाँध काट्दै बड्डीचौर तर्फ ओरालो लाग्छौँ । म सँगै बस्नुभएका रेशम हमालसँग विद्यार्थी जीवनमा जीएमआर कम्पनी र अपर कर्णाली परियोजनाको विरुद्ध गरेको संघर्ष र यो बाटोको इतिहास बताएँ । यस्तै बात मार्दै, हाँसो ठट्टा गर्दै घना जङ्गल र सयाँै घुम्तीहरू काट्दै हामी वीरेन्द्रनगर आइपुग्छौँ ।

आइपुगियो त्यो जटिल, कठिन र साहसिक यात्रा सकेर आफ्नै ठाउँमा । सायद वीरेन्द्रनगर नपुग्दै गाडीमै हाम्रो समग्र भ्रमणको समीक्षा भइसकेको थियो । यात्रा अत्यन्तै रमाइलो रह्यो । बिचमा केही समस्याहरू निम्तिए पनि बुद्धिमतापूर्ण ढङ्गले समाधान गरियो । यात्राकै क्रममा अत्यन्तै जरुरी काम परेकाले चौथो दिनमै वीरेन्द्र रावत बिचबाटै छुट्टिनु भयो । स्वर्गकी अप्सरासँग एकरात बिताउन पाइएन, बोटिङ गर्ने अवसर जुटेन लगायतका सिमितताहरू रहे । नयाँ र अत्यन्तै चिसो ठाउँ र बिचमा प्राविधिक समस्याले यात्रा लामो बनाए पनि बडो उपलब्धि मूलक रहेको सबैको साझा निष्कर्ष रह्यो । भ्रमण दलमा विभिन्न क्षेत्र, पेशा व्यवसायमा संलग्न सदस्यहरू भएपनि सबै वातावरण र परिस्थितिमा भिज्न सक्ने, सबै कुराहरू पचाएर रमाउन सक्ने भएको कारण यात्रा झनै रमाइलो भयो ।

भ्रमण खाली रमाइलोको लागि मात्र हुँदैन । माथिल्लो कर्णालीको भूबनोट, रहनसहन, भेषभुषा, कला सँस्कृति, पेशा व्यवसाय, परम्परा आदिको बारेमा समग्रतामा सिक्ने बुझ्ने अवसर प्राप्त भयो । यस्तै गरि पुनः नयाँ ठाउँ, नयाँ परिवेशको अर्काे भ्रमणको योजना बनाउला भन्दै म वीरेन्द्रनगरमै बस्नु पर्ने भएकाले ऐतिहासिक र महत्वपूर्ण भ्रमण सफल बनाउन सहयोग गर्ने उद्योग बाणिज्य संघ भेरी शाखा सिम्ता र सम्पूर्ण सदुस्यहरूलाई धन्यवाद ज्ञापन गरि साथीहरूलाई सिम्तातर्फ विदाई गरेर म आफ्नो कोठातिर लागेँ ।

यात्रा संस्मरण सुन्नका लागि :

प्रकाशित मितिः   ७ पुष २०८०, शनिबार ०५:०५