ढिलासुस्ती नगर
भूकम्पले निम्त्याएको विपत्तिले यतिबेला कर्णाली प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुमपश्चिम शोकमा छन् । यी जिल्लाहरूमा भौतिक क्षतिका साथसाथै ठूलो मानवीय क्षति भयो । एक जना ५३ जनाले भूकम्पमा परेर ज्यान गुमाए । ठूलो संख्यामा घाइते भएका छन् । धेरैले घर गुमाएका छन् । अहिले खुला आकाशमूनि बस्न बाध्य भएका छन् । एकातिर आफन्त गुमाएको पीडा, त्यसैमा ओतसमेत छैन । यस्तो विपत्तिमा परेका नागरिकका घाउमा तत्लका मल्हम लगाउन नसकेपनि आपतकालीन अवस्थामा राहतका लागि सरकारी तदारुकता जरुरी हुन्छ । घटना भएलगत्तै उद्धार भएपनि राहत वितरणमा हेलचक्य्राइँ र ढिलासुस्ती भएको पाइएको छ । यसले पीडितहरूलाई थप मर्माहत बनाएको छ । दैनिकी कष्टकर बनाएको छ ।
भूकम्प एक भौगर्भिक प्रक्रिया हो । प्राकृतिक प्रकोप । यसले ठूलो क्षति निम्तयाउने गरेको छ । तर विपद् कतिखेर, कसरी र कहाँ आउँछ थाहै हुँदैन । अनपेक्षित रूपमै आएको भूकम्पले कर्णालीका जिल्लाहरूलाई भग्न अवस्थामा पु¥याइदिएको छ । यो बेला विपद्मा परेकाहरूको उद्दार, बसोबासको व्यवस्थापन र राहतका लागि सबै जुट्नु जरुरी छ । प्रभावित नागरिकहरू त्रिपालमूखि बसेका छन् । जहाँ थुप्रै बालबालिकाहरू छन् । वृद्धवृद्धाहरू छन् । गर्भवति र सुत्केरी अवस्थाका महिलाहरू छन् । उनीहरूका लागि घरबाहिरको बसाई झन कष्टपूर्ण हुने गर्दछ । त्यसैले यस्तो अवस्थामा रहेका नागरिकलाई उचित बसोबाससहित खानपानको व्यवस्थापन अनिवार्य हुन्छ । यसमा राज्याका निकायहरूले अन्य सबै निकायहरूलाई साथमा लिएर काम गर्नुपर्ने हुन्छ ।
घटना भएसँगै विभिन्न संघसंस्था र व्यक्तिहरूले समेत राहतको घोषणा गरेका छन् । ति सहयोग समयमै प्रभावितहरूसम्म पु¥याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ । सहयोगका नाममा दुरूपयोग नहोस् भनेर एकद्धार प्रर्णालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । तर त्यसको सही व्यवस्थापन नहुँदा नागरिकले समयमै राहत पाउन नसकेको देखियो । त्यसैले राहत वितरणको प्रक्रियालाई व्यवस्थित बनाउनुका साथसाथै चुस्तदुरुस्त र तत्काल गर्न पनि ध्यान दिनुपर्दछ । पीडितसमक्ष छिटोभन्दा छिटो राहत पु¥याउन सरकारले तीव्रताका साथ काम गर्नुपर्ने देखिएको छ । भूकम्प गएको चार दिन भइसक्दा पनि नागरिकहरू खुला आकाशमूनि रात बिताउनुपर्ने अवस्था आउनु भनेको राज्यको संयन्त्र कमजोर हुनु हो । अत्यावश्यक राहत सामग्रीहरूको वितरणका साथसाथै स्वास्थ्य सेवाको उपलब्धतामा पनि ध्यान दिनुपर्दछ ।
प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १०:०२
सम्पादकीय ।