विश्वविद्यालयको रूपान्तरणमा पुस्तकालयको भूमिका

‘रूपान्तरण उत्तेजनाबाट होइन, चेतनाबाट सम्भव हुन्छ’ यो भनाइले रूपान्तरण चेतनाबाट सम्भव छ भन्दछ । अब सवाल उठ्छ, चेतना कसरी हासिल गर्ने ? चेतना हासिल गर्ने सबैभन्दा उत्तम सन्दर्भ सामग्री भनेका पुस्तक हुन् । जुन पुस्तकालयमा सुरक्षित राखिएका हुन्छन् । उक्त पुस्तकहरू कुनैपनि समय अध्ययन गरी हामी जानकारी वा ज्ञान हासिल गर्न सक्छौँ । विश्वविद्यालय एउटा यस्तो शैक्षिक धरोहर हो । जहाँ विभिन्न जात, धर्म, भाषा, कला, संस्कृति र परम्पराका मानिसहरू अध्ययन गर्न आएका हुन्छन् । अझ यस्तो पठनपाठन हुने ठाउँलाई विद्याको मन्दिर पनि भन्ने गरिन्छ ।

पुस्तकालयले विश्वविद्यालयमा बौद्धिक धरातल बढाउन र वैचारिक स्वतन्त्रताको प्रवद्र्धन गर्न महŒवपूर्ण भूमिका खेल्दछ । पुस्तकालयले विद्यार्थी विद्यार्थीबीच सूचना, चेतना र ज्ञानकोे आदानप्रदान गर्ने माध्यमको रूपमा काम गर्दछ । विद्यार्थीहरूको तर्कशक्ति बलियो हुन फराकिलो ज्ञानको आवश्यकता पर्दछ । उक्त ज्ञानको विकास तथा ग्रहणका लागि पुस्तकालय अनिवार्य सर्त हो ।

विद्धानहरू पुस्तकका सम्बन्धमा के भन्छन् भन्ने कुरा पनि उत्तिकै महŒवपूर्ण छ । पुस्तकको संकलन र प्रदान गर्ने सेवाका आधारमा सार्वजनिक, सामुदायिक, शैक्षिक, राष्ट्रिय तथा विशेष पुस्तकालय भनी वर्गिकरण गरेको पाइन्छ । जसमा राष्ट्रिय पुस्तकालय राष्ट्र गौरवका साहस, सामुदायिक/सार्वजनिक पुस्तकालय समाजको आत्मा, शैक्षिक पुस्तकालय शैक्षिक संस्थाको धड्कन र विशेष पुस्तकालय व्यावसायिक अनुसन्धानकर्ताका लागि रक्तसञ्चार बनेका छन् ।

विकसित देशहरूका विश्वविद्यालयहरूमा लाइब्रेरी सबैभन्दा पहिलो प्रथामिकतामा पर्छन् नै अझै आश्चर्यजनक कुरा त यो छ कि टोलटोलमा पुस्तकालयहरू स्थापना गर्ने प्रतिस्पर्धा नै चलेको पाइन्छ । राष्ट्रको इतिहास, संस्कृति, कला, भूगोल, साहित्य, विज्ञान आदिलाई जोगाउन पुस्तकालय बनाईएको हो । तिनै पुस्तकालयहरूले विश्वप्रसिद्ध विद्धान, दार्शनिक, साहित्यकारहरूको जन्म गरायो ।

केही महान व्यक्तिका उदाहरण हेरौँ । कुनै समय पेकिङ विश्वविद्यालयका सहायक लाइब्रेरियन माओत्सेतुङ माक्र्सवाद–लेनिनवादबारे स्वअध्ययन गर्दागर्दै प्रखर कम्युनिष्ट नेता तथा विचारक हुन पुगे । त्यसैगरी अमेरिकी इतिहासका महान व्यक्तित्व बेन्जामिन फ्रेङ्कलिनको लाइब्रेरी कम्पनी अफ फिलाडेल्फियाको पुस्तकालय निर्माणमा ठूलो योगदान छ । इरानका पाचौँ राष्ट्रपति महम्मद खतामीले इरानको राष्ट्रिय पुस्तकालयका प्रमुख भइ काम गरेको पाइन्छ । त्यसैगरी अमेरिकी आन्तरिक गुप्तचर संस्था एफ.बी.आई. का पूर्वसंस्थापक निर्देशक जे. एडगर हुभर लाइब्रेरी अफ कङ्ग्रेसमा क्याटलग लाइब्रेरियनका रूपमा कार्यरत रहेको पाइन्छ । भनिन्छ, हुभर जुन पुस्तकमा हात पर्याे त्यो पुस्तक पढिछाड्थे ।

अहिलेका आधुनिक समयका सबैभन्दा सफल व्यक्तिहरूको उदाहरण हेर्ने हो भने पनि संसारको सबैभन्दा धनीहरूको सूचिमा लामो समयदेखि नाम सुन्दै आएका बिल गेट्स एकहप्तामा दुई वा तिन पुस्तक पढ्छन् । अर्का वारेन वफेट आफ्नो दिनको असी प्रतिशत समय पढ्नमा बिताउँछन् । यसैगरी अहिलेको संसारको सबैभन्दा धनी व्यक्ति इलोन मस्क पनि पढाइका सोखिन हुन् । उनले स्वअध्ययनबाट नै रकेट बनाएर संसारलाई चकित पारेका छन् । कुनैपनि सफल व्यक्तिका पछाडी पुस्तकालयको भूमिका महŒवपूर्ण छ भन्नका लागि यति उदाहरणहरू पर्याप्त छन् । त्यसैले एउट सिर्जनशिल, बौद्धिक वा महानमस्तिष्क बनाउने उपयुक्त स्थान पुस्तकालय हो भन्दा फरक पर्दैन । र, तिनै संसार हाक्ने मानिसहरू विश्वविद्यालयमा अध्ययनरत हुन्छन् ।

हालसम्मका शिक्षण विधि र सिकाईहरू पाठ्यक्रममा आधारित छन् । सबै विद्यार्थीहरू एउटै पाठ्यक्रम अनुसार पढ्छन् । सबैलाई एउटै प्रश्न दिइन्छ । र, फरकफरक उत्तरको अपेक्षा गरिन्छ । जसको परिणामस्वरूप उत्तर फरकफरक नभइ नतिजा फरकफरक आउँछ । कतिपय अनुतिर्ण पनि हुन्छन् । भर्ना हुने समयमा फरक क्षमता, रुचि, चाहाना भएका मानिसहरू एउटै विषय पढ्छन् । उनीहरू बन्न एउटा चाहान्छन्, पढ्छन् अर्कै विषय । जात, धर्म, भाषा, लिङ्ग, संस्कृती, परम्परा फरकफरक भएका मानिसहरूलाई एउटै टोकरीमा हालेर मुल्याङ्कन गरिरहेका छौँ । यिनी फरकफरक सपना भएका मानिस र जुनसुकै समुदायबाट आएपनि स्वतन्त्र र आफूले चाहे अनुसारको शिक्षा हासिल गर्ने सेतुको रूपमा पुस्तकालयको कुनै विकल्प छैन ।

यदि विश्वविद्यालयको शैक्षिक ग्राफलाई उठाउने हो भने पहिलो प्राथामिकता आकर्षक पुस्तकालयको निर्माण र व्यवस्थापन हुनुपर्छ । पुस्तकालय सीमित पुस्तकहरूमा समेटिनु हुँदैन । पुस्तकालय सञ्चालन गर्न एउटा भौतिक ओपन लाइब्रेरी र अर्काे इ–लाइब्रेरी हुन जरुरी छ । भौतिक लाइब्रेरीको माध्यमबाट विश्वविद्यालयमा उपस्थित हुन सक्ने विद्यार्थीहरू अध्ययन गरी आफ्नो चेतनाको दायरा बढाउन सक्छन् भने इ–लाइब्रेरीको माध्यमबाट संसारको जुन कुनामा रहेर पनि ज्ञान हासिल गर्न सक्छन् । विश्वविद्यालय भनेको संसारका अग्रपंक्तिमा नाम आउने शैक्षिक संस्था हो । यसले आफ्नो हैसियत बिर्सनु हुँदैन । र, यसको हैसियतलाई शिखरमा पु¥याउने पुलको काम पुस्तकालयले गर्दछ ।

‘जसरी तरबार धारिलो बनाउनको लागि धार तिखार्ने ढुङ्गाको आवश्यक पर्छ, त्यसरी नै दिमाग तिखार्नको लागि पुस्तकहरूको आवश्यक पर्छ ।’

प्रकाशित मितिः   १६ भाद्र २०८०, शनिबार ०५:०५