कुडा कर्णालीका

भोट–भेट


कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिन भोट–भेट सत्र सञ्चालन गरिएको थियो । उक्त सत्रमा भोट सभ्यता र संस्कृतिबारे छलफल गरिएको थियो । छलफलमा छक्कबहादुर लामा र डा. जनिता गुरुङले भाग लिएका थिए भने जगबहादुर बुढाले सत्रको सहजीकरण गरेका थिए ।


छक्कबहादुर लामा

हिजोको कर्णाली साम्राज्यको भूगोल हिमाल वारी र पारी थियो । हिमाल पारीको भू–भाग जडान क्षेत्र हो र त्यहाँ कठोर चिसो हुन्छ । जाडहरू बस्ने भएकाले त्यसलाई जडान भनिएको हो । हिमाल वारी खसहरू बस्ने भएकाले यसलाई खसान भनिएको हो । खसान क्षेत्र केही तातो हुन्छ । खसान क्षेत्रमा कृषि र जडान क्षेत्रमा पशुपालन मुख्य व्यवसाय हुन् । दुवै क्षेत्रमा प्रकृति र संस्कृति दुवै मिल्दैन । जडान र खसान क्षेत्रको इतिहास असाध्यै पुरानो छ । आधुनिक भोटे र खसले त्यसको प्रतिनिधित्व गर्न सक्दैनन् । उनीहरूको संस्कार रीतिरिवाज पनि फरक छ ।

भोट (वारी र पारीसमेत) लाई दुई वटा कालखण्डमा बुझ्नुपर्छ । कर्णालीको बारेमा कुरा गर्ने हो भने यो स्पष्ट छ । अरु ठाँउमा अलि कम देखिन्छ । किनभने कर्णालीमा सेमनिजम छ । त्योधामी झाँक्रीको युग हो । मौलिक परम्परा र मौखिक प्रसारको युग हो । यो भोट वारी पारी दुवैतिर लागू हुन्छ ।

कर्णालीमा दुई वटा सत्ता छ । माथिल्लो कर्णालीमा धामी झाँक्रीको सत्ता र अर्को वर्तमान राज्य सत्ता । हामी सरकारसँग भन्दा धामी झाँक्रीसँग माग्छौँ । ‘माओवादी जनयुद्ध’ पछि यो अन्धविश्वास हो भनेर केही कम भयो । तर पनि हुम्लामा देउपुरी हुम्लो, ब्रह्मपुरी जुम्लो भनिन्छ । यस्तो भनाइ जुम्लाबाट शुरु भएको हो । खसान क्षेत्रमा बाहुन र योगीहरूले यस्तो परम्पराको सुरुवात गरेको पाइन्छ । माथिल्लो भोट क्षेत्रमा वोधिसत्वहरूले लामा र झोहो भन्ने परम्परा भिœयाएको पाइन्छ । यसरी जडानमा लामाले ल्याएको र खसानमा बाहुन क्षेत्रीले ल्याएका परम्परा छन् ।

अब हामी हिजोको समृद्ध भोटबारे केही कुरा गरौँ । हामी नयाँ र पुरानो कालखण्डको संक्रमणकालीन कर्णालीमा छौँ । अहिले बजार अर्थतन्त्र छ । हिजो ग्रामीण अर्थतन्त्र थियो । यद्यपि, पुरानो परम्परा पुरै हटेको हैन ।

भोट वारी पारीको कर्णाली सभ्यता क्याराभान अर्थतन्त्रमा आधारित थियो । कैलाश मण्डलाबाट चार वटा नदी बग्छन् । राक्षस ताल मानसरोवर ताललगायतका तालहरूलाई कैलाश मण्डला भनिन्छ । तान्त्रिक धर्ममा यो असाध्यै महŒवपूर्ण छ । तान्त्रिक धर्ममा शक्ति र बुद्धिलाई सन्तुलन मिलाउनु पर्ने रैछ । कैलाशमा शिवको बासस्थान बीचमा हुन्छ । त्यसैले त्यसलाई सन्तुलन गर्नुपर्ने हुन्छ ।

राक्षस तालबाट पश्चिम पट्टिको भागालाई कन्ट्री अफ द कार्निभल भनिन्छ । त्यो सेमनिजमको देश हो । मानसरोवरभन्दा पूर्वको क्षेत्र बुद्धिजमको देश हो । तिब्बतमा बुद्ध धर्मलाई प्रभावशाली रूपमा फैलाउने तान्त्रिक लामा गुरु पद्सम्भव हो । यो सातौँ र आठौँ शताब्दीको कुरा हो । गुरु पद्सम्भवको दृष्टि मानसरोवरभन्दा पश्चिमतिर पुगेनछ । त्यसलाई स्याङ्सुङ पैयुल भनिन्छ । स्याङ्सुङ चाहीँ सेमनिजमको हब हो । पोत खियुल बुद्ध धर्मको हब हो । ट्रान्स हिमालयको क्याराभान इकोनोमीमा सिल्क रोड र टी रुट महŒवपूर्ण छन् । र कर्णाली सभ्यता यसैमा आधारित छ ।

कसैकसैले धामी झाँक्री तिब्बतमा पनि थियो भनेको पाइन्छ । यसलाई कसैले सेमनिजम भनेका छन् भने कसैले नामविनाको धर्म भनेका छन् । जुन प्रकृतिसँग बढी सम्बन्धित थियो । बुद्धिजमले कालो बोन र सेतो बोन पनि भनेको छ । हिँसा गर्नेलाई कालो र हिँसा नगर्नेलाई सेतो बोन भनिएको हो । डोल्पामा पाइने बोन यो भन्दा केही भिन्न छ । त्यसको गुम्बा हुन्छ । विशेष त सेमनिजम र बुद्धिजमको भिन्नता तथा सेमनिजम र हिन्दुइज्मको भिन्नता के हो भने संगठित र असंगठित धर्म हो । लिपिवद्ध ग्रन्थ भएको संगठित धर्म हो । उसको पूजा गर्ने मठ मन्दिर हुन्छ । विशेषतः बुद्ध धर्मलाई लिने हो भने त्यसमा त्रिरत्न भन्ने हुन्छ । गुम्बा हुन्छ र गुम्बा भित्र त्रिरत्न हुन्छ । त्रिरत्न भनेको धार्मिक रूपमा बुद्ध, धर्म र संघ हो भने आधुनिक अर्थमा सही नेतृत्व, सही विचार र सही संगठन हो ।

यी तीन कुरालाई केन्द्रमा राखी उत्तरी भेगका गुम्बाहरूको अध्ययन गर्नु जरुरी छ । राष्ट्र निर्माणका सम्बन्धमा बुद्धले काया, वाकार चित्त को प्रसँग निकालेका छन् । यो ज्योस्पेर, बायोस्पेरर नुउस्पेर बाट विकसित भएर तम, रज र सत्व भएको पाइन्छ । दार्शनिक प्रवचनमार्फत् विचार निर्माण गर्ने कुरा वाका हो । बेष्ठित चेतनार बेष्ठित चित्तलाई समस्थित चेतनार समस्थित चित्तमा रूपान्तरण गरी लोक कल्याण गर्नमा गुम्बाको ठूलो भूमिका छ ।

विशेषतः कर्णालीमा उत्तरबाट झोहो लामा र दक्षिणबाट नाथहरू आएका हुन् । पादुकास्थानमा नाथहरू गिरीहरू भएजस्तै काठमाडौंका बज्राचार्यहरू सबै हिजोका हाम्रा गुरु हुन् । आज हामी जातमा रूपान्तरण भयौँ र ज्ञान तिर लागेनौँ । त्यसैले हामी पछाडि परेको हो ।

हिन्दु धर्म र बुद्ध धर्म दुवैमा चौरासी महासिद्धहरू छन् । चौरासी महासिद्धहरू सबै शिवभक्तहुन् । कर्णालीमा शिव भक्तहरूको बढी प्रभाव छ । नाथ र योगीहरूको प्रभाव छ । बुद्धिजममा भन्ने हो भने सराहबादेखि मिलारेपासम्म सबै चौरासीकै अनुयायी हुन् ।

बौद्ध गुम्बाभित्र तीनवटा कुराहरू फेला पर्छ । पहिलो हो कु । कु भनेको बुद्बको समष्टि मुर्ति हो । वेष्टि मुर्ती होइन । बुद्धले लोक कल्याण र जैविक विविधताको संरक्षण गर्नुपर्छ भनेका हुन् । र यसको मन्त्र हो ओम माने पद्म हुँ । यसका अन्य पुस्तकहरू पनि छन् । ज्ञानका यस्ता ठेलीलाई गुम्बाभित्र गुण्टो पारेर बत्ति बालेर राखिएको छ । पढ्ने मान्छे निकै कम छन् ।

हिमाल पारी चिसोमा बस्ने मान्छेले जीउ तताउन छ्याङ् खान्छन् । छ्याङ् बनाउने पनि रेसिपी हुन्छ । यसमा तराईमा पाइने जाइफल मरिच सुकमेलल अदुवा आदिको प्रयोग हुन्छ । खसान क्षेत्र तातो हुन्छ । त्यहाँ कृषि पनि हुन्छ । जडानमा बाख्रालाई च्याङ्ग्रा भनिन्छ । खसानमा रोङ्ग्रा भनिन्छ । खसानमा बाख्राले राडी दिन्छ भने जडानमा नरम उन दिन्छ । त्यस्तै भेडालाई च्यङ्रुक र रोङ्रुक भनिन्छ । उता चौंरी हुन्छ भने यता गाई गोरु हुन्छ । हिमाली भेगका चौंरी तल आउन नसकेको हुनाले चौरीलाई तलसम्म ल्याउन हाम्रा पुर्खाले ठिमाहा बनाए । त्यसलाई तिब्बती भाषामा जफहो भनिन्छ ।

माथितिर हिमशिखरको मुनी पाटन हुन्छ । हिमाललाई सात भागमा बाँडिएको छ । हिमशिखर पछि अल्पाइनर त्यसपछि सब अल्पाइन आउँछ । टेम्पेरेट भनेको पहाड हो र त्यसपछि सब ट्रपिकल पर्छ । अन्तिममा ट्रपिकल र आर्कटिक । माथि भएकाले कैलाशलाई स्वर्ग र समुद्रलाई पाताल भनिएको हो । कैलाश र मानसरोवरलाई यी दुईको रूप मानिन्छ । काङेम्बोसे भनेको हिमशिखर रत्न र छोरेम्बोसे भनेको मानसरोवर रत्न हो । तान्त्रिकमा यी दुई रत्नको सम्मिलन नै शिवलिङ्ग हो ।

जडानबाट उन र नुन तलतिर आउने हो र खसानबाट खाद्यान्न उतातिर लैजाने हो । कर्णाली सभ्यताको मूल आधार यही हो । विभिन्न ठाँउकास्मारकहरू तथा ढुङ्गेस्तम्भहरूले यसलाई प्रमाणित गर्छन् । दैलेखको पादुकास्थान र अन्य स्थानमा रहेका स्तम्भहरू महाबु लेकका धर्मशालाहरू तथा विभिन्न स्थानमा निर्माण गरिएका पानी खाने कुवाहरू कुके र स्याङ्गसुङ् पुग्नलाई बनाइएको हो । यसले जडान खसान र सिंजा साम्राज्यको उपस्थिति दर्शाउँछ ।

हिमाल पारी चाहिँवहुपति प्रथा बाँकी नै छ । जसमा एक जना श्रीमतीका धेरै श्रीमान् हुन्छन् । कुनै बखत् कर्णाली क्षेत्र नै यस्तै थियो । यो पनि कर्णालीको परम्परागत अर्थतन्त्र हो । जडानमा मातृसत्ता र खसानमा पितृसत्ता कायम थियो ।

नेपालको हिमाल वारीको हिमाली भेग वा पठारलाई च्याङथाङ् भनिन्छ । जहाँ समथर भूभाग हुन्छ । तर चिसो । यस्तै तराईमा तातो समथर हुन्छ । चिसो र तातोकाकारण हिमाल माथि उठ्यो । यसलाई भोटे भाषामा रोङ् भनिन्छ । त्यहाँका मानिसलाई रोङ्बा भनिन्छ । उता भोटमा बस्नेलाई ढ्वक्पा भनिन्छ । रोङ्बा चाहिँ असाध्यै पुरानो जाती हो । त्यहाँको लवाईलाई दोचा र खवाईलाई थ्योत भनिन्छ । त्यहाँको धेरै कुरा स्वङ्साङ् जाम्वो र ठेसुङ् डेचन सातौँ र आठौँ शताब्दीसँग मिल्छ । तिब्बतमा यो अहिले पाइँदैन । यो पुरानो सभ्यता हो । तर पर्यटनको लागि महŒवपूर्ण छ ।

हिमाली भेगमा पुरानो भोटेहरू र पुरानो खसहरू पनिछन् । त्यसकारणले हिमालय क्षेत्र एउटा जीवित संग्रहालयहो । अब पुराना मान्छेहरू मर्दै गयो भने ज्ञान पनि मर्दै जान्छ । माथिल्लो जडान क्षेत्र सांस्कृतिक हिसाबले तिब्बतजस्तै र राजनीतिक रूपमा नेपालको जस्तै हो । त्यसैले त्यहाँका मान्छे यार्चागुम्बु हो । बर्खामा माथि तिब्बततिर जाँदाखेरी लामाको नाम लिनुपर्छ । त्यहाँ लामा पुरेतलाई मात्र भन्छ । तर तलतिर आउँदा लामा लेखेन भने मान्छे गन्दैन । किनभने यता वर्ण व्यवस्था छ । उता छैन । हामी बीचमा पर्यौं । यार्चाजस्तै । बर्खामा घाँस र हिउँदमा किरा बन्नुपर्ने ।

खसहरूको देउता खसमाणु र बरमाणु हुन्छ । हामीहरू जङ्गलबाट आएको देउताहरूको पूजा गर्छौं । अर्थात् राक्षसको पूजा गर्छौं । हुम्लामा जाने हो भने ल्वासुर देवतालाई कुलदेवतालाई हे राक्षासाय मेरो रक्षा गर भन्छौँ । आर्यहरू देवताको पूजा गर्ने रामको पूजा गर्ने हामीहरू राक्षसको पूजा गर्ने हाँसा बली काट्ने । यो किसिमको बर्बरता देखि सभ्यता सम्म काँचुली फेर्ने शिक्षामा काँचुली फेर्नेर सभ्यतामा काँचुली फेर्ने आर्य भए हामी अनार्य जस्तै भयौँ । जङ्गली । कहिले महिलाले मात्र अधिकार जमाउने मातृसत्ता र कहिले पुरुषले मात्र जमाउने पतृसत्ता ।

अहिलेको युग भनेको विश्वब्यापी बजारको युग हो । हिजो नुन पनि र खुर्सानी पनि हामी खोज्थ्यौँ । आज सबै कुरा बजारमा पाइन्छ । तर त्यसका लागि पैसा त चाहियो नि । पैसा कमाउन सीप चाहिन्छ । अब भोट क्षेत्रमा पर्यटन व्यवसायलाई बढाउनुपर्छ । जडिबुटीको उत्पादन र व्यापार गर्नुपर्छ । भोट क्षेत्रको रूपान्तरण गर्ने विषयमा कर्णाली प्रदेश सरकार संवेदनशील बन्नुपर्छ ।


 

डा. जनिता गुरूङ

भोट भनेको हिमालको वारीपारीको ट्रान्स हिमालय क्षेत्र हो । भोटमा दुई वटा चिज महŒवपूर्ण छ उचाई र तापक्रम । यो दुई वटाको खेलले त्यहाँको बेग्लै पर्यावरण हुन्छ । हामीले हेर्दा त्यो ठाउँ एकदमै सुख्खा छ । तर तलतिर पाइने बनस्पतिहरू त्यहाँ पनि पाइन्छ । हेर्दा सानो र तिख्खर । जस्तै तल पनि धुपी हुन्छ र माथिपनि । तर त्यहाँको धुपीको बास्ना निकै कडा हुन्छ । सदावहार हुने हिउँको मुन्तिर पनि त्यहाँ बिरुवा हुन्छ ।

भोटमा कैलाश पर्वत एकदम पवित्र ठाँऊ हो र त्यसको छाँयामा परेको क्षेत्रलाई पवित्र भूपरिधि भनिन्छ । यो ठाऊँमा धर्म संस्कृति र प्रकृतिको बेजोड संगम छ । भोटमा प्राकृतिक र सांस्कृतिक सम्पदा धेरै छन् । तिनको जगेर्ना आजको आवश्यकता हो । यहाँका पहाड र रुखमा भगवानको बास छ भन्नुको अर्थ तिनको संरक्षण गर्नु हो । त्यसैले पनि भोट क्षेत्र पवित्र क्षेत्र हो । मैले काम गरेको हुम्लाको लिमी उपत्यकामा यस्तो परम्परागत प्रणाली कायमै छ । प्रकृति र संस्कृति जोडेर त्यहाँको प्राकृतिक श्रोतहरूलाई व्यवस्थापन गर्ने ।

नेपाल सरकारले भोटका धेरैजसो क्षेत्रलाई संरक्षित क्षेत्र बनाएको छ । तर कर्णालीको माथिल्लो भेगमा धेरै संरक्षित क्षेत्र छैनन् । हामीले हुम्लामा पाइने जंगली चौंरीको संरक्षण गर्नुपर्छ । त्यहाँका प्रथाजनित कार्यले नै त्यहाँको प्राकृतिक संरक्षणमा योगदान गरेको छ । यद्यपि, अहिलेका परिवर्तनले संरक्षणमा बाधा पु¥याउन सक्छ ।

हाल क्याराभान समाजमा वातावरणीय असन्तुलन हुन थालेको छ । त्यहाँका पठार र पाटनमा जलवायु परिवर्तनले धेरै दबाब परेको छ । हिमाल कालो भइरहेको छ र भुइंभित्रको हिँऊ पनि बिलाएर गइसकेको छ । त्यसले गर्दा त्यहाँ जुन घाँसहरू उम्रिने हो त्यसमा असर परेको छ । भोटको संरक्षणका खातिर सरकारहरूले समुदाय वा प्रथाजनित संरक्षण पद्धतिलाई मान्यता दिनुपर्छ ।

प्रकाशित मितिः   १७ श्रावण २०८०, बुधबार ०५:०४