पर्यटन प्रवद्र्धनको योजना
पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रयास हुँदै आएका छन् । प्राकृति, धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरूका कारण कर्णालीमा पर्यटनको प्रचुर सम्भावना छ । यहाँ उल्लेख्य संख्यामा पर्यटकीय क्षेत्रहरू छन् । भएका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि थप पूर्वाधारको विकाससमेत गर्ने गरिएको छ । दैलेखको कोटिलामा मानव निर्मित ताल निर्माणको योजना अघि सारिएको छ । नारायण नगरपालिका र दुल्लू नगरपालिकाको सिमानामा ताल प्रस्ताव गरिएको हो । ताल निर्माणको योजना अघि सारिए पनि लगानीको सुनिश्चितता हुन सकेको छैन । ताल निर्माणका लागि लगानी जुटाउन पहल भने थालिएको छ ।
मानव निर्मित ताल निर्माणका लागि २०७५ मा विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरिएको थियो । ३३ लाख खर्चेर डिपीआर निर्माण गरिएको हो । उक्त डिपीआरमा ताल निर्माणका लागि दुई अर्ब ६ करोडको लागत अनुमान छ । त्यति मात्रै होइन तालसम्म पुग्नका लागि गतवर्ष प्रदेश सरकारको दुई करोड लगानीमा बाटोको स्तरोन्नति पनि गरिएको छ । यस्तै स–साना खोल्साहरूमा तटबन्ध निर्माणको काम भने भइरहेको छ । ड्याम निर्माण, जग्गा अधिग्रहण, पुल निर्माण गर्नुपर्नेछ । ताल वरिपरी चार किलोमिटर रिङरोडको अवधारणा समेत छ । डिपीआरअनुसार एक सय २७ मिटर लम्बाइ र १५ मिटर उचाइमा बाँध बाँधेर ५४ हेक्टर क्षेत्रफलमा करिब चार सय करोड लिटर पानी जम्मा गर्ने गरी ताल बनाउन लागिएको हो । तर ताल निर्माणका लागि ठूलो लगानी लाग्ने भएकाले स्रोतको सुनिश्चितता हुन भने सकेको छैन । गौरवको आयोजनाको रूपमा हेरिएको पञ्चकोशी मानव निर्मित ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृनिकायसँग समेत छलफल भइरहेको छ ।
नारायण नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत पञ्चकोशी मानव निर्मित ताल निर्माणको योजना समावेश गरेको छ । तर नगरपालिकाको मात्रै लगानीमा निर्माण सम्भव देखिदैन । त्यसैले प्रदेश सरकार र संघीय सरकारको समेत सहयोग आवश्यक देखिन्छ । प्रस्तावित ताल पर्यटन प्रवद्र्धनमा सहयोगी हुनेछ । पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भिœयाउने र स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य छ । यसले समग्र पञ्चकोशी तिर्थस्थलको प्रचार र प्रवद्र्धनमा सघाउनेछ । अहिले दैलेखका पर्यटकीय गन्तव्यको रूपमा श्रीस्थान, नाभिस्थान, कोटिला, पाधुका, धुलेश्वर र तल्लो डुङ्गेश्वरलाई लिने गरिन्छ । ताल निर्माण गर्दा तालका साथसाथै उल्लेखित पर्यटकीय क्षेत्रको समेत प्रवद्र्धन हुनेछ । बहूआयामिक महङ्खव बोकेको आयोजनाको रूपमा उक्त आयोजनालाई लिइएको छ । त्यसैले तीन तहकै सरकारले लगानीको सुनिश्चिता गर्नुपर्ने देखिन्छ ।
प्रकाशित मितिः ९ श्रावण २०८०, मंगलवार ०९:२८
सम्पादकीय ।