यो सहर, त्यो रहर !
कर्णाली उत्सव कुडा कर्नालीकाको चौथो संस्करणको पहिलो दिन ‘यो सहर, त्यो रहर’ नामक सत्र सञ्चालन गरिएको थियो । छलफलको मुख्य विषयवस्तु हाल कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरको नगर गुरुयोजनाबारे थियो । छलफलमा वीरेन्द्रनगरका योजनाकार इन्जिनियर माधवभक्त माथेमा र बहालवाला नगर प्रमुख मोहनमाया ढकालले भाग लिएका थिए । छलफलको सहजीकरण स्थानीय सामाजिक अभियन्ता गोविन्द कोइरालाले गरेका थिए ।
म भर्खरै अमेरिकाबाट सहरी योजनामा मास्टर्स गरेर नेपाल फर्केको थिएँ । कार्यालयको कोठाभित्र पस्न नपाउँदै चिफ इन्जिनियरले मलाई सुर्खेत जानुप¥यो भन्नुभयो । मलाई सुर्खेतबारे केही पनि थाहा थिएन । वीरेन्द्रनगरको नाम पनि सुनेको थिएन । यो कहाँ पर्छ भन्नेसम्म पनि थाहा थिएन । तैपनि मैले जान्छु भनेँ । म त्यतिबेला २८ बर्षको थिएँ । युवाउमेरमा जोश बढी होश कम हुने रैछ ।
करीब दुई महिनासम्म वीरेन्द्रनगर कहाँ छ भनेर मान्छेहरूलाई सोध्दै हिडेँ । तर कसैले जवाफ दिन सकेनन् । आखिरमा राष्ट्रिय योजना आयोगमा गएर हर्क गुरुङ्गलाई सोधेँ । उहाँले वीरेन्द्रनगर पश्चिमको यो ठाँउमा छ भन्ने मोटामोटी बताइदिनुभयो । अर्को सौभाग्य ग्ल्म्ए का केही साथीसँग मेरो सम्पर्क भयो । त्यतिबेला ग्ल्म्ए सँग पिलाटस पोर्टर भन्ने चार÷पाँच जना अटाउने सानो जहाज थियो । उक्त जहाजका पाइलटलाई वीरेन्द्रनगरबारे थाहा रहेछ । हामी चार जनाले १५ हजार भाडा तिरेर त्यही जहाजमा यहाँ आयौँ । यसरी आउनेमा म, मेरो साथी कार्लप्रुसिया, शंकरमान प्रधानर मसंग सुर्खेतमा १४ वर्षसँगै काम गर्ने प्रद्युम्न भट्टराई थियौँ ।
हामीले तीन चरणमा बाँडेर नगर योजनाको काम सुरु गर्यौं । खोर्के, इत्रामरबीचको राज मार्गमा विशेष सरकारी लगानीबाट विकास हुने भनेका थियौँ । भैरवस्थानको पूरै क्षेत्र ढोडेखालीसम्म नगर विस्तार भनेका थियौँ । र, राजमार्गको दक्षिणमा कृषि प्रसार क्षेत्र भनेका थियौँ । हामीले नगर योजना बनाउँदा २५ वर्षको पूर्वनुमान गरेका थियौँ । योजनामा सरकारी वा प्रशासनिक क्षेत्र, बजार क्षेत्र, आवास क्षेत्र र हरियाली क्षेत्र मुख्य थिए । नगर योजनाबाट विस्थापित भएका परिवारलाई आवास क्षेत्रमा नगर विकास समितिले सहुलियत मूल्यमा घडेरी व्यवस्था गरिदिने उद्धेश्य पनि थियो ।
त्यतिबेलासुर्खेतमाबयलगाडा पनि थिएन । ईंट्टा र सिमेन्ट पनि थिएन । त्यस्तो अवस्थामा हामीले योजना सुरु गरेका थियौँ । तत्कालीन श्री ५ को सरकार ले पनि यो क्षेत्रीय विकासको केन्द्र हो भनेको थिएन । ठूल्ठूला कुराहरू गरियो । क्षेत्रीय योजना रणनीति विकास पनि भयो तर त्यसको विस्तृतीकरण भएन । हामीले चरणवद्धरूपमा २५ वर्षभित्र सरकारी लगानीबाटै विरेन्द्रनगरको योजना सम्पन्न गर्ने भनेका थियौँ ।
त्यतिबेला हामीले तीन सय विगाहा जग्गा अधिकरण ग¥यौँ । त्योबेलाको जग्गाको मोल छ हजार रूपैया थियो तर राजाबाटै हुकुम भएर १० हजार रूपैयाँको दरले दियौँ । अधिकरण नगर विकासको योजना हनुहुँदैन भन्ने मेरो मान्यता हो । निश्चित कुरामा भनेअधिकरण गर्नुपर्छ । त्यतिबेला अधिकरण नै कसरी गर्ने भनेर म पनि दोधारमा परेँ । किनभने नगर योजना घोषणा हुने बित्तिकै जग्गाको मूल्य एकदमै माथि आयो । तर जग्गा बेच्ने कोही भएन । अलि समयपछि जग्गाको मूल्य झनै बढ्ने भयो ।
हामीले नगर योजनाको चित्र बनाउँदा विभिन्न किसिमका विकल्प राख्छौँ र छलफल गर्छौं । तर मान्छेमा के भ्रम पर्न सक्छ भने एउटा विकल्प ठीक हो कि दोस्रो । कुनै बेला दोस्रो विकल्प मान्छेले लिन्छ कुनै बेला तेस्रो लिन्छन् तर हाम्रो विकल्प त विकल्पै हो नि । विमानस्थलको विषयमा दुई वटा सम्भावना थिए । एउटा सम्भावना भइरहेकै विमानस्थललाई विस्तार गर्ने र अर्को देउती बज्यै तिर पूर्व–पश्चिम गर्ने । यो विषय क्याविनेटमा छलफल पनि भयो तर दुई वटा प्रेसर प¥यो । पहिलो, विमानस्थल बनाउन धेरै जग्गा अधिकरण गर्नु पर्ने भयो । दोस्रो, जग्गा अधिकरण गरेर मात्र भएन विमानस्थल नबन्दासम्म त्यसको संरक्षण गर्नुप¥यो । जग्गा अधिकरणमा परेपछि धेरै मान्छे विस्थापित हुने भए । कमाउन सक्नेको जग्गा हड्पेपछि आर्थिक रूपमा पनि समस्या पर्ने भयो । अर्कोतिर सुर्खेतमा ठूलो जहाज आउन सक्नेमा पनि हामी अलमल प¥यौँ । विमानस्थलको विकल्प नेपालगञ्ज पनि त हुन सक्छ भनेर हामीलाई अलमल भयो र हामीले विमानस्थलबारे प्रतिबद्धता जनाउन सकेनौँ । यस्तै नगर योजनामा एउटा वेयर थियो । बसपार्क राखिएको थियो । तर पार्किङको कुरा भएको थिएन । किनकी पार्किङमा इन्युट डिटेलमा पर्छ ।
२९ सालमा म आउँदा सुर्खेतमा भयङ्कर भोकमरी थियो । गरिबी कस्तो हुँदोरैछ भन्ने मैले पहिलो पटक अनुभूत गरेँ । त्यतिबेला म महाबुको लेक हुँदै हिँडेर जुम्ला सम्म पुगेँ । त्यहाँको आर्थिक अवस्था देखेर मैले यहाँको योजना मौलिक हुनुपर्छ भन्ने सोचेँ । त्यसैले कुनै आधुनिक सहरको योजनासँग यहाँको योजना मिल्दैन । सुर्खेतको जमिनको अवस्था, हावाको दिशा, सुर्यको कोण र विद्यमान अवस्था आदिलाई आधार मानी यहाँको योजना बनाइएको थियो ।
वीरेन्द्रनगर बिग्रियो भन्ने मात्र हैन बनेको पनि छ । संसारका धेरै सहरमा समस्या छन् । बरु अहिलेको अवस्थामा सबै कुरा सरकारले मात्रै गर्न सक्दैन । नगरपालिकाले मात्रै गर्न सक्दैन । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । अर्को कुरा नगरपालिकाले आफ्नो श्रोत साधनको सही रूपमा पहिचान र प्रयोग गर्न सक्नुपर्छ । र, जनताहरूले यो कुराको महशुस गर्न पाउनुपर्छ ।
त्यो २५ वर्षका लागि अनुमान गरी तयार पारिएको योजनामा अब पुनरावलोकन गर्नु जरुरी छ । धेरै सहरमा यस्तो हुन्छ । काठमाडौंकै नगरयोजना १५ पटक पुनरावलोकन भइसक्यो । कुनैपनि सहरमा जग्गाको व्यवस्थापन महŒवपूर्ण कुरा हो । अहिलेको बदलिँदो परिस्थितिमा वीरेन्द्रनगरको नगर योजनामा परिमार्जन आवश्यक छ । यद्यपि, वीरेन्द्रनगरको आफ्नो पहिचान हुनुपर्छ । यसलाई कर्णाली झल्काउने सहरको रूपमा विकास गर्न सकिन्छ भन्ने लाग्छ ।
नगर योजनाको ५० वर्षपछि वीरेन्द्रनगरमा धेरै नै परिवर्तन भएको छ । त्यो स्वाभाविक पनि हो । भौतिक परिवर्तन धेरै भएपनि पुराना रुख विरुवाहरू देखेर आनन्द आयो । किनभने प्रत्येक रुखमा हाम्रा कथा गाँसिएका छन् । सहरीकरणको क्रममा विभिन्न समस्याहरू आउनु सामान्य कुरा नै हो । यद्यपि, ट्राफिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन तथा सहरी सुन्दरता र पर्यावरणका कुराहरूमा धेरै ध्यान दिनुपर्छ ।
कर्णाली प्रदेशको राजधानी भएकाले वीरेन्द्रनगरमा गाडीसम्म पुग्दैन होला भनी अनुमान गर्नेपनि छन् । तर यहाँ आउनासाथ उनीहरूको धारणा फेरिन्छ । र वीरेन्द्रनगर त गजबको सहर रैछ भन्दै जान्छन् । यहाँका फराकिला सडक व्यवस्थित वस्ती सार्वजनिक पार्क र खुला क्षेत्र सबै योजनाकार माधवभक्त माथेमाकै देन हुन् । यद्यपि, वीरेन्द्रनगरको नगर योजना जुन उद्देश्यका साथ बनाइएको थियो उक्त उद्देश्य पूरा भयो कि भएन भन्ने प्रश्न छँदैछ ।
हामीले वीरेन्द्रनगरलाई संसारका अन्य सहरसँग तुलना गरेर हेर्न मिल्दैन होला । किनभने यहाँका आफ्नै विशेषता छन् । अर्कोतर्फ हामीसँग उपलब्ध स्रोत साधानले हामी चाहेजस्तो भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौँ ।
मैले सुर्खेत उपत्यका नगर विकास समितिमा ३४औँ अध्यक्षको रूपमा हाल काम गरिरहेको छु । कसैले पनि गुरुयोजना ठीक छैन वा थिएन भनेको छैन । बरु कार्यान्वयनमा चुनौतिहरू रहेका कुरा साँचो हो ।
हामीले अहिले योजनामा उल्लेख नभएका पार्किङ लगायतका विषयमा काम गरिरहेका छौँ । मुख्य बजार क्षेत्रमा निर्माण कार्य अघि बढेको छ । हामीले गुरुयोजना अनुसार सडक फैलाउने काम गरेका छौँ । नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण अभियान चलाएका छौँ । अतिक्रमण भएको क्षेत्र धमाधम खाली गर्दैछौँ । र, गुरुयोजना अनुरूप नै जग्गा व्यवस्थापन हुनुपर्नेमा मेरो जोड छ । तर कतिपय ठाउँको अवस्था अलि चिन्ताजनक पनि छ ।
वीरेन्द्रनगरको एउटा पहिचानको रूपमा रहेको बुलबुले तालको संरक्षणमा हामीले विशेष ध्यान दिएका छौँ । तर यसको संरक्षणका नाममा यहाँको सिमसार मास्नु हुँदैन भन्ने लाग्छ । नगर योजनाले भने अनुसार जग्गा व्यवस्थापन गर्न म प्रतिवद्ध छु । यसमा सबैको साथ सहयोग हुनु जरुरी छ ।
वीरेन्द्रनगरको नगर गुरुयोजना निर्माण गर्ने माधवभक्त माथेमाको नाममा हामीले जे गरेपनि त्यो कमै हुन्छ । यद्यपि, हामीले उहाँलाई कसरी स्मरणमा राख्ने भन्नेबारे नगरपालिकाले पक्कै केही निर्णय गर्नेछ ।
हामीले खाली रहेका सार्वजनिक जग्गामा पार्कहरू निर्माण गर्ने योजना बनाएका छौँ । प्रत्येक वडामा एक एक वटा सामूदायिक भवन र खेल मैदान बनाउने पनि योजना छ । यस्तैखुला क्षेत्रको संरक्षणको लागि हामीले घेरबार गरेकाछौँ । बार लगाएपनि त्यो सार्वजनिक प्रयोजनका लाग रोक लगाइएको होइन ।
पाँच वर्षसम्म उपमेयरको रूपमा काम गर्दा मैले नगरपालिकाका सबल र दुर्बल पक्ष बुझ्ने अवसर पाएको छु । अनुगमन समितिको संयोजकका नाताले नगरपालिकाका धेरै ठाउँ पुगेको छु ।
म सधैं सहरी सुन्दरताको पक्षमा छु । जहाँसम्म बजार क्षेत्रमा हुर्कंदै गरेका विरुवा काटेको प्रसंग छ त्यो सडक फराकिलो पार्न गरिएको हो । सडक बनेपछि हामी फेरी बजार क्षेत्र हराभरा बनाउने काम गर्न सक्छौँ । वीरेन्द्रनगरको विकासमा जोडिएका काम गर्ने धेरै अभियन्ता साथीहरू पनि हुनुहुन्छ । कुनै नवप्रवर्तनकारी सोच आएमा हामीले त्यसको कार्यान्वयन गर्नेछौँ ।
हामीले भर्खरै मात्र भूउपयोग नीति बनाएका छौँ । उक्त नीति अनुसार खाली रहेको जग्गामा योजना गर्दाखेरि अथवा घडेरी बनाउँदा ज्ञण् मिटरको बाटो अनिवार्य बनाउनुपर्नेछ । नगरपालिकाको स्वीकृति लिएरमात्रै कित्ताकाट गर्नुपर्नेछ । नयाँ घर बनाउँदा कम्तीमा दुई मिटर सेटब्याक छोड्नुपर्नेछ ।
यस्तै हामीले खोला किनारको संरक्षण गर्ने नीति लिएका छौँ । सरकारी जग्गा र सार्वजनिक जग्गासंरक्षणको नीति लिएका छौँ । यस्ता क्षेत्रमा कुनै पनि संरचना बनाउन नदिने नगरपालिकाको निर्णय छ ।
जब ५० वर्ष अगाडी बनेको गुरुयोजना अनुसार हामी अहिले काम गर्दैछौँ भने अहिले हामीले बनाउने नयाँ नगर योजनाले आउने सयौं वर्ष काम गरोस् भन्ने हुनुपर्छ ।
१२औँ शताब्दीतिरै सुर्खेत व्यापारिक केन्द्र थियो । १६औँ शताब्दीताका सुर्खेत एउटा बन्जर धर्तीको रूपमा रुपान्तरण भएको पाइन्छ । राजा रणबहादुर शाहको पालामा यहाँबाट थुप्रै मानिसहरू पलायन भएर जाने स्थिति बनेको थियो । पछि राणा शासनकालमा फेरी यहाँ बस्ती विकास क्रम सुरु भएको हो । त्यतिबेला यसलाई कालापानीको रुपमा पनि चिन्ने गरिन्थ्यो र विस्तारै मान्छेहरू थपिने क्रम बढ्यो । १९५० को दशकमा सुर्खेतमा आवादीप्रकृया सुरु भएको थियो भने १९७० ताका यहाँको जग्गा दर्ता हुने प्रकृया आरम्भ भएको देखिन्छ ।
त्यतिबेला औलोको माहामारीका कारण मानिसहरू उत्तरतर्फ रहेका डाँडाहरू अथवा जर्बुटा, कटकुवा, गोठिकाँडा, बयलकाँडा लगायतका क्षेत्रमा बसोबास गर्दथे । हिउँदमा मात्र उपत्यकाको समथर भागमा बस्न मिल्थ्यो । २०२२ सालमा सुर्खेत उपत्यकामा औलो उन्मूलनको घोषणा भयो । त्यसपछि २४/२५ साल तिर अमेरिकाबाट आएका दुई जना पिसकोर स्वयम्सेवक बिल र जोनले थेडोलाइटको साहारामा सुर्खेतमा बाटोको रेखाङ्कनको एउटा अभ्यासको सुरुवात गरेका थिए ।
राजा भएको एक वर्षपछि वीरेन्द्र शाहले २०२९ सालमा अध्यादेश मार्फत् नगर विकास ऐन अगाडी सारे । उक्त ऐनको कार्यान्वयनका लागि मुख्य योजनाकारका रुपमा माधवभक्त माथेमालाई सुर्खेत पठाइयो । उहाँलेनै वीरेन्द्रनगरको नगर गुरुयोजना निर्माण गर्नुभयो ।
प्रकाशित मितिः १० श्रावण २०८०, बुधबार १२:४३
कुडा कर्णालीका ।