शिक्षण अस्पताल निर्माणमा अन्यौल

नीति तथा कार्यक्रममा प¥यो, बजेट व्यवस्थापन भएन

सुर्खेत: दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेटेको संघीय सरकारले बजेटमा भने छुटाउँदा कार्यान्वयनमा अलमल देखिएको हो । सरकारले स्पष्ट बजेट नतोकीदिँदा अहिले अस्पताल निर्माणको काम अघि बढेको छैन । चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैड्ढयाको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर बजेट व्यवस्थापनमा चुनौती भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनले भने, ‘संघीय सरकारले बजेट तोकेको छैन । अस्पताल निर्माणका काम अघि बढाउन बजेट व्यवस्थापनमा चुनौती बनेको छ ।’

एक सय शैड्ढयाको अस्पताल निर्माणका लागि डिपीआर भने तयार भइसकेको छ । आठबिस नगरपालिका वडा नं. ३ जाक्सिमा ४० रोपनी जग्गा प्रतिष्ठानको नाममा पाससमेत गरिसकिएको छ । अझै दश रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको डा. रावलले बताए । बजेटको सुनिश्चितता नहुँदा बाँकी काम अघि बढ्न नसकेको उनको भनाइ छ । ‘आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने योजना थियो’ डा. रावलले भने, ‘लगानी सुनिश्चित नहुँदा अन्य काम ठप्प छन् । बेला–बेला संघीय सरकारलाई भन्ने गरेको भएपनि सुनुवाई भएको छैन ।’ अस्पतालको भवन निर्माणका लागि मात्रै ७० करोड लाग्ने उपकुलपति डा. रावलले बताए ।

दैलेख निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीले बाह्य लगानी भिœयाएर भएपनि अस्पताल निर्माणको काम अघि बढाउने बताउँछन् । उनले भने, ‘चीन सरकारले ५० शैड्ढयासम्मको अस्पताल बनाउने भन्ने कुरा अघि बढेको छ । अन्य क्षेत्रबाट बजेटको सुनिश्चित नभएको खण्डमा सरकार आफैले पनि निर्माण गर्छ ।’

यस्तै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले पनि बजेट अन्योल सिर्जना भएको बताए । कति, कसले, कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुँगो नलागेको उनको भनाइ छ । यद्यपि, अस्पताल निर्माणको विषयमा प्रदेश सरकारले समेत छलफल अगाडि बढाउने जनाए । सिंहले भने, ‘यो विषयमा शुक्रवार मात्र प्रतिष्ठानसँग छलफल गरेर आएको छु । संघीय सरकारले बनाउने हो भने प्रदेश सरकारले के सहयोग गर्नुपर्छ सरकारले गर्छ ।’

दैलेखको राकम कर्णालीमा एक सय शैड्ढयाको अस्पताल निर्माण भए कर्णालसहित सुदूरपश्चिमका नागरिकले समेत सेवा पाउने जनाइएको छ । दैलेख, हुम्लासहित सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लावासीले प्रत्यक्ष लाभ लिनेछन् । संघीय सरकारले नै बेवास्ता गर्दा प्रतिष्ठान निर्माणको योजना अलपत्र परेको आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले बताए । उनका अनुसार स्पष्ट बजेट नतोकिदिँदा काम गर्न समस्या भएको हो ।

हाल राकम कर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रदान भइरहेको छ । अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक खटाएको छ । आधारभूत भौतिक व्यवस्थापनहरू एक्सरे, भिडियो एक्सरे, इसिजी ल्यावसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन गरिएको छ ।

राकम कर्णालीमा एक सय शैड्ढयाको अस्पताल बने जटिल रोगको उपचार घरआगनबाटै पाउने आशा पलाएको आठबिस नगरपालिका वडा नं. ९ का राम सिजापतिले बताए । ‘अझैपनि सिटामोलसमेत भनेको समयमा पाइदैन’ उनी भन्छन, ‘अस्पताल बने नागरिकले सर्वसुलभ सेवा पाउने थिए । अहिले पनि जटिल रोग लागेमा उपचार खर्चभन्दा यातायातको भाडा महँगो पर्ने गरेको छ ।’

प्रकाशित मितिः   ७ श्रावण २०८०, आईतवार ०५:०५