प्रेस युनियन सुर्खेतको अध्यक्षमा बिसी

सुर्खेत: नेपाल प्रेस युनियन सुर्खेत शाखाको अध्यक्षमा मधुवन बिसी चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले बिसीको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बुद्धिसिंह ठकुरी र सिता आचार्य छन् भने सचिवमा रमेशकुमार पाण्डे, सहसचिवमा संगीता भण्डारी र कोषाध्यक्षमा टेकराज केसीलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरूमा मानबहादुर खड्का, हुमबहादुर कार्की, नविन सुवेदी, भावना राना, अनमिका बोहोरा, विष्णु सापकोटा, अमरबहादुर कार्की, जगतदल जनाला विक र कमलकुमार न्यौपाने रहेका छन् ।

प्रकाशित मितिः   ७ श्रावण २०८०, आईतवार १०:०९