खाद्यान्न आपूर्ति गर

कर्णालीका हिमाली जिल्लाहरूमा बर्सेनि खाद्यान्न संकट उत्पन्न हुन्छ । स्थानीय उत्पादन कम हुने र आयातित वस्तुमा निर्भर हुनुपर्ने भएकाले खाद्यान्न अभाव हुने गरेको हो । त्यसमाथि बेलाबखत प्राकृतिक विपदले थप संकेत निम्त्याउँछ । बाढी र पहिरोलो बालीनाली नै सखाप पारिदिँदा नागरिक चरम संकटमा पर्दछन् । मुगुको खत्याडमा अहिले यस्तै संकट परेको छ । गत असोजमा अबिरल वर्षासँगै आएको बाढी र पहिरोले खेतबारी नै बगायो । उत्पादन नभएपछि खाद्यान्न अभाव चुलियो । केही समय छिमेकी जिल्लाबाट चामल किनेर उपभोग गरेपनि अहिले महँगीका कारण समस्या बिकराल बन्दै गएको गुनासो स्थानीय नागरिकको छ । दैनिक छाक टार्नै मुस्किल परिरहेको छ ।

चामल मात्रै नभएर अन्य खाद्यन्नसमेत नहुँदा समस्या भएको स्थानीय नागरिकहरू बताउँछन् । एकातिर कृषकको बाली खेतबारीबाटै पहिरोले बगाएर भिœयाउन पाएनन्, अर्कोतर्फ खाद्य व्यापार तथा कम्पनी लिमिटेडले वितरण गर्ने सहुलियत चामल समेत जिल्लामा छैन । कम्पनीले यो वर्षका लागि चामल वितरण नगर्दा समस्या भएको छ । टेण्डण्र प्रक्रियामा ढिलाई हुँदा चामल ढुवानी हुन सकेको छैन । खाद्य व्यापार तथा कम्पनी लिमिटेड मुुगुु शाखाले दिएको जानकारी अनुसार टेण्डर स्वीकृत नहुुँदा खत्याड गाउँपालिकामा चामल पठाउन नसकिएको हो । तेस्रो पटक टेण्डर सूचना प्रकाशित गरेपनि चामल ढुवानीका लागि ढुवानीकर्ताले चासो देखाएका छैनन् । डिपोमा चामल भएता पनि टेण्डर प्रक्रिया नमिल्दा चामल ढुुवानी ठप्प भएको जनाइएको छ । सार्वजनिक खरिद ऐनमा रहेर कम्पनीले चामल वितरण गर्ने गरेको छ । तर उक्त गाउँपालिकामा तीन पटकसम्म टेण्डर स्वीकृत हुुन सकेको छैन । हाल कम्पनीमा २२ सय क्वीन्टल चामल मौजदात रहेको छ । टेण्डर स्वीकृत हुुने बित्तिकै चामल ढुुवानी हुुने कम्पनीले जनाएको छ ।

प्राकृतिक विपदमा परेर होस् या अन्य अवस्थामा पनि समस्यामा परेका नागरिकको संरक्षण गर्नु राज्यको दायित्व हो । गास, बास र अवासजस्ता आधारभूत मौलिक अधिकारको सुनिश्चितता गर्न सरकार सधैँ तत्पर हुनुपर्दछ । त्यसमाथि अहिले मूलुकमा तीन तहका सरकार छन् । गाउँगाउँमा स्थानीय सरकार छन् । तर यस्तो समयमा पनि नागरिकहरू खाद्यान्न संकटसँग जुध्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण कुरा हो । सरकारी प्रक्रियामा ढिलाई भएर नागरिकले भोकै बस्नुपर्ने अवस्था अन्त्य गर्न सरकार संवेदनशील हुनुपर्दछ । स्थानीय उत्पादनका लागि तत्काल विकल्प नभएकाले खाद्य कम्पनीको चामल ढुवानीको टेण्डर प्रक्रियालाई जतिसक्दो छिटो टुँग्याएर भोकमरीको चपेटामा परेको खत्याडमा खाद्यान्न पु¥याउनेतर्फ तीनै तहका सरकारको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७९, बिहीबार ०५:०३