बालिकाहरूको शिक्षा अधिकारका लागि संवाद

सुर्खेत: हिंसा प्रभावित महिला तथा बालिकाहरूको शिक्षा अधिकारका लागि संवाद गरिएको छ । बुधवार वीरेन्द्रनगरमा आयोजित उक्त कार्यक्रममा बालिकाको सिकाई उपलब्धी बढाउने विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग संवाद गरिएको हो ।

हिंसा प्रभावित महिला तथा बालिकाहरूको शिक्षा अधिकारका लागि गर्न सकिने पहलका विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो । शिक्षक समाज सुर्खेतका अध्यक्ष अमृता सापकोटाले पालिकाहरूले शिक्षा क्षेत्रमा नीति कार्यक्रम र योजना बनाउनु पर्ने बताइन् । निःशूल्क, गुणस्तरीय र सर्वसुलभ शिक्षा भनिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । स्थानीय सरकार बढी उत्तरदायी बन्नुपर्ने भन्दै उनले शिक्षामा लगानी न्यून रहेको बताइन् ।

नागरिक समाजका प्रतिनिधिहरूले सरकारले चाहेमा निःशूल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव रहेको बताएको थिए । स्थानीय सरकारले शिक्षामा लगानी नगरेको उनीहरूको निष्कर्श थियो । पूर्वाधारमा जोड दिने पालिकाहरूले शिक्षामा लगानी बढाउनुपर्ने बताएका थिए । कर्णाली प्रदेश बाल सञ्जालका गौमाया अधिकारीले पाठ्यपुस्तक विनै परीक्षा दिनुपर्ने बाध्यता सुनाइन् । वार्षिक परीक्षाविना पुस्तक पढेर दिनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) कर्णाली प्रदेश संयोजक भूपेन्द्र कँडेलले स्थानीय सरकारसँग गुुणस्तरीय शिक्षाका सवालमा छलफल भइरहेको बताए । उनले भने, ‘स्थानीय र प्रदेश सरकारलाई नागरिक स्तरबाट पैरवी र खबरदारी आवश्यक छ ।’

सोही कार्यक्रममा नेपालमा महिला श्रमिकका सन्र्दभमा रहेका चुनौती र अवसरका विषयमा छलफलसमेत गरिएको थियो । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज संस्थाकी निशा पौडेलले आमा हिंसा पीडित हुँदा बालबालिका पढाइबाट वञ्चित हुनु परिरहेको बताइन् । उनले भनिन्, ‘बालविवाह, बहुविवाह हुुँदा बालबालिकाको जन्मदर्ता बन्दैन । विद्यालय भर्ना गर्न समेत समस्या हुन्छ । कार्यक्रममा सहभागी हिंसा पीडित महिलाहरूले हिंसा न्यूनीकरणका लागि गाउँघरमा सचेतना मूलक कार्यक्रम गर्नुपर्ने बताएका थिए । उचित राहत र पुनस्र्थापनाका लागि पहल गरिदिन उनीहरूको माग छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोग, सुन्दर नेपाल संस्था, आवाज संस्था सुर्खेत, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको समन्वय र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा कार्यक्रम भएको हो ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७९, बिहीबार ०५:०२