स्वास्थ्य सेवामा सुधार

कर्णाली प्रदेश अस्पतालको स्तरोन्नति हुँदैछ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल विकास भइरहेको छ । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि धमाधम अघि बढाएको हो । पाँच सय सै®यासहितको बनाउन पूर्वाधार निर्माण गर्न थालिएको छ । अस्पताललाई पाँच सय सै®याको बनाउने गरी भवनको तला थप्न लागिएको हो । अहिलेको भवनमा एक तला थप भएपछि दुई सय बेड विस्तार गर्न सकिनेछ । अस्पतालले अहिले करिब तीन सय सै®यामार्फत सेवा दिइरहेको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको हो । सुविधा सम्पन्न र स्तरीय अस्पताल बनाउने गरी काम अघि बढिरहेको छ ।

भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र रिफर गर्न नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको जनाइएको छ । सेवा विस्तार अन्तर्गत हालै मात्र अस्पतालले मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याएको छ । अहिलेसम्म मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यता थियो । अब भने मानव अङ्ग प्रत्यारोपणजस्तो जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । अस्पतालले क्रमशः अन्य महङ्खवपूर्ण सेवा पनि विस्तार गर्दै जाने योजना बनाएको छ । बाल अस्पतालको निर्माण गरी सेवा प्रवाह गर्नेदेखि क्यान्सर रोगीको उपचारका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने योजनासमेत अस्पतालले अघि सारेको छ । मुटुका रोगीहरूको लागि क्याथ ल्याव तथा डाक्टरको सुविधासहित सेवा सञ्चालन र ट्रमा सेन्टर स्थापना र सञ्चालन गर्ने योजना बनाइएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजि, डर्माटोलोजी, न्यूरो सर्जरी र स्पाईन सर्जरी सेवा थप गरेको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान प्रक्रियामा रहेको छ । यो वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बिमा सुरु गरेको छ ।

अर्कोतर्फ अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारेर सरोकारवालाहरूसँग छलफल भइसकेको छ । पूर्वाधारका हिसाबले अहिले पनि प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सकिने डा. खड्का बताउँछन् । यद्यपि, आवश्यक प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । सेवामा सुधार र विस्तार भएसँगै स्वास्थ्यमा नागरिक पहुँच पनि विस्तार हुँदै जानेछ ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७९, मंगलवार ०५:०३