यसरी बनाइएको थियो ‘वीरेन्द्रनगर गुरूयोजना’

माधवभक्त माथेमा

५० वर्षको दौरानमा वीरेन्द्रनगर धेरै परिवर्तन भएछ । हुने स्वभाविक पनि हो । अहिले धेरै घरहरू बनेछ । राजमार्गभन्दा दक्षिणतिर पनि धेरै घरहरू बनेछन् । सुरुवातमा त म कहाँ आएको छु भन्ने लाग्यो ।

सहरीकरणको बाटोमा वीरेन्द्रनगर अघि बढिरहेको छ । यसमा विभिन्न समस्याहरू हुने कुरा स्वभाविकै हो । ट्राफिक व्यवस्थापनदेखि वातावरण संरक्षणको कुरामा वीरेन्द्रनगर अलिक अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

५० वर्षअघि म सुर्खेत आउने योजना एक्कासी बनेको थियो । म भर्खर अमेरिकाबाट ‘अर्बन प्लानिङ’ मा मास्टर्स गरेर नेपाल आएको थिएँ, कोठाभित्र पस्ने बित्तिकै चिफ इञ्जिनियरले सुर्खेत जानुप¥यो भन्नुभयो । त्यतिखेर मलाई सुर्खेत भन्ने थाहा पनि थिएन । वीरेन्द्रनगर कहाँ पर्छ भन्ने थाहा थिएन । तर म जान्छु भनेँ । २८ वर्षको ठिटोमा जोश बढी हुन्छ, होस् अल कम हुन्छ । त्यही जोशमा निर्णय गरेको थिएँ ।

त्यतिबेला वीरेन्द्रनगर कहाँ छ भन्ने कुरा काठमाडौंका धेरैलाई थाहा थिएन । मैले दुई महिनासम्म खोज्दै हिँडे । आखिरमा, राष्ट्रिय योजना आयोगमा हर्क गुरुङ हुनुहुन्थयो, उहाँलाई वीरेन्द्रनगर कहाँ छ भनेर सोध्दाखेरी, ‘वीरेन्द्रनगर पश्चिममा छ’ भन्नुभयो । अरु साथीहरूसँग पनि सोधखोज गरेँ । त्यसपछि संयुक्त राष्ट्रसंघ विकास परियोजनाको जहाजमा १५ हजारमा चाटर्ड गरेर हाम्रो चार जनाको टोली यहाँ आएको थियो ।

हामीले जब नगरयोजना बनाउन सुरु ग¥यौँ, त्यतिखेर यहाँको भूगोललाई तीन चरणमा बाँडेका थियौँ । एउटा पूर्वको ईत्राम खोलादेखि पश्चिम खोर्के खोलाको बीचको भागलाई सरकारी लगानीमा सहरी विकास गर्ने भनेका थियौँ । त्यसभन्दा उता भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्ग भन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रूपमा विकास गर्ने योजना बनेको थियो । हामीले २५ वर्षको अवधि ख्याल गरेर नगर योजना बनाएका थियौँ ।

हामीले खोर्के लाइनदेखि रत्न राजमार्गलाई जोड्ने गरी मात्रै सुरुवाती गुरुयोजना बनाएका थियौँ । सरकार (राजा)लाई चढाउँदा खेरी त्यो बुझाएका थियौँ । पछि क्याबिनेटबाट निर्णय भएपनि सबै भ्यालीलाई नै बनाउने कुरा भयो । आधा भूभागलाई हामीले ‘एग्रिकल्चर’ एरिया भनेर राखेका थियौँ । त्यो बेला नै एक सय वर्षपछिको परिकल्पना गर्नु उपयुक्त थिएन । हामीले २५ वर्षको अवधिलाई भनेर गुरुयोजना बनाएका थियौँ । प्रशासनिक केन्द्र बनाउनुपर्ने भएकाले हामीले अलिक समय चाहिँ लाएका थियौँ । त्यो बेला विभिन्न सरकारी मन्त्रालय र अर्ध–सरकारी विभागहरूको अफिसहरू विशेषगरि खाद्य, कृषि, इञ्जिनियरिङ लगायतका कार्यालयहरू राख्ने भनेर तयार ग¥यौँ । भोलि गएर जनसंख्या वृद्धि हुने उद्देश्यसहित हामीले योजना बनाएका थियौँ । गुरुयोजना बनाउने बेला नै वैकल्पिक गुरुयोजनाको परिकल्पना गरिएको थियो । अहिलेको विमानस्थल बाहेक देउती बज्यै क्षेत्रमा पूर्व–पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रूपमा हेरेको भएपनि त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल हुन सकेन । उपत्यका ठूलो भएकाले नेपालगञ्जलाई यो क्षेत्रको हवाई हब बनाउने बारेमा पनि सोचिएको थियो । पहिलेको योजना सफल नहुँदा अबको समयमा संरचना विकास गरेर वीरेन्द्रनगर उपत्यकामा ठूला विमान चलाउने सम्भावना कम देख्छु ।

गुरुयोजना बनाउने बेला नै वैकल्पिक गुरुयोजनाको परिकल्पना गरिएको थियो । अहिलेको विमानस्थल बाहेक देउती बज्यै क्षेत्रमा पूर्व–पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रूपमा हेरेको भए पनि त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल हुन सकेन । उपत्यका ठुलो भएकाले नेपालगञ्जलाई यो क्षेत्रको हवाई हब बनाउने बारेमा पनि सोचिएको थियो । पहिलेको योजना सफल नहुँदा अबको समयमा संरचना विकास गरेर वीरेन्द्रनगर उपत्यकामा ठूला विमान चलाउने सम्भावना कम देख्छु ।

इत्रामतिर अलि बस्ती थियो । राजमार्गभन्दा तल्लो भाग त पुरै कृषि क्षेत्र थियो । सुरुमा एउटा ‘प्लानिङ’ टिम भन्ने थियो । त्यसपछि नगर विकास समितिको कार्यालय बन्यो । त्यहाँ पनि इञ्जिनियरहरू थिए भने मेरो टोलीमा पनि इञ्जिनियर, आर्किटेक्सलगायता सबै थिए । तर धेरैजसो साथीहरू यहाँ आउन सक्नुभएन । यहाँ आउनेमा म र विशेषगरि मेरो साथी प्रदीप भट्टराई थियौँ । त्यो समयमा विस्थापित परिवारलाई घडेरी व्यवस्थापन गरिदिने कुरा पनि योजनामा थियो । सीमित घडेरी केही परिवारलाई वितरण गरिएको थियो । त्यो बेला बिगाहको ६ हजार थियो । नगर गुरुयोजना बन्नुभन्दा पहिला एउटा घडेरीको तीन सय मूल्य थियो । पछि नगर गुरुयोजना बन्दाखेरि त्यसको ‘इम्प्याक्ट’ प¥यो र अहिले बजारक्षेत्र रहेको ठाउँमा घडेरीको ६० हजार थियो । म २०४३ सालसम्म यहाँ बसेको थिएँ ।

त्यो बेला सवारी साधन, इँट्टा, बयलगाडा, सिमेन्ट केही पनि थिएन । सुर्खेतमा आउँदै गर्दा जताततै भोकमरी थियो । सुरुमा सरकारी लगानीमा सहरको विकास गर्ने योजना बनेको थियो ।

जब २०२९ माघ १६ गतेतिर हुनुपर्छ सायद जब वीरेन्द्रनगरको गुरुयोजना यस्तो बन्छ भनेर ‘प्रिजेन्टेशन’ गरेको थिएँ । राती २ बजेसम्म वीरेन्द्रनगरको बारेमा छलफल भएको थियो । आर्थिक, सामाजिक रोल के हो ? जनतालाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको थियो । राजालाई मन परेर होला ओके गर्नुभयो । त्यसपछि नगर योजना सदर भयो र क्याबिनेटमा गएको थियो । त्यतिबेला नेपालको ग्रामीण क्षेत्र निकै पिछडिएको थियो । निकै ‘च्यालेञ्ज’ थियो ।

वीरेन्द्रनगरलाई यहाँको मौलिक सहरका रूपमा विकास गर्ने योजना बनेको थियो । म सुर्खेत आउँदा यहाँ ठूलो भोकमारी थियो, गरिबीको महशुस गरेँ । जसका कारण नेपाल बाहिरका सहरको परिकल्पना गरेर योजना बनाइन् ।

अहिलेका गुलमोहर फूलका बिरुवाहरू भारतको लखनउबाट १०० रूपैयाँमा किनेर ल्याएका थियौँ । ‘अर्वट ट्रि’ सहरमा लगाउने बिरुवा । रुख लगाउनको लागि निकै विचार गर्नुपरेको थियो । खासै सहयोग मिलेन, कल्किफूल, असारेफूल नेपालगञ्जबाट ल्याएका थियौँ । रुखको विशेषता भनेको वातावरणलाई राम्रो बनाउन थियो ।

त्यतिबेलाको रमणीय स्थान अहिले गयो, शौन्दर्य हराएको पाइयो । अहिले नेपालगञ्ज, बुटवलजस्तो देखिने भयो । वीरेन्द्रनगरलाई चिनाउने चिज भएन । राजाले चाहेको ‘ब्युटीफूल सिटी’ बन्न अझै धेरै काम गर्नुपर्छ । यद्यपि, नगरपालिकाको दोष चाहिँ होइन । तर अहिले बनिरहेका घरहरू कुन खालको बनाउने विचार गर्नुपथ्र्यो । केन्द्रबाट आउनुपर्ने ‘टेक्निकल इन्पुट’ पुगेन । अहिले भौतिक विकास चाहिँ भएको छ । तर नगर योजना सञ्चालन कसरी भएको छ ? भन्ने कुरा बुझ्न पाएको छैन ।

(कर्णाली उत्सवमा सहभागी हुन सुर्खेत आएका माथेमाको वीरेन्द्रनगरको गुरुयोजना बनाउँदाको सम्झना साटेका हुन ।)

प्रकाशित मितिः   ७ फाल्गुन २०७९, आईतवार ०५:०३