पर्यटनमा लगानी

कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रहरूको कमी छैन । हरेक जिल्लामा महङ्खवपूर्ण पर्यटकीय स्थल छन् । ऐतिहासिक र पुरातात्विक वस्तुहरू छन् । धार्मिक तथा सांस्कृति दृष्टिले पनि प्रख्यात छन् । पर्यटन विकासको प्रचुर सम्भावना बोकेका छन् । तिनले प्रत्येक जिल्लाको परिचय र पहिचान बोक्ने सामथ्र्य राख्दछन् । आन्तरिकदेखि बाह्य पर्यटकसम्म आकर्षित गर्ने क्षमताका पर्यटकीय स्थलहरूले पर्याप्त संरक्षण भने पाएका छैनन् । जसले गर्दा ओझेलमा परेका छन् । प्रदेशको पहिचानका साथसाथै यहाँको आर्थिक तथा सांस्कृतिक विकासमा महङ्खवपूर्ण योगदान पु¥याउन सक्ने यस्ता पर्यटकीय स्थलहरूको उचित संरक्षण, प्रचार तथा विकासमा राज्य संवेदनशील बन्न सकेको छैन । मुलुकमा तीन तहका सरकार हुँदा पनि पर्यटन विकासमा आवश्यक प्रगति हुन सकेको छैन ।

कर्णाली थुप्रै पर्यटकीय स्थलहरूमध्ये कालीकोटको महाबुधाम एक हो । महाबै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ । भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन् । धामसम्म पुग्नलाई पर्यटकहरूले निकै सास्ती खेप्नुपर्छ । थुप्रै अप्ठ्याराहरू झेलेर भएपनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोेकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन् । कालीकोट र दैलेखको सीमानामा रहेको धाममा आवागमनमा खुबै सास्ती हुने गरेको हो । महाबै गाउँपालिकासँग पर्यटकीय स्थलको विकास र प्रवद्र्धनका योजना भएपनि स्रोत–साधन सीमित हुँदा आवश्यक लगानी हुन सकेको छैन । तर पालिकाले पूर्वाधार विकासमा भने पहल गरिरहेको छ । कालीकोटकै चंखेली गाउँपालिका पनि पर्यटकीय क्षेत्रको विकासमा पहल गरिरहेको छ । पालिकामा रहेको तातोपानी क्षेत्रलाई प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न योजनाहरू अघि सारिएको छ । तर, त्यसका लागि लगानी गर्ने बजेटको भने अभाव छ । यस्तै दैलेखको नौमुले गाउँपालिका–३ स्थित द्वारी झरना पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । भौगोलिक विकटताले गर्दा झरना ओझेलमा परेको छ । पालिकाले उक्त स्थानसम्म पुग्न सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । पर्याप्त बजेट नहुँदा लामो समयदेखि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । संघीय सरकारको समपूरक बजेटमा पालिकाले काम सुरु गरेपनि बजेट अपुग छ ।

पालिकाहरूमा रहेका पर्यटकीय स्थलहरूमा कतिपयमा पूर्वाधारको अभाव छ भने केही प्रचारप्रसारको अभावमा ओझेलमा छन् । आर्थिक विकासको आधार पर्यटन क्षेत्र भएकाले यसको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष ध्यान दिन जरुरी छ । यसमा तीनै तहका सरकारको सहयकार्य अपरिहार्य छ । पर्यटन क्षेत्रको विकासको आर्थिक क्षेत्रमा सुधारका साथै गरिबी निवारणमा समेत योगदान दिनसक्दछ ।

प्रकाशित मितिः   १५ माघ २०७९, आईतवार ०५:०३