एसईईको तालिका सार्वजनिक

सुर्खेत: राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिवार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । तालिका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा सञ्चालन गरिनेछ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।

प्रकाशित मितिः   १५ माघ २०७९, आईतवार ०५:०१