ह्याण्डबल प्रतियोगिता सम्पन्न

सुर्खेत: जिल्लास्तरिय अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला ह्याण्डबल संघ सुर्खेतले आयोजना गरेको प्रतियोगिता माघ ६ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन गरिएको थियो । शनिवार प्रतियोगिता समापन गरिएको हो ।

प्रतियोगितामा छात्रतर्फ आदर्शराज मेमोरियल स्कुल प्रथम भएको छ । १९ टिमले सहभागिता जनाएको प्रतियोगितामा आदर्शराज प्रथम हुँदा साउथ एसियन एकेडेमी द्वितिय र शिव माध्यमिक विद्यालय लाटीकोइलीले तृतीय स्थान हासिल गरेका छन् ।

यस्तै, छात्रातर्फ एसओएस हर्मन माइनर स्कुल प्रथम भएको छ भने पब्लिक एकेडेमी द्वितिय र सनसाइन एकेडेमी तृतीय भएका छन् । छात्रातर्फ १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा उत्कृष्ट हुने टिमलाई पदकसहित पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगिताको समानपन कार्यक्रम जिल्ला ह्याण्डबल संघका अध्यक्ष महेन्द्र पुनको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रकाशित मितिः   १५ माघ २०७९, आईतवार ०५:०१