घुर्मैलो राजनीति

खरोविचार

सामान्य दिमागले अरु व्यक्ति तथा घटनाको र असाधारण दिमागले विचारको वकालत गर्छ । वकालत गर्न विचार नै उठ्नु पर्छ । विचार उठ्न नसके साँचोमा ढाल्न वर्ग संघर्षका विषयहरूको राम्रो जानकारी हुनुपर्छ । पीडक र पीडित अथार्त् उपल्लो र तल्लो वर्गको बीचमा लेनदेनका विषयमा समेत पलपलमा विवाद भएको थियो छ र हुनेछ । धनी वर्गका हरेक व्यक्ति सामन्त हुँदैनन् र गरिब परिवार सबै असल हुँदैनन् । भन्नुको अर्थ असल संस्कार र सभ्यताले मानवलाई असल बनाउ“छ । दुनियाँमा शिक्षित त सबै छौँ तर पनि शिक्षित भएर मात्र पुग्दैन । शिक्षाले मानवलाई विवेकी नबनाएसम्म मानव पढेर मात्र शिक्षित भएर पुग्दैन र मात्र हुँदैन । व्यावहारिक ज्ञान र सीपले मानवलाई भलाद्मी बनाउँछ र ठालु हुन रोक्छ ।

समाजको विगत र वर्तमानको अध्ययन एवम् आकलन् गरेर भविष्यको लक्ष्य निर्धारण गर्नु मानव धर्म हो । शिक्षाले मानवलाई विवेकी बनाउन र शिक्षित हो भन्ने देखाउन सक्नुपर्छ । दुनियाँमा कुनियाँका दरमा धेरै मानव जाति शिक्षित थिए तर पनि तिनले मात्र विवेक राम्रोसँग चलाउन नजान्नाले मानव अन्य जातिको हकका बारेमा स्वयम् शिक्षित व्यावहारिक ज्ञान नदेखाउँदा इट्टा भट्टामा कामदारलाई पोल्ने जस्ता मानव विरोधी काम गरेर आज पनि दानवीय रूपमा परिचय दिएको अवस्था छ । अविवेकी मानवले उल्टो निर्णय गर्छ । निर्णय उल्टो मात्र हुँदा दिन र रात झैं फरक पर्छ । बाहिर बसेकाहरू कारागार चल्छन् र जेलका बाहिर । सत्ताधारी विपक्षी र विपक्षीहरू सत्तामा पुग्छन् । निर्णय तहमा पुग्दा विवेक प्रयोग गर्नैपर्छ । शिक्षित र विवेकी हुनका लागि घरायसी ज्ञान, संस्कार र सभ्यताले निक्कै प्रभाव पार्छ जो मातृजीन वंश, संस्कार, ज्ञान, सीप र सभ्यताले मानवलाई विवेकी निर्णय दिन उत्प्रेरणा जगाउँछ । विवेकी निर्णयले व्यवहार र कानुन बमोजिमको अनुभवीले उचित उल्टो नहुने निर्णय दिन उत्पे्ररणा दिन्छ र हुन्छ ।

आज नेपालको इतिहासमा नभएको एक घटना भएको छ । अपरिपक्व राजनैतिक घटना र जसले संसद्मा प्रतिपक्षको भूमिकामा बस्ने कोही भएनन् । सबैलाई सत्तामा जानै पर्ने भयो । नेपाली कांग्रेसले आफै ‘मपाईं’ को राजनीतिमा अल्फाालियोे । आजका मितिसम्ममा उसले मुलुक उकास्न कसरत नगरी कार्यकर्ता भरणपोषणमा जम्यो । जो जे भएपनि विचारै नगरी सत्ताका लागि उत्तरपन्थीहरूसँग काँधमा काँध मिलाउनु र जनतालाई लत्याई भत्ता र सत्ताका लागि व्युतिने उसको रणनीति र कार्यनीति बन्यो । जनसेवा नै धर्म हो भन्ने बिर्सिएर जनतामा जानका लागि गठबन्धन गरेर चुनावमा गयो । नतिजा सामान्य आयो । आफै दुख पायो ।

कांग्रेसको ढिपीगत निर्णयले उसका कार्यकर्ताले पाँच वर्ष पर बस्ने भए । किन कांगे्रस गलत काममा अगाडि आयो ? कांग्रेसलाई पछि धकेल्ने उसैका नेता र कार्यकर्ता हुन् । आज कांग्रेस अत्तालिएको अवस्थामा भौतारिने अवस्थामा उसले सत्ताका लागि जो जे गर्न पनि पछि छैन । ‘घोडाको थोलो झरला र खाउँला–पिउँला’ भने झैं स्यालसरीको प्रत्यक्ष प्रतिपक्ष पनि सत्तापक्षमा विनानिम्तोको पाहुना बन्यो । आफुलाई आफै चिनेन कांग्रेसले किन ?

संवैधानिक व्यवस्था बमोजिम प्रतिपक्षविनाको लोकतन्त्रको विकल्प निर्दल अर्थात् एकदलिय व्यवस्था नै हो । किन अवसर दियोः लोकतन्त्र विफल बनाउन पुँजीवादी दलले ? नेपालमा अब समाजवादको लागि वामपन्थी पछि हटेको अवस्था पनि हाम्रा अघि चुनौती छ । नेतागण पनि सचेत र सजग छैनन् वामपन्थी खेमामा ? तिनलाई के आफ्नै वर्गका बारेमा जानकार थिएनन् र ? ‘हलीका आतमा हलो बल्लका काँधमा’ भनेझैं तिनका जनप्रतिनिधीहरू पनि वर्गको वकालत गर्न किन छोडे ? के वर्ग र गोरुका हकहितका बारेमा जानकार थिएनन् र छैनन् किन ? देश बनाउन शपुतहरू गोरुका भेषमा काँधमा हलो र जुवा बोकेर गल्ति भएमा लट्ठी खान र फासीमा झुण्डिन पनि तयार थिए र छन् । शहिद भए कति जना ? शहिदको मर्म र धर्म नबुझेर आज देशका हलीले लोकतन्त्रलाई विपक्षीविहिन अवस्थामा गिराए । तिनलाई के नेपालको संविधानका बारेमा ज्ञानै थिएन भन्न मिल्दैन । बुझेर पनि संविधानको अवज्ञा भयो र पछिल्लो समयमा कांग्रेस प्रतिगमनको गोटी बन्यो । ‘पहिलो दल हुँ’ भन्नेले कानुनबमोजिम सरकारमा जाने र नेतृत्व गर्ने क्षमता र विस्वास नपाएपछि बलियो विपक्षीको भूमिकामा हटेर आम नागरिक समाजदेखि विमुख भयो । उसको लोभमा राष्ट्रपति वा सभामुख पदका लागि लोकतन्त्रलाई धरौटीमा राख्न पुग्यो । सत्ताधारी र प्रतिपक्ष दुवैमा उसले दावी गरेर संसद्लाई बन्धकमा बन्दी बनाइ आफै लामो दल हुँ भन्छ कांग्रेस । माओवादी समेतको सहयोगमा लामो बनेकोले आम मतदाताका मतका आधारमा एमाले पो हो त सबैभन्दा ठूलो दल ? एमालेलाई जनताको जनविस्वास थियो, छ र रहिरहने छ । माओवादी अघि बढ्दा खौलिएको कांग्रेसका कार्यकर्ता बौलिएका छन् । तिनले बिहानीलाई साँझ र साँझलाई प्रातकाल भन्दै अत्तालिएको अवस्था छ । जनमतको कदर नगर्दाको बिजोग हो लामो दलको र आज गुमेको जनविस्वास फिर्ता लिनका लागि उसलाई हम्मेहम्मे थियो, छ र हुनेछ ।

निर्वाचनमा पञ्चदल एकातिर र एक्का एमाले अर्कातिरको अवस्थामा जनताले एमालेलाई पहिलो सधैका लागि बनाएका छन् । बढीमा पाँच वर्षका लागि लामो दल हो कांग्रेस । एमालेको दुक्कीले पनि कांगे्रसको एक्का घोप्टिन्छे । यो विचार मेरो निजी नभइ जनताको चुनावको नतिजा हो । काँधमा जुवा बोकेर आफू हली बनेर माके एमालेलाई हलोमा नाढी हलो जोत्ने लामो दलको दिवा सपना मतदाताले सिसा फुटाए झैं फुटाइ सकेका छन् । बलियो प्रतिपक्षको भूमिकामा पीर्कामा बसोस् लामो दल । विचौलियाको सेवामा नजागी गरिबीका रेखामुनीका जनताको वकालतमा लागोस् र जागोस् नेपाली कांग्रेस र यी यै हो मेरो शुभकामना लामो दललाई । भोका पेटलाई पाको फल चाहिँदैन र काँचो पनि पचाउँछ । गरिबीका रेखामुनीका जनताको कर्णालीमा मात्र यस्तो छ पछिल्लो तथ्याङ्क जुनः यस्तो दिन सकिन्छ । आज पनि हरेक जिल्लामा एकलाखका दरमा गरिब नागरिक बसोबास गर्दछन् कर्णालीमा । तिनका हकहितका बारेमा कसैलाई पनि चासो छैन किन ? काठमाडौंले त पछि धकेलेको थियो र आज किन कर्णालीले आफैलाई पछि धकेले वा अगुवाले पछि धकेले ? चासो र चिन्ताको विषय यही हो ।

प्रकाशित मितिः   ८ माघ २०७९, आईतवार ०५:०३