कृषिमा युवा

नेपाल कृषिप्रधान मूलुक हो । तर यहाँको कृषि प्रर्णाली भने परम्परागत छ । जसले गर्दा लगानीअनुसार आम्दानी नहुने समस्या यथावत छ । यद्यपि, पछिल्लो समय परम्परागत खेती प्रर्णालीमा सुधार हुन थालेको छ । कृषिकर्ममा युवा पुस्ताको आकर्षण बढ्दै गएसँगै व्यावसायिक खेती फस्टाएको हो । तरकारी खेतीमा युवाहरू ऋाकर्षित भइरहेका छन् । उच्च शिक्षा हासिल गरेका युवाहरूले खेती गर्न थालेपछि यसले समाजमा सकारात्मक सन्देश समेत पैदा गरेको छ । पढेकाहरूले अन्य जागिर गर्ने र नपढेकाहरूले खेती गर्ने भन्ने परम्परागत गलत बुझाइमा बदलाव आउन थालेको छ । यसले एकातिर सामाजिक चेतना विकास गराएको छ भने अर्कोतर्फ तरकारीमा आत्मनिर्भर बनाउन योगदान पु¥याएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कृषिकर्ममार्फत कैयन् युवाहरू उदाहरणीय बनेका छन् ।

दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका ३५ वर्षीय रोहित भण्डारी व्यावसायिक तरकारी खेती गर्छन् । झन्डै एक दशकदेखि तरकारी खेतीमा लागेका उनी जिल्लामा सफल कृषकको रूपमा परिचित छन् । १५ रोपनी जग्गामा तरकारी खेती गरिरहेका उनले पाँच वटा टनेल बनाएका छन् । जहाँ मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । पहिलेजस्तो तरकारी डोकोमा बोकेर बजारसम्म पुु¥याउनुुपर्ने समस्या अहिले छैन । सहकारीको गाडी तरकारी खोज्दै बारीमै आइपुुग्छ । यस्तै वीरेन्द्रनगर–२ की रमा आचार्य ३० वर्षकी भइन् । उनी व्यावसायिक च्याउ खेती गर्छिन् । उच्च शिक्षा हासिल गरेकी उनी २०७५ सालमा व्यावसायिक रूपमा च्याउ खेतीमा छिन् । त्यस्तै बराहताल गाउँपालिका–५ का युवा गंगाराम लामिछाने कृषि पेसामा तल्लीन छन् । झन्डै दुई दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनको व्यवसाय फस्टाएको छ । दुुई रोपनीबाट खेती सुरु गरेका लामिछानेले अहिले ६ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्छन् ।

गाउँ–गाउँमा सडक सञ्जाल पुगेसँगै पछिल्लो समय कृषकलाई निकै सहज भएको छ । कृषि प्रविधिले पनि पछिल्ला वर्षहरूमा युवाहरूलाई यो पेसाप्रति आकर्षित गरेको छ । रोग किराबाट बचाउन प्लाष्टिक टनेल र जोत्न हाते ट्याक्टरको प्रयोग हुन थालेपछि व्यावसायिक खेतीका लागि सजिलो हुँदै गएको हो । खुल्ला रूपमा तरकारी खेती गर्दा रोगकिराले सताउने समस्या हुन्थ्यो । चर्को घाम, अधिक वर्षा, शीतलहर तथा तुसाराले पनि तरकारीमा असर गथ्र्यो । अहिले भण्डारी, आचार्य र लामिछानेजस्ता अधिकांश व्यावसायिक कृषकले प्लाष्टिक टनेलभित्र तरकारी खेती गर्छन् । यसले उत्पादन बढ्नुका साथै घाम पानी र रोगकिराको आक्रमबाट सुरक्षा दिन्छ । सरकारी अनुुदानको लाभसमेत लिइरहेका उनले युवाहरूलाई सरकारी अनुदानले थप सहज बनाएको छ ।

प्रकाशित मितिः   ४ माघ २०७९, बुधबार ०५:०३