खेर गएको मत

कर्णाली प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सबै मतगणना सकिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फको नतिजा सार्वजनिक भइसकेको छ । यसपटकको निर्वाचनमा नागरिकको सहभागिता उल्लेख्य रहेन । अघिल्लो निर्वाचनको भन्दा कम मत खस्यो । नागरिकको निराशा निर्वाचनमा देखियो । एकातिर ठूलो संख्यामा मतदाता मतदानमै सहभागी भएनन् भने अर्कोतर्फ ठूलो संख्यामा मत बदर भएको छ । प्रदेशमा खसेको मतको सात प्रतिशत बदर भएको छ । कूल ६ लाख ३० हजार नौ सय ३३ मत खसेकोमा पाँच लाख ८७ हजार आठ सय २९ मत सदर भएको छ । प्रदेशभर समग्रमा ४३ हजार एक सय चार मत बदर भएको हो । अर्थात मतदानमा सहभागी मतदाताहरूमध्ये ४३ हजार बढी मतदाताको मतले खेर गएको छ ।

सुर्खेतमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी पाँच दशमलव ३५ प्रतिशत मत खेर गएको छ । प्रतिनिधिसभातर्पmको चार दशमलव २३ प्रतिशत र प्रदेशसभातर्फ तीन दशमलव ७८ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै हुम्लामा दुई दशमलव ११ प्रतिशत मत बदर भएको छ । सहरीभन्दा हिमाली तथा ग्रामीण क्षेत्रहरूमा बदर मतको प्रतिशत कम छ । दैलेखमा चार दशमलव ७८ प्रतिशत मत खेर गएको छ भने कालीकोटमा तीन प्रतिशत मत बदर भएको छ । जाजरकोटमा प्रत्यक्षतर्फ पाँच प्रतिशत र समानुपातिकतर्फ आठ प्रतिशत मत बदर भयो । मुगुमा प्रतिनिधिसभातर्फ दुई दशमलव पाँच प्रतिशत र प्रदेशसभातर्फ दुई दशमलव चार प्रतिशत मत खेर गएका छन् । रुकुम–पश्चिममा प्रतिनिधिसभा प्रत्यक्षतर्फ चार दशमलव ६८ प्रतिशत र समानुपातिकतर्फ पाँच दशमलव ७० प्रतिशत मत बदर भएका छन् । जुम्लामा प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ पाँच प्रतिशत ४७ र समानुपातिकतर्फ पाँच दशमलव ३४ प्रतिशत मत बदर भए भने प्रदेशसभामा ६ दशमलव ४२ प्रतिशत मत बदर भयो ।

यसरी ठूलो संख्या म तबदर हुनुमा मतदाता शिक्षाको कमी देखिन्छ । अर्कोतर्m दलहरूको चुनावी गठबन्धनका कारण मतदाताहरू अलमलमा परेकाले ठूलो संख्यामा मतपत्र बदर भएको आकलन गरिएको छ । यसपटक आयोगले मत बदर घटाउन मतदाता शिक्षामा जोड दिएपनि बदर मत अपेक्षित रूपमा नघटेको पाइएको छ । गएको स्थानीय तह निर्वाचनमा देशभर दुई दशमलव चार प्रतिशत मत बदर भएको थियो । चुनावी अभियान अन्तर्गत घरदैलोमा जोड दिँदै आएका राजनीतिक दल र उम्मेदवारहरूले पनि मतदाता शिक्षामा भने बेवास्ता गर्दै आएका छन् । जसले गर्दा हरेक निर्वाचनमा ठूलो संख्यामा मत खेर गइरहेको छ ।

प्रकाशित मितिः   १६ मंसिर २०७९, शुक्रबार ०५:०३