दुव्र्यसनको जालो

लागूऔषधको प्रयोग समाजको ठूलो समस्या बनेको छ । कर्णाली प्रदेशमा पनि लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । तथ्याङ्कले देखाउँछ, यहाँ दिनप्रति दिन प्रयोगकर्ता र कारोबारको सञ्जाल बढ्दो छ । यो डरलाग्दो अवस्था हो । लागूऔषध मानव स्वास्थ्यका लागि हानिकारक छ । केवल व्यक्तिका लागि मात्रै होइन परिवार र समाजकै लागि यो घातक वस्तु हो । तर यसको प्रयोग बढ्नु चुनौतीपूर्ण छ । सिङ्गो मुलुककै चुनौती हो, यो । प्रहरी तथ्याङ्कले कर्णालीमा बर्सेनि लागूऔषधको दुव्र्यसनी बढ्दै गएको देखाएको छ । अहिले प्रदेशका हिमाली जिल्लासम्म यसको जालो फैलिएको छ । प्रदेश राजधानी सुर्खेत लागूऔषध ओसारपसारको सजिलो मार्ग बनेको हो । यसले भयावय भविष्यको संकेत गर्दछ । समयमै यसलाई रोकथाम तथा निन्यण गर्न सकिएन भने केही वर्षपछि लागूऔषध नै सबैभन्दा ठूलो समस्या बनेर आउनेछ ।

भारतसँगको खुला सीमानाका कारण ओसारपसार गर्नेहरूले नेपालगञ्ज हुँदै लागूऔषध सुर्खेतसम्म ल्याउने र यहाँबाट हिमाली जिल्लासम्म पु¥याउने गरेका हुन् । लागूऔषधको प्रयोग तथा ओसारपसारमा १५ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरू संलग्न हुने गरेका छन् । ओसारपसारमा बालक र महिलाहरूको पनि संलग्नता बढ्दो छ । पक्राउ पर्नेमध्ये कतिपय आफै लागूऔषधको दुव्र्यसनमा लागेका र केही भने ओसारपसारको काम मात्रै गर्दै आएको भेटिन्छन् । दुव्र्यसनमा पर्नेमा भने युवा पुस्ता र स्कुले बालबालिकाहरूको संख्या बढी छ । उनीहरूले ब्राउनसुगर, गाँजा, चरेश तथा विभिन्न ट्याब्लेटहरू प्रयोग गर्ने गरेको पाइएको हो । प्रहरीले कर्णालीका जिल्लाहरूमा हरेक वर्ष ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गर्दै आएको छ । चालु आर्थिक वर्षको झन्डै साढे ६ महिनाको अवधिमा सुर्खेत प्रहरीले मात्रै ६४ जनालाई रंगेहात पक्राउ गरी उनीहरूविरुद्ध ३५ वटा मुद्दा चलाएको छ । बरामद हुने लागूऔषधको परिमाणले पनि यहाँ कारोबार तथा सेवनकर्ताहरू बढ्दै गएको देखाउँछ ।

लागूऔषध नियन्त्रणका लागि प्रयासहरू पनि भइरहेका छन् । कानुनले यसको प्रयोग र कारोबारमा रोक लगाएको छ । सरकारी तथा विभिन्न गैरसरकारी सघं–संस्थाले विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोग र कारोबारमा कमी आउन सकेको छैन । अर्को डरलाग्दो तथ्य के पनि हो भने किशोर तथा युवा पुस्तामा लागूऔषधको लत बढ्दो क्रममा पाइएको छ । परिवार तथा अभिभावकको हेलचक्य्राइँ र निगरानी अभावमा किशोरावस्थाको पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेको हो । आजको युवा पुस्ता नै मुलुकका भविष्य हुन् । जसलाई कूलतबाट जोगाउनु आजको आवश्यकता हो ।

प्रकाशित मितिः   १२ माघ २०७८, बुधबार ०५:०३