कविता

प्रश्नहरूको ताँती

यी शहरका गल्लीहरूमा
बेवारिसे भौतारिँदै हिँडेको
एउटा पागल जस्तै देखिने
यो कस्को छोरा हो ?
भ्रष्टाचार र बेथितिले बिरक्त हुँदै
आजात हुन नसकेको
पेन्डुलमको घडी जस्तै बनेको
सबैको गिद्दे नजर परेको
यो देश कसको हो ?
मलाई म हुन नदिएर
मलाई बेचैन राख्न सफल
राती अबेरसम्म सुत्न नदिने
यी यादहरू कसका हुन ?
दुनियाँको सबथोक व्यर्थ मान्दै
आफैभित्र आफैलाई नपाउँदा
अन्य विकल्पहरूलाई नकेलाई
आत्महत्यालाई पनि चुनौती दिने
यस्तो दुस्साहस कसको हो ?
अन्यायमा परेको देशलाई निकाश दिन नसक्ने
गरिबी र बेरोजगार दर कायम राख्ने
भ्रष्टाचारीलाई संरक्षण गरी यथास्थितिमा रमाउने
यो देश बनाउने नेतृत्व कसको हो ?
यहाँ यस्तै हुन्छ यस्तै चल्ने गर्छ
पूर्ण नभएका परिभाषाहरूलाई
पूर्ण नभएका उत्तरहरूलाई पनि
पूर्णता दिनु हामी÷हाम्रो बाध्यता हो !

– उपेन्द्र खड्का

प्रकाशित मितिः   १८ मंसिर २०७८, शनिबार ०५:०२