बर्खा नलाग्दै बाढी–पहिरो
- unsf]6, !! ;fpgM klx/f]df k’l/Psf] :sfe]6/ afun’ª gu/kflnsf! /fd/]vfsf] u0f]zyfg 3’D6Lb]lv lg/o3f6 ;8sdf zlgaf/ /flt v;]sf] ;’Vvf klx/f]n] k’/]sf] :sfe]6/ / l6«k/ . klx/f]df 6«ofS6/ / l6«k/ k’l/P/ j]kQf ePsf 5g . t:jL/ M v]d/fh uf}td÷ /f;;
सुर्खेत: हुम्लामा यो वर्ष पनि बेमौसमी बाढी आएको छ । बाढीले खेतियोग्य जमिन, विद्यालय, गोठ र पशुचौपायमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्लाको चङ्खेली गाउँपालिका वडा नं. ५ नेप्का गाउँमा गतराति खसेको पहिरोले आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ र चौपायमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए । ७५ घरधुरीको १५ रोपनी खेतियोग्य जमिन बगाएको खड्काले जानकारी दिए । बाढीले ५३ वटा भेडा मरेका छन् ।
गत वर्ष पनि हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठूलो क्षति पुगेको थियो । वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३ भिहीस्थित बैन्यामा ठूलो क्षति पुग्यो । करिब १५ मिनेटसम्म परेको मुसलधारे वर्षाले पसलमा क्षति पुगेको हो । उक्त वर्ष बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय र घरटहरामा समेत क्षति पुगेको थियो । अदानचुली–३ गोरपालीका धर्मराज बुढाको गोठ बाढीसहितको लेदोले पुर्दा २७ वटा बाख्रा मरेभने २० वटा बाख्रा बाढी पहिरोसँगै हराएका थिए ।
कमजोर भूवनोट अनि भौगोलिक विकटताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट धनजनको नाश भइरहेको छ । जहिल्यै प्राकृतिक विपद्को चपेटामा पर्छ, कर्णाली । राजधानीबाट टाढाको भौगोलिक दूरीमा रहेको कर्णालीको विपद् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ । न त पीडितले नै समयमै राहत पाउँछन् । पछिल्लो समय बनेका संरचनाका कारण पनि ठूलो क्षति हुनेगरेको छ । सडक पूर्वाधारका कारण बस्ती नै जोखिममा पर्ने गरेका छन् । अहिले बेमौसमीमा आएको बाढी ठूलो क्षति पु¥याइरहेको छ ।
विपद्का घटनामा वृद्धि
यो वर्ष कर्णालीमा पाँच सय ७९ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा आठ सय २१ विपद्का घटना भएकोमा ३५ जनाको ज्यान गएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ ।
कर्णालीमा छरिएर रहेका बस्ती छन् । सुर्खेत बाहेकका अधिकांश जिल्लाका धेरैजसो बस्ती पहिरोको उच्च जोखिममा छन् । सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा विपद्लाई मध्यनजर गर्दै छरिएर रहेका हिमाली क्षेत्र, दुर्गम क्षेत्र र संकटग्रस्त घोषणा भएका कालीकोट, मुगु, जुम्ला र हुम्लाका असुरक्षित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यक्रम गर्ने योजना बनाएको भएपनि प्रभावकारी बन्न सकेको छैन । संघ र प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन गरिरहेका हुन् ।
प्रकाशित मितिः ७ जेष्ठ २०८३, बिहीबार १६:११

रजनी याेगी ।