मताधिकारको उपयोग

देशभर यतिबेला चुनावी माहोल छ । वैशाख ३० गते स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ । यो निर्वाचनले स्थानीय सरकारको नयाँ नेतृत्व चयन गर्नेछ । देशभर नै उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ भने उम्मेदवारको विरोधमा उजुरी दिनेदेखि मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिनेलगायतका अन्य प्रक्रिया चल्दैछन् । वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । यी सबै कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् । साथै निर्वाचन आयोगले ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ । मतपत्र ढुवानी सुरु भइसकेको छ । यसर्थ अब निर्वाचन प्रक्रियाले अन्तिम रूप लिँदै छ ।

यसपटकको निर्वाचनको परिदृष्य केही फरक देखिएको छ । पालिका प्रमुखमा महिला उम्मेदवारहरूको संख्या बढेको छ । स्थानीय निर्वाचनमा विभिन्न दलीय गठबन्धन बनेका छन् । तालमेलमार्फत उम्मेदवार तयार पारिएका छन् । राजनैतिक र शैद्धान्तिक रूपमा अलग दलहरूले सत्ता गठबन्धन मात्रै गरेनन् स्थानीय चुनावमा तालमेल समेत गरेका छन् । यद्यपि तालमेलभित्रका अप्ठ्यारा थुप्रै देखिएका छन् । माथिल्लो तहबाट गरिएका तालमेल तल्लो तहबाट अस्वीकार भएका छन् । जसले गर्दा गठबन्धनको निर्णयविरुद्ध पनि उम्मेदवारी परेका छन् । संदीय राजनीतिको विकल्प खोज्नुपर्ने बताउँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको समूहबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता भएको छ । पूर्वमन्त्रीदेखि वहालवाला सांसदहरू समेतले स्थानीय तहको उम्मेदवार हुन पद लालायित देखिएका छन् । यस्ता अनेक परिदृष्यले स्थानीय निर्वाचनको माहोललाई तताएको छ ।

दोस्रो पटक जनप्रतिनिधि चयनका लागि हुन लागेको स्थानीय तहको निर्वाचनको आफ्नै ऐतिहाकि महङ्खव छ । स्थानीय सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबैभन्दा तल्लो र महङ्खवपूर्ण संरचना हो । जसको नेतृत्व प्रत्यक्ष रूपमा नागरिकले चुन्न पाउँछन् । आगनको सरकारको रूपमा चर्चा हुने स्थानीय सरकारको नेतृत्व चयन यसै पनि महङ्खवपूर्ण जिम्मेवारी हो । जुन अधिकार नागरिकलाई दिइएको छ । यसको भरपुर उपयोग गर्नुपर्ने देखिन्छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका छन् । केही स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । कस्ता उम्मेदवारलाई मत दिने र स्थानीय सरकारको नेतृत्वमा पु¥याउने भन्ने अधिकार नागरिकको हातमा छ ।

प्रकाशित मितिः   १४ बैशाख २०७९, बुधबार ०५:०३