सरकारलाई विकृति हटाउने चुनौती
पृथ्वीबहादुर सिंह
समाज र राज्यको उत्पत्ति भएदेखि पुरोहितवादी चिन्तनमा आधारित सामान्तवादी राज्य व्यवस्था संसारभर हावी हुँदै आइरहेको छ । यो व्यवस्थामा धर्म, संस्कार, संस्कृति, परम्परा वा जातको नाममा कर्मशील मानवमाथि अनेक प्रकाशका शोषण हुने गर्दछन् । शोषणको जाल फिजाएर खाने अल्छीहरूको झुण्डले युवाशक्तिको दस्ता तयार गरी दमको चक्र चलाएर शासन र शोषण गर्ने गरेको इतिहासँ पाउँछौ । प्राचीनकालमा हाम्रै सिंजा साम्राज्यको जुम्लामा अति नै बलवान वृद्धिमान पुरुष ‘पैकला’ लछाल कीर्तिको जन्म भएछ । उसले जुम्लामा विभिन्न पराकर्मी कार्य गर्न थालेछ । अति नै बलवान उसले नयाँ नयाँ कार्य गर्न थालेपछि सिंजापति महाराजले यो त भोलि गएर हामीलाई खतरा हुन्छ भनि षड्यन्त्र गरी हत्या गरिदिएको इतिहास अहिले पनि जुम्लाको किंवदन्तीको रूपमा मानिसहरू कहानी हाल्छन् ।
सिंजापतिहरूले पहिले–पहिले जनपक्षीय कार्य गर्दै जाँदा सिंजा साम्राज्य दक्षिण एसियामा त्यो समयको जम्मुदीपसम्म सबैभन्दा ठूलो भू–भागमा फैलिएको थियो । तिनै सन्तानहरू आफ्ना पुर्खाले कति दुःखले आर्जेको सिंजा साम्राज्यमा अन्याय अत्याचार दुराचार गर्न थालेपछि विघटन हुन पुगेको थियो । त्यस्तै गोर्खाबाट नेपाल एकीकरण गर्न थालेका श्री ५ वडा महाराज पृथ्वीनारायण शाहका सन्तानले विशाल नेपाल बनाउन ठूलो पहल गरेर दुई सय ५० वर्ष राज्य गरेर पूर्खाले आर्जेको सम्पत्ति खाए । तिनै सन्तानले अनेकौं षड्यन्त्र गरी जनतामा ज्यादती गर्ने, सत्ता लिन सन्तान दरसन्तानको रगतको होली खेल्ने, स्वतन्त्रता खोज्न जनतामाथि अत्याचार गरी गोलीले भुट्ने गर्दा सदाको लागि राज्यशक्तिको स्रोत रहेको राजतन्त्रको अन्त्य नै हुन गयो । यस्तै प्रक्रियाबाट संसारका ठूला–ठूला राज्य सञ्चालन गरेको राजतन्त्रहरू अन्त्य हुँदै गएका हुन् ।
१७७९ देखि निरंकुश राजतन्त्रात्मक व्यवस्थाविरुद्ध पनि युरोपबाट प्रजातन्त्रका नाममा जनताहरू कतै सशस्त्र र कतै निशस्त्र विद्रोह भइ बहुदलीय प्रजातन्त्र नामको राज्य व्यवस्थाप हुन गएको थियो । त्यो व्यवस्थाले पुरोहितवाद उत्पादन गरेको अध्यात्मवादको पर्दा हटाउँदै भौतिकवाद तर पाइला चाल्दै मानिसले प्रकृतिका नियमहरूसँग मिलेर अनेकौ मेशिनहरूदेखि लिएर जल र थलमा द्रूत गतिमा चल्ने यातायातका साधन तयार गरे । मानिसको सट्टा मेसिन बढी उत्पादन गर्न थाले । तिनै मेशिन निर्मित कारखानाहरूमा मजदुर किसान काम गर्न थाले । ती कारखानाका मालिक र कृषि मालिकले मजदुरलाई बढीबढी काम लिएर अतिरिक्त सम्पत्ति आर्जन गर्दा ठूला–ठूला धनाढ्य पूँजीपतिहरूको जन्म हुँदै गयो । तिनै पूँजीपतिहरू प्रजातन्त्रको नाम र राज्यसत्तामा पुगी आफ्नो स्वार्थ अनुकूलको संविधान कानुन नियम बनाएर पुनः उनै जनतामाथि ज्यादती गर्न थाले । उनीहरूको पनि सामन्तवादले जस्तै दैवी सिद्धान्तका आधारमा जाल फ्याँक्न थाले ।
यस्तो प्रकारको षड्यन्त्रको जालो १९ औं शताब्दीसम्म पनि पुनः दैवीशक्तिका कारणले के पूँजीपति, पुरोहित भएका हुन् वा अन्य कुनै आन्तरिक जाल छ भनी सबै प्रकारका धर्मग्रन्थ, नीति नियम, धार्मिक सिद्धान्तभित्र पसेर सबै अध्ययन चिन्तन महाचिन्तक कार्लमाक्र्सले गरे । उनले पूँजीका तीन वटा दार्शनिक ग्रन्थ लेखी पूँजीवाद, भाग्यवाद र पुरोहितवाद तथा धर्मका एक–एक खण्डन लेखेर प्रकाशन गरे । त्यसको विरुद्ध समाजवादी व्यवस्था जनताको पहुँचमा श्रमजीवि किसान राज्यशक्ति स्रोतमा पुग्नुपर्छ भने । उनको मृत्युपछि १९१७ मा लेलिनले शोभियत रुसमा सशस्त्र क्रान्ति गरेर निरंकुश शासनको अन्त्य गरेर समाजवादी राज्य स्थापना गरेका थिए । संसार करिब एक चौथाई भू–भागमा समाजवादी राज्य सशस्त्र विद्रोह गरी स्थापना हुन पुगेका थिए । ती राष्ट्रहरूले द्रूत विकास पनि गरेर अहिले मिश्रित आर्थिक प्रणालीको अर्को व्यवस्था गरेर अगाडि बढिरहेका छन् ।
संसार यति उथलपुथल हुँदा हाम्रो निरंकुश सामन्तवादी शाही साम्राज्यवादीहरूले अंग्रेजको भाडामा राज्य शक्तिमा अडिएको भारतबाट अंग्रेज गएपछि नेपाली कांग्रेसको अगुवाईमा सशस्त्र क्रान्ति भएर पनि पुनः सामन्तसँग नै सम्झौता गरी टुङ्गिएको थियो । २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा उनै सामन्त नाइके राजाले नै अपहरण गरिदिए । नेपाली कांग्रेस आफूलाई पूँजीपति पार्टी भन्न रुचाउँछ । बाहिर बहुदलीय प्रतिस्पर्धा चाहन्छ । तर सारमा यो सधैं दलाल दरबारिया समूहको घेरा लगाएर बस्दै आएको पार्टी हो । दलाल सामन्तहरू राज्यशक्तिको मञ्च जसले उपयोग गर्छ त्यसैको तावेदारी गर्दै अल्छीहरूको झुण्ड भएर खाने समूह हो । २००७ र २०४६ पछि त्यो झुण्ड नेपाली कांग्रेसपछि लागिरहेको छ । सामन्तको बोलवाला भएकोले अनेकौं गलत काममा राज्यशक्तिको दबाब सिर्जना गरी साझा राज्यको ढुकुटी प्रयोग गर्ने काम गर्दै आएको छ । चाहे यसको निजीकरण परिणाम हेरौं ठेकेदारी सिण्डिकेटदेखि यातायात, जागिर जताततै विकृतिका पछि हिँडिरहेको छ । आफू सत्ता भए चारैतिर प्रजातन्त्र देख्ने र राज्यको ढुकुटी अनेकौं विकृतिबाट खाने खुवाउने तथा आफूसत्ताबाट बाहिर भए निरंकुश एकाअधिकारवादी देख्ने गलत प्रवृत्ति बोकेको पार्टी हो, नेपाली कांग्रेस । निरंकुश सामन्तवादका नाइके दरबार र २८ वर्षे नेपाली कांग्रेसको विकृतीको कार्यकालमा थुपारेको फोहार व्यवस्थापन गर्न नै पाँच वर्ष लाग्छ अहिलेको सरकारलाई बहुमतको सरकार संसदलाई कामै गर्न दिन्न भन्नु कति सम्मको ध्रुत्याई हो । अनि आफै भन्छन् दरबारिया नयाँ पूराना कांग्रेसहरू कम्युनिष्टको निरंकुशता लाद्न
लाग्यो । बरु नेपाली कांग्रेसमा अब यी पूराना थोत्रा दरबारका नजिक रहेको संस्कार छोड्न नसक्ने भिजन नभएका बुढाहरूलाई नेतृत्वबाट छिट्टै हटाउनु जरुरी छ । जनताले बुझेका छन् बांगा खुट्टा भएका नक्कली सर्टिफिकेट भएकाहरूलाई भर्ती गर्ने पदोन्नति गरेर कमिशन खाने भएकोले यस पटकको निर्वाचनमा जनताले तह लगाइदिएका हुन् ।
अब कांग्रेसभित्रका युवा गतिशील भिजन भएकोहरू नेतृत्वमा आउनुप¥यो । नत्र पाँच वर्षपछि यो पार्टीको आन्दोलन माइती घरनजिक होइन सिंहदरबारभित्र २, ४ जना मात्र सांसदमा उफ्रिने निश्चित हुनेछ । अर्कोतर्फ अहिलेको सरकारले छलाङ नमार्ने हो भने विगतमा कांग्रेसले निर्माण गरेका विकृति विसंगति हटाउन पाँच वर्ष लाग्नेछ । त्यसको व्यवस्थापन गतिशीलताको विकास कहिले गर्ने ? अर्को अशान्ति बनाउने नेपाल र नेपाली भविष्य आफै कालो बादल मडारिने सामन्तवाद जत्थालाई जनताले पनि चिन्नु पर्छ । यिनीहरूको हल्लामा लाग्नु हुँदैन । सबैलाई चेतना भया ।
साझा बिसौनी ।