हावा, पानी र घामबाट विजुली निकाल्ने ओलीको उद्घोष

pm gसुर्खेत, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हावा, पानी र घाममबाट विजुली निकाल्ने घोषणा गरेका छन् । मंगलवार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हावा, पानी र घामबाट विजुली निकालेर मुलुकलाई झिलिमिली बनाउने बताएका हुन् ।
‘मैले हावाबाट विजुली निकाल्ने कुरा गर्दा मानिसहरु हाँस्छन्’ उनले भने, ‘के यो दुनियाँमा कही नभएको काम हो र र ? हामीले किन गर्न नसक्ने र? हामी गरेर देखाउँछौं ।’
उनले जलविधुत र सौर्यविजुलीको सम्भावना नेपालमा पनि प्रशस्त रहेको भन्दै सरकारले यसका लागि पनि काम गर्ने बताए ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७३, बुधबार ०५:२१