६ जिल्लामा ७ वटा आंगिक क्याम्पस थप्न प्रस्ताव

muसुर्खेत, २५ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको पाँचौ विश्वविद्यालय सभा(सिनेट)ले विभिन्न ६ जिल्लामा ७ वटा आंगिक क्याम्पस थप्ने प्रस्ताव पारित गरेको छ । मंगलवार वीरेन्द्रनगरमा सम्पन्न सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।
विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले दिएको जानकारी अनुसार दोर्णाञ्चल शिक्षा क्याम्पस दैलेख, मानसरोबर बहुमुखी क्याम्पस हुम्ला, सल्यान बहुमुखी क्याम्पस, रासकोट बहुमुखी क्याम्पस कालिकोट, डोल्पा बुहुमुखी क्याम्पस, देउखुरी बहुमुखी क्याम्पस दाङ र राप्ती बहुमुखी क्याम्पस तुलसीपुर दाङलाई आंगिक क्याम्पस बनाउने प्रस्ताव पारित गरिएको हो । यसअघि सरकारले १० वटा आंगिक क्याम्पसलाई स्वीकृत दिइसकेको छ । यस पटक प्रस्ताव गरिएका क्याम्पसले स्वीकृती पाए १७ पुग्नेछ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७३, मंगलवार १५:२९